वातावरण

हिँड्न सहयोग कहाँ प्रयोग गरिनेछ

केही हिँड्न सहयोगी उपकरणहरू निश्चित वातावरणमा प्रयोग गर्न गाह्रो हुन्छन्।

भर्‍याङको सेटमा बगल बैसाखी प्रयोग गर्दै

कुहिना सम्मको बैसाखी, काखि सम्मको बैसाखी र एउटा खुट्टा भएको लौरोहरु सिँढी, बलौटे र असमान जमीनमा प्रयोग गर्न सकिन्छ।

सिँढीहरूमा हिँड्ने फ्रेम, रोलेटर र पछाडिको वाकरहरू प्रयोग गर्न सकिँदैन।

बालुवामा प्रयोग भइरहेको हातको बैसाखी

रोलेटरहरू र पोस्टरियर वाकरहरू बलौटे जमिनमा अड्किने सम्भावना हुन्छ।

चट्टानी जमिनमा बगल बैसाखीको प्रयोग

हिँड्ने फ्रेम, ट्राइपड र क्वाड्रिपड हिँड्ने लौरो असमान जमिनमा अस्थिर हुन्छन्।

काली - हिँड्ने फ्रेम प्रयोग गर्दै

प्रश्न

जब कालीले पहिलो पटक आफ्नो हिँड्ने फ्रेम पाइन्, उनी यसलाई आफ्नी छोरीको घरको भर्‍याङमा प्रयोग गर्न चाहन्थिन्। यदि तपाईंले कालीलाई उनको फ्रेम दिनुभयो भने, भर्‍याङमा प्रयोग गर्ने बारेमा तपाईं उनलाई के भन्नुहुनेछ?

सुझाव - प्रतिक्रिया हेर्न प्रश्नमा क्लिक गर्नुहोस्।

कालीलाई बुझाउनुहोस् कि उनी हिड्ने फ्रेमको साथ सुरक्षित हुनेछिन्; तर हिड्ने फ्रेमहरू सिँढीहरूमा सजिलै प्रयोग गर्न सकिँदैन।

काली र उनको परिवारसँग केही विकल्पहरू छलफल गर्नुहोस् जस्तै:

  • र्‍याम्प स्थापना गर्दै
  • कालीले सिँढी प्रयोग गर्दा सहयोग प्रदान गर्ने (हिँड्ने सहायताको सट्टा)