प्रश्न
दृष्टि सम्बन्धी सहायक सामाग्रीहरूको लागि दृष्टी जाँचको भागको रूपमा व्यक्तिको आँखा स्वस्थ छ कि छैन भनेर जाँच गर्नु किन महत्त्वपूर्ण छ?
व्यक्तिलाई सहायक उत्पादनहरू प्रदान गर्नु अघि आँखा स्वास्थ्य समस्याहरूको मूल्याङ्कन र उपचार सधैं आवश्यक पर्दछ।
आँखाको स्वास्थ्य सम्बन्धी साधारण जाँच सम्पन्न गर्ने
सबैभन्दा पहिले, आँखाको स्वास्थ्य समस्याको लक्षणको लागि प्रत्येक आँखालाई हेर्नुहोस्।

त्यसपछि, एउटा सानो टर्च प्रयोग गर्नुहोस् ताकि तपाईंले आँखालाई अझ स्पष्ट रूपमा देख्न सकोस्।
सानो टर्चलाई व्यक्तिको टाउकोको छेउबाट ४५ डिग्रीको कोणमा चम्काउनुहोस् र टर्चलाई आँखाको अगाडीबाट सार्नुहोस्।
व्यक्तिको आँखामा केही सेकेन्डभन्दा बढी समयसम्म टर्च चम्काउनु हुँदैन।
हेर्नुहोस्:
- रातोपना
- सुन्निएको
- आँखामा वा नजिकै गाँठो, फोका वा केहि पलाएको
- श्राव वा केहि बहेको
- आँखाको केन्द्र (पुतली) दूध रङ्गको वा बादल लागेको जस्तो भएको ।
- आँखा स्वस्थ छैन भन्ने अन्य कुनै पनि लक्षण।
आँखामा प्रकाश चम्किँदा पुतली सानो भएको छ कि छैन ध्यान दिनुहोस्। यदि छैन भने, यो आँखाको स्वास्थ्य समस्याको संकेत हो।
निर्देशन
यी संकेतहरू कस्तो देखिन सक्छन् भनेर सम्झाउनको लागि तपाईं पाठ एकमा फर्कन सक्नुहुन्छ।
चेतावनी
यदि तपाईंले अस्वस्थ आँखाको कुनै संकेत देख्नुभयो भने, व्यक्तिलाई आँखा स्वास्थ्य पेशेवरकहाँ पठाउने।
मधुमेह
निर्देशन
व्यक्तिलाई सोध्नुहोस्:
के तपाईंलाई मधुमेह छ?
यदि छ भने, उनीहरूले आफ्नो आँखाको स्वास्थ्य को जाँच गर्न आँखा नेत्र विशेषज्ञ सँग जँचाएको छ कि छैन यकिन गर्नुहोस्। यदि छैन भने, उनीहरूलाई आँखा सम्बन्धी नेत्र विशेषज्ञकोमा प्रेषण गर्नुहोस्।
प्रश्न
कुनै व्यक्तिलाई मधुमेह छ कि छैन भनेर थाह पाउनु किन महत्त्वपूर्ण हुन्छ?
मधुमेहका कारण आँखाको ज्योति गुम्न सक्छ । समस्याको शीघ्र पहिचान गरी उपचार गर्ने हो भने यसलाई रोक्न सकिन्छ ।
आँखा दुख्ने वा असुविधा
निर्देशन
व्यक्तिलाई सोध्नुहोस्:
के तपाईंलाई आँखा दुख्ने वा असुविधा भएको छ?
उदाहरणका लागि:
- केही समय सम्म दुखेको वा अचानक भएको दुखाई
- असुविधा, जस्तैः आँखा चिलाउनु, आँखा च्याप च्याप हुनु वा सुख्खा हुनु
यदि छ भने, उनीहरूलाई थप मूल्यांकनको लागि नेत्र विशेषज्ञकोमा प्रेषण गर्नुहोस्।
आँखा को स्वास्थ्य र दृष्टि जाँच फाराममा आँखा जाँच को परिणाम रेकर्ड गर्नुहोस्।
चेतावनी
यो आँखाको सामान्य स्वास्थ्य जाँच सबै सम्भावित समस्याहरू नउठाउन सक्छ।
यस कारण, यदि तपाईं वा व्यक्तिको कुनै चिन्ता छ भने, दोस्रो सल्लाहको लागि नेत्र विशेषज्ञको मा प्रेषण गर्नुहोस्।
निर्देशन
TAP प्राथमिक आँखा हेरचाह कोर्समा आँखा स्वास्थ्य र आँखा स्वास्थ्य समस्याहरू कसरी व्यवस्थापन गर्ने भन्ने बारे थप जान्नुहोस्।

