A महिला भाँडाकुँडा सजाउँदा चश्मा लगाउँछन् ।
मोड्युल

पढ्ने चश्मा

यो मोड्युलले मानक पढ्ने चश्मा कसरी प्रदान गर्ने भनेर सिकाउँछ

 पाठ ३

मोड्युल विवरण

यो मोड्युलले मापदण्ड पुगेका पढ्ने चश्मा कसरी प्रदान गर्ने भनेर सिकाउँछ।

कठिनाई स्तर: सजिलो

मोड्युल अवधि: एक घण्टा अनलाइन पश्चात आवश्यकता अनुसार पर्यवेक्षण सहितको अभ्यास 

शुरु गर्नु अघि, तपाईँले यी मोड्युलहरू पूरा गर्नुभएको छ कि छैन हेर्नुहोस्:

अनुवाद जारी छ

यो मोड्युल हाल सम्पादन भइरहेको छ । तपाईंको भाषामा सामग्री सही नहुन सक्छ।

नोट: यदि कुनै व्यक्तिलाई पढ्ने चश्मा आवश्यक छ भने मूल्याङ्कन गर्ने पहिलो चरण TAP दृष्टि जाँच (वा समान भिजन स्क्रिन) पूरा गर्नु हो। यो जाँच कसरी पूरा गर्ने TAP को दृष्टि सम्बन्धी सहायक सामाग्री मोड्युलमा समावेश गरिएको छ।

TAP दृष्टी जाँच प्रयोग गरेर तपाईँले दृष्टि समस्या भएको व्यक्ति पहिचान गर्न सक्नुहुन्छ :

  • आँखा सम्बन्धी स्वास्थ्यकर्मी वा चिकित्सकलाई प्रेषणको आवश्यकता
  • सिफारिश गरिएका चश्माबाट लाभ उठाउन सक्छन् (TAP मा स‌ंलग्न गरिएको छैन)
  • समुदाय स्तरमा प्रदान गर्न सकिने दृष्टि सम्बन्धी सहायक सामाग्रीहरूबाट लाभ उठाउन सकिन्छ (जस्तै पढ्ने चश्मा)

तपाईँलाई आवश्यक पर्नसक्ने श्रोतहरू

  • +1 देखि +3 को बीचको दायरामा रहेको पढ्ने चश्मा 
  • आधारभूत पढ्ने चश्माको हेरचाह र मर्मतकोलागि उपकरण र स्पेयर पार्ट्स (जगेडा पार्टपुर्जा) । 
    • मिनी स्क्रूड्राइभरहरू जुन तपाईले प्रदान गरिरहनुभएको पढ्ने चश्मामा स्क्रूसँग मेल खान्छ
    • आईग्लास् (साना पेचहरू हेर्न मद्दतको लागि)
    • तपाईंले प्रदान गरिरहनुभएको पढ्ने चश्माको लागि स्पेयर पार्ट्स (जगेडा पार्टपुर्जा), पेचहरु र नोह प्याड (नाक मा अड्याउने भाग) सहित ।

निम्नलिखित सामाग्रीहरु डाउनलोड र मुद्रण गर्न तलको लिङ्कमा क्लिक गर्नुहोस्:

छलफल मञ्च

प्रश्नहरू सोध्नुहोस् र मोड्युलको छलफल मञ्चमा तपाईंको अनुभवहरू साट्नुहोस्।