TAP सँग सिकाई शुरु गर्नुहोस्
१. परिचय
२. दर्ता गर्नुहोस्
३. लग इन गर्नुहोस्
यदि तपाईं एक संगठित प्रशिक्षण पाठ्यक्रमको प्रशिक्षार्थी हुनुहुन्छ भने तपाईंलाई पाठ्यक्रम नामांकन सर्वेक्षण पूरा गर्न आग्रह गर्न सकिन्छ। तपाईंको देशको लागि सही पाठ्यक्रम नामांकन सर्वेक्षण फेला पार्नुहोस्।
४. शुरु गर्नुहोस्
५. सिक्ने क्रम जारी राख्नुहोस्
मोड्युलको संरचना
TAP मोड्युलहरू छ वटा विधाहरूमा छन्:
- अनुभूति
- सञ्चार
- दृष्टि
- श्रवण
- स्वहेरचाह
- गतिशीलता।
प्रत्येक विधामा एक परिचय मोड्युल छ, त्यसपछि सहायक सामाग्रीका मोड्युलहरू आउँछन्।
TAP प्रयोग गर्दा सधैँ:
- पहिले सहायक सामाग्रीहरुको परिचय मोड्युल पूरा गर्नुहोस्
- यो विधाबाट सामाग्री मोड्युलहरू शुरु गर्नु अघि प्रत्येक विधाको मोड्युलको परिचय पूरा गर्नुहोस्।
मोड्युलको विषय सामग्री
TAP मोड्युलहरू प्रशिक्षार्थीले आफ्नै गतिमा प्रशिक्षण लिन सक्ने गरि डिजाईन गरिएको छ ।आवश्यक समयको अवधि मोड्युल र प्रशिक्षार्थीको आधारमा १- ४ घण्टासम्म लाग्न सक्छ ।
मोड्युलहरूमा समावेश:
- मोड्युल अघि र पछि प्रश्नोत्तरी
- पाठ, चित्र र भिडियोहरू
- डाउनलोड गर्न सकिने सहायक सामाग्री स्क्रिनिङ्ग र परिक्षणका फारमहरू, विशेष शब्दहरू र विशेष सन्देशका सारांशहरू
- अन्तरक्रियात्मक प्रश्न र गतिविधिहरू
- अनुभव साटासाट गर्न र प्रश्न हरू सोध्नको लागि छलफल मञ्च
निम्न कार्य गर्न सक्षम प्रशिक्षकहरुबाट TAP प्रशिक्षार्थीहरूले लाभ उठाउन सक्नेछन्:
- प्रत्येक मोड्युल लिनका लागि आवश्यक सामाग्रीहरू र अन्य स्रोतहरू तयार पार्न सक्षम।
- प्रत्येक मोड्युलमार्फत सिक्दै जाँदा सहकर्मी बीचको छलफलमा सहयोग र समन्वय गर्न सक्षम ।
- अभ्यास र शीप विकास को लागि पर्यवेक्षण सत्र को व्यवस्था गर्न सक्षम।
TAP को सँचालन
TAP एक लचिलो मोड्युलर प्रशिक्षण श्रोत हो जुन स्थानीय स्वास्थ्य प्रणाली र सहायक प्रविधि सम्बन्धी प्रावधानको लागि टेवा पुग्ने हिसाबमा संचालन गर्न सकिन्छ। सहायक सामाग्रीहरुको प्रेषण र प्रावधानको लागि दक्षता निर्माण गर्न स्थानीय मेन्टरहरूको सहयोग र क्लिनिकल अभ्यासको साथ अनलाइन शिक्षाको सम्मिश्रण गरेर यो श्रोत बनाएको छ। स्थानीय मेन्टरहरूको भूमिका यस प्रकार छ:
- प्रत्येक मोड्युल लिनका लागि आवश्यक सामाग्रीहरू र अन्य स्रोतहरू तयार पार्न सक्षम।
- प्रत्येक मोड्युलमार्फत सिक्दै जाँदा सहकर्मी बीचको छलफलमा सहयोग र समन्वय गर्न सक्षम ।
- अभ्यास र शीप विकास को लागि पर्यवेक्षण सत्र को व्यवस्था गर्न सक्षम।
TAP संचालनको लागि सहायक सामाग्रीहरूको आपूर्ति सहित सेवा प्रणालीहरू स्थापित हुनु आवश्यक छ। विद्यमान सेवाहरूको कार्यान्वयनमा टेवा पु-याउन TAP को संचालनको निम्ति संयोजन गरिरहेका सबै (जस्तै सेवा प्रबन्धकहरू, क्लिनिकल अगुवाहरू, शिक्षकहरू, कार्यान्वयन एजेन्सीहरू) का लागि यसTAP मा सहयोगी श्रोतहरु सामावेश गरिएको छ।
विश्व स्वास्थ्य संगठनको वेबसाइटमा थप पढ्नुहोस्।
TAP को प्रमाणपत्रहरू
प्रत्येक मोड्युलको अन्त्यमा सफलताको प्रमाणपत्र डाउनलोड गर्न सकिन्छ। तपाईंले मोड्युल पूरा गरेको हुनुपर्दछ र मोड्युल पश्चातको प्रश्नोत्तरमा ६०% भन्दा माथि अङ्क प्राप्त गरेको हुनुपर्दछ।
सूचनाको प्रयोग को लागि अनुमति
यस प्रशिक्षणको क्रममा तपाईबाट संकलित जानकारी/विवरणहरु भविष्यमा यस TAP सम्बन्धी प्रतिवेदन र अनुसन्धान गतिविधिहरूको लागि प्रयोग हुने हुँदा यसका लागि तपाई सहमत हुनुहुन्छ भने हामीलाई जानकारी दिनुहोस् ।
तलका प्रत्येक प्रश्नमा छ वा छैन मध्ये एउटा विकल्प छान्नुहोस्। तपाईंले होईन भन्ने विकल्प छान्नु भएता पनि यस प्रशिक्षणमा आफ्नो सहभागीता जारी राख्न सक्नुहुन्छ ।
२. म बुझ्छु कि यस प्रशिक्षणको समयमा संकलित गरिएको मेरो गोप्यता कायम गरेको पहिचानको जानकारी (यो दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, प्रश्नोत्तरी परिणाम र छलफल फोरम सहित) रिपोर्टिंग र अनुसन्धानमा सुधार गर्न, र सहायक प्रविधीमा पहुँचको सुधार गर्न प्रयोग गरिनेछ, र यसको लागि मेरो आफ्नो अनुमति छ।
पृष्ठ
को[सम्पादन गर्ने]
पाठ विषयहरू देखाउनुहोस् / लुकाउनुहोस्
पृष्ठ
अघिल्लो पृष्ठ
पछिल्लो पृष्ठ
मेनु देखाउनुहोस् / लुकाउनुहोस्
पूरा भयो
पूरा भएको छैन
प्रगतिमा छ
शुरु भएको छैन
सबै विस्तार गर्नुहोस्
सबै सङ्कुचन गर्नुहोस्
मोड्युल पाठ
खोजी परिणाम पृष्ठांकन
लग इन
प्रयोगकर्ता नाम वा इमेल ठेगाना
पासवर्ड
हराएको पासवर्ड
मुख्य सामग्री एङ्कर
खोजी गर्नुहोस्
खोजी बन्द गर्नुहोस्
पाठ नेभिगेसन
ब्रेडक्रंब
मोड्युल मेनु
विषय नेभिगेसन
सबै हेर्नुहोस्
मेनु
साइट मेनु
प्रयोगकर्ता खाता सम्बन्धित
समूह द्वितीयक नेभिगेसन
नयाँ ट्याब/सञ्झ्यालमा खुल्छ
क्विज लिनु अघि लग इन गर्नुहोस्