सहायक सामाग्री प्रयोग गर्ने व्यक्तिहरू
धेरै फरक व्यक्तिहरू सहायक सामाग्री प्रयोग गर्छन्। यसमा निम्न समावेश छन्:
- बालबालिका, वयस्क र वृद्धहरू
- अपाङ्गता भएका व्यक्तिहरू
- स्वास्थ्य समस्या भएका व्यक्तिहरू
मानिसहरूलाई प्रायः एक भन्दा बढी सहायक सामाग्री चाहिने हुन्छ . उदाहरणका लागि:
- हिँड्डुल गर्न र हेर्न गाह्रो हुने बच्चाले हिँड्डुल गर्न ह्वीलचेयर, आरामसँग बस्नकालागि गद्दा (कुशन) र आफ्नो दृष्टि सुधार्न चश्मा प्रयोग गर्न सक्छन्।
- वृद्ध व्यक्तिलाई खुट्टाको घाउ बाट बच्न हिँड्डुल गर्ने उपकरण, श्रवण यन्त्र र उपचारात्मक जुत्ताको खाँचो पर्न सक्छ।
जू सँग भेट्नुहोस्।
जूलाई सेरेब्रल पाल्सी छ यसले उनको हिँड्डुल र बोलीमा असर पारेको छ। हिँड्डुल गर्न र सिधा बस्न उनी ह्वीलचेयर को प्रयोग गर्छिन्। आफ्ना साथी र परिवारहरुसँग कुराकानी गर्न र विध्यालयमा सहभागि हुन उनी सञ्चार (कम्युनिकेशन) बोर्ड पनि प्रयोग गर्छिन्।
माथियास सँग भेट्नुहोस्।
म्याथियास आफ्नी श्रीमतीसँग घरमा बस्छन्। उनलाई मधुमेह छ र उनी कमजोर छन् । म्याथियास आफ्नो घर र बगैंचा वरिपरि हिंड्न रोलेटरको प्रयोग गर्छन् ।
समुदायमा जाँदा, माथियासले अवशोषक (शोस्ने क्षमता भएको) उत्पादनहरू प्रयोग गर्छन्। उनको कहिलेकाहीं पिसाब चुहिने भएको कारण यस उत्पादनले उनलाई बाहिर जान आत्मविश्वास प्रदान गरेको छ।
शमूएललाई भेट्नुहोस्।
शमूएल डाउन सिन्ड्रोम भएका किशोर हुन् । उनी स्वीकृत चश्मा लगाउँछन् र डिजिटल श्रवण यन्त्र (हियरिङ एड्) प्रयोग गर्छन्। शमूएल अक्सर ध्यानबाट विचलित हुन्छन् र आफूले गर्नुपर्ने कुराहरू सधैं भुल्छन्। उनी आफ्नो घरमा सेतोपाटी र मोबाइल फोनको एप प्रयोग गर्छन् । दुवैले उनलाई आफूले गर्नुपर्ने कुराहरू र कसैलाई भेट्ने समय सम्झन मद्दत गरेको छ।
छलफल मञ्चमा सामेल हुनुहोस्
- आफ्नो परिचय दिनुहोस् र तपाईं कहाँबाट हुनुहुन्छ भन्नुहोस्।
- के तपाईं सहायक सामाग्रीहरू आफै प्रयोग गर्नुहुन्छ, र / वा तपाईं यो मोड्युल किन पूरा गर्दै हुनुहुन्छ, आफ्नो कुरा साट्नुहोस् ।
तपाईंले पाठ एक पूरा गर्नुभयो!