मानिसहरूलाई स्वहेरचाहमा कठिनाइ छ भने के गर्ने

विषय प्रगति:

मानिसहरूलाई उनीहरूको स्वहेरचाहलाई अझ सजिलै व्यवस्थापन गर्न मद्दत गर्नाले व्यक्तिको जीवनको गुणस्तरमा ठूलो परिवर्तन ल्याउन सक्छ। उदाहरणका लागि, मानिसहरूले निम्न कुराहरु गर्न सक्छन्:

  • स्वहेरचाहमा कम समय लाग्‍ने
  • अधिक स्वनिर्भर हुने
  • स्कूल, काम र सामुदायिक जीवनमा भाग लिने।

मानिसहरूले आफ्नो स्वहेरचाह कसरी व्यबस्थापन गर्छन् भन्ने बारेमा कुरा गर्न सधैं सम्झनुहोस्। सँगै तपाईं एक व्यक्तिको जीवन परिवर्तन गर्न सक्ने समाधानहरूमा काम गर्न सक्षम हुन सक्नुहुन्छ!

पिटर, अलिशा, आइदा र मारिया र उनकी छोरी एकसाथ भेला भएका छन् ।

स्वहेरचाहमा कठिनाई भइरहेको व्यक्ति यस मोड्युलमा पेश गरिएका केही सहायक सामाग्रीहरुबाट लाभान्वित हुन सक्छन्।

याद राख्नुहोस् कि सहायक सामाग्रीहरु प्रदान गर्न, सँधै चार चरणहरू अनुसरण गर्नुपर्दछ (चयन गर्ने, फिट गर्ने, प्रयोग गर्ने, पुनःजाँच (फलोअप) गर्ने)।

केही स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरूको बारेमा थप जानकारी, र चार चरणहरू कसरी पूरा गर्ने भनेर TAP सहायक सामाग्री मोड्यूलमा समावेश गरिएको छ।

अन्य सामाग्रीहरूको लागि, तपाईंको क्षेत्रमा सेवा उपलब्ध छ कि छैन हेर्नुहोस् जहाँ तपाईं व्यक्तिलाई प्रेषण गर्न सक्नुहुनेछ।

TAP को चार चरणहरू प्रत्येकमा १,२,३,४ नम्बर लेखिएको लोगो।

कसैको लागि स्वहेरचाह सजिलो बनाउन, सहायक सामाग्रीहरु समाधानको एक भाग मात्र हुन सक्छ।

प्रश्न

स्वहेरचाहलाई सहज बनाउन सकिने प्रत्येक तरिका तल हेर्नुहोस् ।




उपर्युक्त तीनै तरिकाहरू कसैका लागि स्वहेरचाह सजिलो बनाउन आवश्यक हुनसक्छ ।

तपाईंको भूमिका र तपाईंले प्रदान गर्नुभएको सेवाको आधारमा, तपाईं मानिसहरूलाई उनीहरूको वातावरण अनुकूलन गर्न वा स्वहेरचाहको तरिका परिवर्तन गर्न मद्दत गर्न सक्षम हुन सक्नुहुन्छ।

थप मद्दतको लागि तपाईंले मानिसहरूलाई अर्को सेवा, जस्तै पुनर्स्थापना सेवामा पठाउन पनि सक्नुहुन्छ।

छलफल

तपाईंको क्षेत्रमा कस्ता स्रोत वा सेवाहरू छन् जहाँ:

  • TAP मा समावेश नगरिएका स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरू प्रदान गर्छ । (उदाहरणका लागि प्रेशर रिलिफ कुशन र म्याट्रेश, परिमार्जित काँटा चम्चा)
  • मानिसहरूलाई उनीहरूको घरको वातावरण अनुकूलन गर्न मद्दत गर्छ (उदाहरणका लागि र्‍याम्पमा राख्नु, समात्ने बार (grab rail) थप्नु, पानी र धुने सुविधाहरूमा अधिक पहुँचयोग्य बनाउनु)
  • मानिसहरूलाई आफ्नो स्वहेरचाह गर्ने विभिन्न तरिकाहरू सिक्न मद्दत गर्दछ?

तपाईंले अब पाठ तीन पूरा गरिसक्नुभएको छ!

यदि तपाईंसँग कुनै प्रश्न वा टिप्पणीहरू छन् भने, तिनीहरूलाई छलफल मञ्चमा लेख्नुहोस्

छलफल मञ्च