सबै उमेरका मानिसहरूलाई विभिन्न कारणले गर्दा स्वहेरचाहमा कठिनाई हुन सक्छ भनेर हामीले अगाडिको पाठमा सिकेका छौं।
प्रश्न
स्वहेरचाह गतिविधिहरूको व्यबस्थापन गर्न तलका कुन सीपहरू विशेष गरी उपयोगी छन्?
सही उत्तरहरू हुन्:
- गतिशीलता
- सन्तुलन (balance) गर्नु
- शक्ति (Strength)
- समन्वय (coordination) गर्नु
- मलाशय वा मूत्राशय नियन्त्रण (bowel and bladder control)
- योजना (planning)
- स्मरण गर्ने (remembering)
गलत उत्तरहरू यस प्रकार छन्:
- पौडी खेल्ने
- पढाइ
- गायन
एक व्यक्तिलाई स्वहेरचाहमा सधैं कठिनाई भइरहेको हुन्छ भन्ने हुन्दैन। स्वास्थ्यकर्मीहरूले अक्सर नेतृत्व लिनुपर्छ र मानिसहरूलाई उनीहरूको स्वहेरचाह कसरी व्यवस्थापन गर्दैछन् भनेर सोध्न आवश्यक हुन्छ।
यदि तपाईँले पहिले नै डाउनलोड गर्नुभएको छैन भने, स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरूको प्रयोग गर्ने व्यक्तिहरूको यी दृष्टान्तहरू डाउनलोड गर्नुहोस्।
तपाईं यी दृष्टान्तहरू प्रयोग गरेर मानिसहरूलाई स्वहेरचाह उनीहरूको लागि कसरी उपयोगी हुन सक्छ भनेर सोच्न मद्दत गर्न सक्नुहुन्छ।
यदि यो उपयोगी छ भने, तपाईं यसलाई मुद्रण र लेमिनेट गर्न सक्नुहुन्छ।
तल तीन प्रश्नहरू छन् जसले तपाईंलाई स्वहेरचाहको बारेमा कसैसँग कुरा गर्न मद्दत गर्दछ।
तपाईंले शुरु गर्नु अघि, सधैं सोध्नुहोस् कि उनीहरूको स्वहेरचाहको बारेमा तपाईंसँग कुरा गर्न खुसी छन्। उनीहरू अर्को व्यक्ति संग कुरा गर्न रुचाउँछन् कि भनेर पनि सोध्नुहोस्; र उनका आफ्नो परिवारका सदस्य वा हेरचाहकर्ताहरू पनि कुराकानीमा भाग लिन चाहन्छन् कि भनेर सोध्नुस् ।
१. के तपाईंलाई स्वहेरचाहमा कुनै कठिनाई छ?
आफै नुहाउने, शौचालय जाने, लुगा लगाउने र खाने जस्ता स्वहेरचाहका गतिविधिहरूको केही उदाहरणहरू दिनुहोस्।
२. यदि छ भने, के तपाईं समस्या वारे बयान गर्न सक्नुहुन्छ?
स्वहेरचाह गतिविधि वा उनीहरूलाई कठिनाई भइरहेको गतिविधिहरूको बारेमा थप विवरणहरू पत्ता लगाउनुहोस् ।
गतिविधिमा कुन चरणहरू कठिन छन्, यो किन गाह्रो छ, र यसलाई सजिलो बनाउन अहिलेसम्म उनीहरुले के प्रयास गरेका छन् भनेर सोध्नुहोस्।
के तपाईंले सहायक सामाग्रीहरु प्रयोग गर्ने प्रयास गर्नुभएको छ र त्यसबाट केहि मद्दत भयो?
3. के तपाईंलाई सहायक सामाग्रीहरूले मद्दत गर्न सक्छ जस्तो लाग्छ ?
सहायक सामाग्रीहरूका केही उदाहरणहरू र तिनीहरूले कसरी मदत गर्न सक्छन् भनेर देखाउन वा व्याख्या गर्न उपयोगी हुन सक्छ।
गतिविधि
डेभिडको कथा पढ्नुहोस्, जो आफ्नी पत्नी लेइटेन्जीसँग बस्छन्। कुन स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरूले उसलाई मद्दत गर्न सक्छ भन्ने बारेमा तलका प्रश्नहरूको जवाफ दिनुहोस्।

डेभिड एक नाजुक वृद्ध मानिस हो। उनलाई हिँड्डुल गर्न गाह्रो भइरहेको थियो र उनलाई वाकिंग फ्रेमको लागि मूल्याङ्कन गरि सो फ्रेम प्रदान गरिएको थियो।
डेभिडको पुनः जाँच (फलोअप) को अपोइन्टमेन्टमा, उनलाई सोध्नुस् कि; के उनले आफ्नो स्वहेरचाह प्रबन्ध कसरी गरिरहेको छ भनेर कुरा गर्न सकिन्छ? यस विषयमा डेभिड आफ्नी श्रीमतीसँगै बसेर तपाईँसँग कुरा गर्न खुसी छन्।
तपाईंले सोध्नुभयो: के तपाईंलाई नुहाउने, लुगा लगाउने, शौचालय जाने वा खाने जस्ता स्वहेरचाहमा कुनै कठिनाई छ?
डेभिड यसो भन्छन्: हो, मलाई नुहाउन, लुगा लगाउन र शौचालय जान केही समस्या छ। मलाई खानपिनमा कुनै समस्या छैन ।
तपाईंले सोध्नुभयो: के तपाईंलाई प्रत्येक क्रियाकलापमा के गाह्रो हुन्छ र अहिले तपाईं कसरी व्यवस्थापन गरिरहनुभएको छ भनेर वर्णन गर्न सक्नुहुन्छ?
डेभिड र उनकी पत्नी यसो भन्छन्:
- शौचालय जान गाह्रो छ । जब डेभिडलाई जानुपर्ने हुन्छ, उनी छिटो-छिटो शौचालय जान सक्दैनन् किनभने वाकिंग फ्रेमको साथ पनि उनी बिस्तारै हिंड्छन्।
- उनलाई ट्वाइलेटको सिटबाट उठ्न र बस्न गाह्रो हुन्छ। कहिलेकाहीं उनको दुर्घटना (दिसा पिसाव चुहिने) पनि भएको छ। उनीहरूले अतिरिक्त धेरै लुगा धुनु परेको छ, र डेभिड लज्जित छन्।
- नुहाउन गाह्रो छ। डेभिड नुहाउने ठाउँमा धेरै बेर सम्म उभिन सक्दैनन् र आफू ढल्ने हो कि भनेर चिन्तित हुन्छन्।
- डेभिड लुगा लगाउनको लागि आफ्नो ओछ्यानको छेउमा बस्छन्, किनभने उनलाई सन्तुलन मिलाउन गाह्रो लाग्छ। मोजा र जुत्ता लगाउन अगाडि झुक्न उनी सुरक्षित महसुस गर्दैनन्। लुगा लगाउन धेरै समय लाग्छ ।
- डेभिडले लेइटेन्जीको सहयोगमा व्यवस्थापन गरिरहेका छन्। उनी डेभिडलाई शौचालय जान, नुहाउन र लुगा लगाउन मद्दत गर्छिन्। उनलाई यसले निकै थकाइ लाग्ने गर्दछ ।
- वाकिंग फ्रेम प्राप्त गर्नु अघि, डेभिडले अन्य कुनै सहायक सामाग्रीहरू प्रयोग गरेका छैनन्।
के तपाईंलाई डेभिडलाई स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरूबाट लाभ उठाउन सक्छन् जस्तो लाग्छ?
लाग्छ, केही स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरुबाट डेभिडले लाभ उठाउन सक्छन्।
यदि डेभिडले स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरुबाट लाभ उठाउन सक्छन् भने, तलको सूचीबाट स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरु मध्ये कुन उपयोगी हुनसक्छ?
हो
डेभिडले शौचालय कुर्सीबाट फाइदा लिन सक्छ, जसबाट उसलाई बस्न र उठ्न सजिलो हुनेछ।
डेभिडले प्रायः समय बिताउने ठाउँको नजिकै शौचालय कुर्सी राख्न सकिन्छ, ताकि उनी त्यहाँ सजिलै पुग्न सकून्।
होइन
डेभिडले ह्वीलचेयर प्रयोग गर्दैनन् र त्यसैले उनलाई प्रेसर कम गर्ने कुशनको आवश्यकता पर्ने सम्भावना छैन।
हो
डेभिडले नुहाउँदा बस्नको लागि नुहाउने कुर्सीबाट फाइदा लिन सक्छ।
हो
यी सामानहरूले डेभिडलाई आफूलाई लुगा लगाउन मद्दत गर्न सक्थे।
हो
डेभिडले भेट्टाउन सक्छ अवशोसक (शोस्ने क्षमता भएको उत्पादन) घरबाट टाढा हुँदा समयमै शौचालय नपुग्ने चिन्ता छ भने उपयोगी।
होइन
डेभिडलाई खान समस्या छैन। उसलाई परिमार्जित कटलरी चाहिँदैन।
माथिको गतिविधिबाट तपाईंले डेबिडसँग उनको स्वहेरचाह बारे कुरा गर्दा उनले भोगिरहेका कठिनाइहरू उजागर गर्न मद्दत पुगेको देख्न सक्नुहुन्छ।
उनलाई मद्दत गर्न सक्ने केही सहायक सामाग्रीहरु पनि पहिचान गर्न सम्भव भयो ।
तथापि, स्वहेरचाहको बारेमा कुरा गर्दा केही व्यक्तिहरूको लागि गाह्रो हुन सक्छ।
छलफल
कुरा गर्न सजिलो बनाउन के गर्न सक्नुहुन्छ भन्ने बारेमा समूहमा छलफल गर्नुहोस्। स्वहेरचाह सजिलो।
परिवारका सदस्यसित वा सेवा प्रदायकको रूपमा आफ्नो भूमिकाबारे छलफल गर्दा आफूले भोगेका अनुभवहरू लेख्नुहोस्। के यो सजिलो वा गाह्रो थियो? कुराकानीमा मद्दत गर्न तपाईंले के गर्नुभयो?
तपाईं / तपाईंको समूहले तलका सुझावहरूमा के थप्न सक्नुहुन्छ?
- स्वहेरचाहको बारेमा कुरा गर्न एक निजी स्थान प्रस्ताव गर्नुहोस्
- मानिसहरूलाई समान लिंगक व्यक्तिसँग कुरा गर्ने मौका दिनुहोस्
- परिवारका कुनै सदस्य वा हेरचाहकर्ता उनीहरूसँगै राख्न चाहनुहुन्छ कि भनेर सोध्नुहोस्
- आफ्नो परिवार र सहकर्मीसँग स्वहेरचाहको बारेमा कुरा गर्ने अभ्यास गर्नुहोस्, ताकि तपाईंलाई यस विषयमा सहज महसुस होस्
- व्यक्तिसँग परिचित शब्दहरूको प्रयोग गर्नुहोस्।
पिसाब र दिसा
जब हामी मानिसहरूसँग संयमताको बारेमा कुरा गर्छौं, यसले सबैलाई सहज हुने शब्दहरूको प्रयोग गर्न मद्दत गर्नसक्छ।
मानिसहरूको देश, संस्कृति र अक्सर उमेर अनुसार सही शब्दहरू फरक-फरक हुन्छन्।
छलफल
समूहमा छलफल गर्नुहोस् वा पिसाब र दिसाबारे निम्न व्यक्तिहरूसँग कुरा गर्न प्रयोग गर्नुहुने शब्दहरू आफैले मनन गर्नुहोस्। के शब्दहरू फरक छन्?
- एक बच्चा
- तपाईंको आमा
- एक वृद्ध छिमेकी
- एक घनिष्ठ मित्र।