TAP मा समावेश नगरिएका स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरु

विषय प्रगति:

केही स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरू TAP मॉड्यूलमा समावेश गरिएको छैन।
किनभने ति प्रदान गर्न थप प्रशिक्षण चाहिन्छ।

यस प्रकारका स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरुको एक उदाहरणको बारेमा जान्न आगाडी पढ्नुहोस्।

दबावबाट हुने घाऊहरू रोक्न स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरू

दबावबाट हुने घाऊ (pressure wound) भनेको दबावको कारण छालामा घाऊ हुनु हो । यो सामान्यतया हड्डि भएको क्षेत्र (bony area) माथि हुन्छ र छोएको थाहा नहुने (sensation) समास्या वा ठाउँ सर्न र पोजिशन परिवर्तन गर्न कठिनाई को साथ समस्या भएका व्यक्तिहरूको लागि धेरै जसो देखिने समस्या हो।

छोएको थाहा नहुने वा गतिशीलता कम भएका ब्यक्तिहरु र जो व्हीलचेयर प्रयोग गर्छन् वा लामो समयसम्म पल्टिरहने ब्यक्तिहरुमा दबावको कारण हुने घाऊ (pressure wound) हरू धेरैजसो देखिरहने समस्या हो ।

विभिन्न स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरु दबाव कारण हुने घावहरू रोक्न प्रयोग गर्न सकिन्छ।

ह्वीलचेयर प्रयोग गर्ने र दबावको कारण घाऊ हुने जोखिममा रहेका व्यक्तिहरूले सधैं आफ्नो ह्वीलचेयरमा उनीहरूका लागि सिफारिस गरिएका प्रेसर रिलीफ कुशन प्रयोग गर्नुपर्दछ।

सीटमा दबाव फैलाउन  बाक्लो मोल्डेड कुशन भएको ह्वीलचेयर।

दबावको कारण घाऊ (pressure wound) को जोखिम भएका हरेक ब्यक्तिले आफ्नो ओछ्यान मा आफ्नो लागि सिफारिस गरिएको (prescribed) प्रेशर रिलिफ म्याट्रेस प्रयोग गर्नुपर्छ।

फोम को एक अतिरिक्त तह भएको बाक्लो म्याट्रेस। एउटा खोलले आधा म्याट्रेस ढाकेको हुन्छ।

निको नहुने दबावको कारण भएको घाऊ (प्रेसर वुण्ड) स्वास्थ्यका लागि गम्भीर जोखिम हो । दबावको कारण हुने घाऊ (प्रेसर वुण्ड) हरू बढ्नबाट रोक्न शीघ्र व्यवस्थापन महत्त्वपूर्ण हुन्छ।

दबावको कारण हुने घाऊ (प्रेसर वुण्ड) भएका जो कोहीलाई पनि चिकित्सकीय हेरचाह चाहिन्छ।

दबावको कारण हुने घाऊ (प्रेसर वुण्ड) बारेमा थप जानकारीको लागि, हेर्नुहोस् TAP गतिशीलता सम्बन्धी सहायक सामाग्री मोड्यूल

तपाईंले पाठ दुई पूरा गर्नुभयो!

यदि तपाईंसँग कुनै प्रश्न वा टिप्पणीहरू छन् भने, तिनीहरूलाई छलफल मञ्चमा लेख्नुहोस्

छलफल मञ्च