मुख्य सामग्रीमा जानुहोस्
दृष्टि

दृष्टि सम्बन्धी सहायक सामाग्रीहरू जसले व्यक्तिलाई हिँड्डुल गर्न मद्दत गर्दछ ।

पाठ: 2 को 4
विषय : 3 को 3
0% पूरा

सेतो छडिले न्यून दृष्टि वा दृष्टि विहिन व्यक्तिलाई हिँड्डुल गर्न मद्दत गर्छ।

सेतो छडिले प्रयोगकर्तालाई उनीहरूले यात्रा गरिरहेको वातावरणको बारेमा जानकारी दिन्छ।

दुई सेतो छडी, एउटा सिधा र अर्को फोल्ड गरेको

माइकल सँग भेट्नुहोस् ।

माइकलले विद्यालयमा जान र आउनको लागि साथै आफ्नो कक्षा कोठा र खेल मैदानको वरिपरि सुरक्षित रूपमा हिँड्डुल गर्न सेतो छडी प्रयोग गर्दछन् ।

उनको सेतो छडि वरपरका अरू मानिसहरूले समेत उनले देख्न सक्दैनन् भन्ने कुराको जानकारी पाउने एउटा राम्रो माध्यम हो ।

माइकललाई आफ्नो सेतो छडि कसरी प्रयोग गर्ने भनेर सिकाउने एक जना सहयोगी थिए। उनीहरू घरमा, कक्षाकोठामा र खेल मैदानमा यसको प्रयोगको लागि सँगै अभ्यास गर्थे। जब उनी विश्वस्त भए, तब उनीहरूले विध्यालय जाने र आउने अभ्यास गरे। अब उनी आफै वा आफ्ना साथीहरूसँग यसको प्रयोग गर्न सक्छन्।

छलफल

तपाईंको क्षेत्रमा दृष्टि सम्बन्धी कस्तो सहायक सामाग्रीहरु उपलब्ध छन्?

तपाईंले पाठ दुई पूरा गर्नुभयो!