मुख्य सामग्रीमा जानुहोस्
दृष्टि

दृष्टि सम्बन्धी सहायक सामाग्रीहरू जसमा श्रवण वा स्पर्श प्रयोग गर्दछ।

पाठ: 2 को 4
विषय : 2 को 3
0% पूरा

केही सहायक सामाग्रीहरू व्यक्तिको श्रवण वा स्पर्शमा निर्भर गर्दछ।

यी सामान्यतया धेरै न्यून दृष्टि भएका वा दृष्टिविहिन व्यक्तिहरू द्वारा प्रयोग गरिन्छ।

व्यक्तिको श्रवण वा स्पर्शको प्रयोगमा निर्भर सहायक सामाग्रीहरुमा निम्न सामाग्रीहरु समावेश छन्:

  • ब्रेल स्लेट वा स्टाइलस।

यो ब्रेल लिपि लेख्ने र पढ्ने व्यक्तिहरूको लागि पोर्टेबल नोट टेकर हो।

स्लेटको माथिल्लो भागमा साना 'झ्याल' को पङ्क्तिहरू छन्, र तलको भागमा प्रत्येक 'झ्याल' को लागि छ वटा साना गाडिएका बिन्दुहरू छन्। स्लेटको दुई भागको बीचमा कागज राखिन्छ। स्टाइलस, जुन एक चुच्चो उपकरण हो, कागजको अर्को छेउमा उठेका बिन्दुहरू सिर्जना गर्न प्रत्येक झ्यालमा गाडिएका बिन्दुहरुमा थिच्न प्रयोग हुन्छ।

बिन्दुहरूको विभिन्न संयोजनहरूले विभिन्न अक्षरहरूको प्रतीक जनाउँछ।

दुई आयताकारका पानाहरू, माथिको भागमा साना झ्यालहरू छन् र तलको भागमा छ वटा साना गाडिएको बिन्दुहरू छन् जुन झ्यालहरूमा फिट हुन्छन्। यहाँ स्लेट भनेर लेखिएको छ। यसको छेउमा एउटा सानो टी-आकारको वस्तु छ जसको टुप्पो चुच्चो छ। यसलाई स्टाइलस भनेर लेखिएको छ ।

एउटी केटी लेख्नको लागि स्लेट र स्टाइलस प्रयोग गरेर झुकेकी छिन्। स्लेट एक सानो बोर्ड हो जसमा खुला झ्यालका पङ्क्तिहरू छन्, स्टाइलस एक चुच्चो उपकरण हो जसले स्लेटमा भएका झ्यालहरू मध्ये एउटामा खोपिरहेको छ।

  • अडियो प्लेयरहरू जसले मानिसहरूलाई लिखित अक्षरहरु सुन्न मद्दत गर्छ।

अडियो प्लेयरमा बटन थिच्दै गरेको हात

  • स्मार्टफोन र अन्य उपकरणहरूमा टेक्स्ट टु स्पीच सफ्टवेयर।

 स्मार्ट फोनमा टेक्स्ट टु स्पीच सफ्टवेयर को चित्र ।

  • कुरा गर्ने र / वा श्पर्स गर्ने घडीहरू जुन मानिसहरूले सुन्न वा समय महसुस गर्न प्रयोग गर्छन्।

सानो डिस्प्ले र ठूलो स्पिकरभएको इलेक्ट्रोनिक घडी ।

निर्देशन

यी उत्पादनहरू TAP मा समावेश छैनन्।