TAP मा समावेश स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरू
TAP मोड्युलहरूमा सबैभन्दा बढी प्रयोग गरिने स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरू समावेश गरिएकाछन्:
- स्नान गर्ने कुर्सी (shower chair)
- शौच गर्ने कुर्सी (toilet chair)
- अवशोसक (शोस्ने क्षमता भएका) उत्पादनहरू (absorbent products)
- पिसाव निकाल्ने पाईप (catheter)
- लुगा लगाउने सहयोगी सामाग्री (dressing aids)
- खाने र पिउने सहयोगी सामाग्री (eating and drinking aids)
यी सामाग्रीहरूको संक्षिप्त परिचयको लागि पढ्नुहोस्।
स्नान गर्ने कुर्सी (shower chair)
स्नान गर्ने कुर्सी (shower chair) हरु स्नान वा नुहाउने क्षेत्रमा आफै नुहाउने क्रममा बस्नको लागि राखिन्छ।
स्नान गर्ने कुर्सी (shower chair) हरू ती व्यक्तिहरूका लागि उपयोगी हुन्छ जो आफै नुहाउँदा सुरक्षित रूपमा उभिन र / वा सन्तुलन गर्न सक्दैनन्।
पिटरलाई सम्झनुहुन्छ?
उनको मेरुदण्डमा चोट लागेको छ र कम्मरमुनि पक्षाघात भएको छ । हिँड्डुल गर्न उनी ह्वीलचेयरको प्रयोग गर्छन् । पिटरको बाथरुममा स्नान गर्ने कुर्सी छ । उनी बाथरुममा छिर्छन् र स्नान गर्ने कुर्सीमा सर्छन्। त्यसपछि उसले ह्वीलचेयरलाई पानी पर्ने ठाउँबाट बाहिर धकेल्छ र आफै नुहाउँदछ।
साना पाङ्ग्राहरू (castor wheels) को साथ स्नान कुर्सीहरू नुहाउँदा बस्नु पर्ने; र स्नान वा नुहाउने क्षेत्रबाट भित्र बाहिर गर्न गाह्रो हुने व्यक्तिहरूको लागि उपयोगी हुन्छ ।
रोनिनलाई सम्झनुहुन्छ?
उनको भाँचिएको खुट्टा र पाखुरा दुर्घटनाबाट निको भए तापनि उनले पाङ्ग्राहरू भएको स्नान कुर्सी (शावर चेयर) प्रयोग गरिरहेका छन्। कुर्सी उनको ओछ्यानको छेउमा राखिएको छ, र उनका आमाबाबुले उनलाई यसमा स्थानान्तरण (सार्न) मद्दत गर्छन्। त्यसपछि उनलाई कुर्सीमा नुहाउने ठाउँमा लिएर जान्छन्, जहाँ उनलाई नुहाउन मद्दत गरिन्छ।
स्नान गर्ने कुर्सीहरू र तिनीहरूलाई कसरी प्रदान गर्ने भन्ने बारेमा थप जानकारीको लागि, TAP स्नान र शौच गर्ने कुर्सी मोड्युल पूरा गर्नुहोस्।
शौच गर्ने कुर्सी (toilet chair)
शौच गर्ने कुर्सीमा काटिएको सिट, आर्मरेस्ट (हात अड्याउने भाग) र हटाउन सकिने बाल्टिन हुन्छ । कुनै कुनैमा ब्याकरेस्ट (पछाडि अडेस लिने भाग) पनि हुन्छ।
यसलाई दुबै तरिकाले प्रयोग गर्न सकिन्छ:
- शौचालय माथि (हटाउन सकिने बाल्टी बिना) वा शौचालयबाट अलग
- कुनै पनि निजी स्थानमा (हटाउन सकिने बाल्टीको साथ)।
शौच गर्ने कुर्सीले नियमित शौचालयको तुलनामा तल बस्न, बस्न र उठ्न बढी सहयोग गर्छ ।
केही शौच कुर्सीमा पाङ्ग्रा हुन्छन् ।
शौच कुर्सीहरू मानिसहरूको लागि उपयोगी हुन सक्छ जसले:
- शौचालय जान र आउन गाह्रो हुने र / वा
- शौचालयमा बस्न र उठ्न गार्हो हुने
- शौचालय कौशल (शौचालय प्रशिक्षण) सिक्ने वा पुन: सिक्ने क्रममा आरामसँग बस्न मद्दत चाहिने।
आइदालाई सम्झनुहुन्छ?
मस्तिष्काघात पछि आइदाले शौचालयमा जानु र तल बस्नु र उठ्नु धेरै गार्हो भएको पाईन् ।
उनी अहिले हटाउन मिल्ने बाल्टिन भएको शौच कुर्सी प्रयोग गर्छिन् ।
दिनको समयमा बाल्टिन हटाइन्छ र कुर्सी शौचालयमाथि राखिन्छ।
ट्वाइलेटमा बस्नु र उठ्नु आइडाको लागि सजिलो भयो, किनकि शौच कुर्सी उच्च छ र यसमा आर्मरेस्ट (हातले समात्ने भाग) हरू छन्। उनकी छोरीले उनलाई शौचालयमा जान र आउन सहयोग गर्छिन्।
रातको समयमा शौच कुर्सी आइदाको ओछ्यानको छेउमा बाल्टिन राखेर राखिन्छ।
उनी आफ्नी छोरीलाई जगाउन आवश्यक नपर्ने गरी शौच कुर्सीमा आफै स्थानान्तरण गर्न सक्छिन्। बाल्टिन बिहान खाली गरिन्छ।
शौच कुर्सीहरू र तिनीहरूलाई कसरी प्रदान गर्ने भन्ने बारेमा थप जानकारीको लागि, TAP स्नान र शौच कुर्सी मोड्युल पूरा गर्नुहोस् ।
अवशोसक (शोस्ने क्षमता भएका) उत्पादनहरू (absorbent products)
TAP समावेश गरिएको अवशोसक (शोस्ने क्षमता भएको उत्पादन) हरु ती हुन् जुन व्यक्तिद्वारा लगाउँछन्। यी उत्पादनहरू:
- विभिन्न आकार र साइजमा आउन्छ
- केटाकेटी, वयस्क पुरुष र महिलाद्वारा प्रयोग गर्न सकिन्छ
- हल्का, मध्यम वा भारी चुहावटको लागि उपयुक्त उत्पादनहरू समावेश गरिएको
- धोएर पुन: प्रयोग गर्न सकिने वा एक पटक प्रयोग गरेर फ्याँक्न सकिने (एकल प्रयोग) ।
अवशोसक (शोस्ने क्षमता भएको उत्पादन) असंयमता अनुभव गर्ने व्यक्तिहरूको लागि उपयोगी हुन्छ। यसले मूत्र र / वा मल को चुहावट शोस्ने गर्दछ र एक व्यक्तिको छाला र लुगा को रक्षा गर्न मद्दत गर्दछ; र उनीहरूको दैनिक जीवनको जारी राख्न अमद्दत गर्छ।
अलिशालाई सम्झनुहुन्छ?
अलिशालाई बाल मस्तिष्क पक्षघात (सेरेब्रल पाल्सी) छ र उनलाई आफ्नो गतिविधिलाई समन्वय गर्न र नियन्त्रण गर्न गाह्रो हुन्छ। उनलाई शौचालय जानुपर्दा सामान्यतया महसुस हुन्छ र उनकी आमाले उनलाई शौचालय जान र प्रयोग गर्न मद्दत गर्छिन्।
यद्यपि, कहिलेकाहीं उनी आफ्नो मूत्राशय र आन्द्रालाई (bladder and bowel) नियन्त्रण गर्न सक्दिनन्। जब अलिशा स्कूलमा हुन्छिन् उनी अवशोसक (शोस्ने क्षमता भएको उत्पादन) लगाउँछिन् जुन लगाउन र फुकाल्न सजिलो छ। यसले कुनै पनि मूत्राशय वा आन्द्रा चुहावट व्यवस्थापन गर्न मद्दत गर्दछ।
अवशोसक (शोस्ने क्षमता भएको उत्पादन) बारेमा थप जानकारीको लागि र यो कसरी प्रदान गर्ने, TAP अवशोसक (शोस्ने क्षमता भएको उत्पादन) मोड्युल पूरा गर्नुहोस्।
पिसाव निकाल्ने पाईप (catheter)
पिसाव निकाल्ने पाईप (catheter) एक लचिलो नली हो जसले मूत्राशयबाट पिसाब निकाल्छ।
आफ्नो मूत्राशय खाली गर्न गाह्रो हुने व्यक्तिहरूको लागि पिसाव निकाल्ने पाईप (catheter) उपयोगी हुन सक्छ।
पिसाव निकाल्ने पाईप (catheter) दुई मुख्य प्रकारका हुन्छन्:
- - ईन्टरमिटेन्ट (Intermittent - जसलाई नेलेटन क्याथेटर पनि भनिन्छ)
- - ईनद्वेलिङ्ग ( Indwelling - जसलाई फोली क्याथेटर पनि भनिन्छ)
- ईन्टरमिटेन्ट (नेलेटन) क्याथेटर
पिसाब निकाल्नका लागि मूत्राशयमा नेलेटन क्याथेटर हालिन्छ र त्यसपछि हटाइन्छ।
जब व्यक्तिले आफ्नो मूत्राशय खाली गर्न आवश्यक हुन्छ, यो दिनभरि गरिन्छ ।
आफ्नो मूत्राशय खाली गर्न,पिटरले इन्टरमिटेन्ट क्याथेटर प्रयोग गर्छन्। हरेक दिन नियमित समयमा पिटरले आफ्नो मूत्राशयबाट पिसाब शौचालयमा निकाल्न पिसाव निकाल्ने पाइप (catheter) प्रयोग गर्छन्।
ईन्द्वेलिङ्ग (फोली) क्याथेटर
यो मूत्राशयमा घुसाइन्छ र बाह्र हप्तासम्म ठाउँमा रहन्छन्। पिसाव निकाल्ने पाइप (catheter)ले नियमित रूपमा पिसाब खाली गरेर कलेक्सन ब्यागमा निकाल्छ।
पिसाब असंयमता भएका मानिसहरूलाई मद्दत गर्न अन्य उत्पादनहरू उपयुक्त नभएमा पनि यो ईन्द्वेलिङ्ग क्याथेटरहरू प्रयोग गर्न सकिन्छ।
मारियालाई भेट्नुहोस्
मारियालाई मल्टिपल स्क्लेरोसिस छ, जुन मस्तिष्क र मेरुदण्डको स्नायुलाई असर गर्ने अवस्था हो। हिँड्डुल गर्न उनी ह्वीलचेयर को प्रयोग गर्छिन् र आफ्नो हातको सीमित प्रयोग गर्छिन्। मारियासँग स्वहेरचाहको लागि सहयोग गर्न एक हेरचाहकर्ता छ।
मारियालाई आफ्नो मूत्राशय खाली गर्न पिसाव निकाल्ने पाइप (catheter) को मद्दतको आवश्यकता छ, र ईन्द्वेलिङ्ग क्याथेटरको प्रयोग गर्न रोजेको छ।
- शिथ (यूरिडोम)
अवशोसक (शोस्ने क्षमता भएको उत्पादन) को लागि शिथ अर्को विकल्प हो जुन पुरुषहरूले पिसाबको चुहावट रोक्न प्रयोग गर्न सक्दछन्। यो लिंगमा जोडिन्छ र अर्को छेऊमा छोटो लचिलो ट्यूबमा जडान हुन्छन्। त्यसपछि ट्युबलाई पिसाब संकलन गर्ने झोलामा जोडिन्छ ।
विभिन्न प्रकारका पिसाव निकाल्ने पाइप (catheter)हरू र तिनीहरूलाई कसरी प्रदान गर्ने भन्ने बारेमा थप जानकारीको लागि,TAP को क्याथेटर मॉड्यूल पूरा गर्नुहोस् ।
लुगा लगाउनमा मद्दत गर्ने स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरू
लुगा लगाउने लठ्ठी (dressing stick)
लुगा लगाउने लठ्ठी (ड्रेसिङ्ग स्टिक) को एक छेउमा 'सी' आकारको हुक र अर्को छेउमा 'एस' आकारको हुक हुन्छ।
यो लुगाहरु उठाएर लगाउन र फुकाल्न मद्दत गर्न प्रयोग गरिन्छ।
लुगा लगाउने लठ्ठी (ड्रेसिङ्ग स्टिक)हरू ती व्यक्तिहरूका लागि उपयोगी हुनसक्छ जो सजिलै अगाडि झुक्न सक्दैनन्, वा एक वा दुवै हातहरुमा सीमित चाल छ।
लामो ह्यान्डल भएको जुत्ता लगाउने सहयोगी सामाग्री (शू हर्न)
यो एक अतिरिक्त-लामो ह्यान्डल भएको जूत्ता लगाउने सहयोगी सामाग्री (शू हर्न) हो, एक व्यक्ति जूता मा आफ्नो खुट्टा राख्न यसको मद्दत लिंदैछन्।
यो सजिलै अगाडि झुक्न नसक्ने व्यक्तिहरूको लागि वा सीमित हात वा खुट्टाको चाल भएकाहरूको लागि उपयोगी हुन सक्छ।
मोजा लगाउने सहयोगी सामाग्री (sock aid)
मोजा लगाउने सहयोगी सामाग्री (sock aid) लचीलो प्लास्टिकको एक टुक्रा हो जसको अन्त्यमा दुई डोरीहरू राखिएका हुन्छन्। एक मोजा वा स्टकिनेट प्लास्टिकको छेऊमा घुसाइएर, व्यक्तिले आफ्नो खुट्टा मोजा भित्र राख्छ र दुई डोरीहरू प्रयोग गरेर खुट्टामाथि मोजा तान्नको लागि यो उपकरण प्रयोग गर्दछ।
यदि तिनीहरू सजिलै अगाडि झुक्न सक्दैनन् र / वा सीमित हातको चाल छ भने मोजा वा मोजा तान्न गाह्रो हुने व्यक्तिहरूको लागि मोजा लगाउने सहयोगी सामाग्री (sock aid) उपयोगी हुन सक्छ ।
आइदालाई सम्झनुहुन्छ?
आइडालाई मस्तिष्क पक्षघात (स्ट्रोक) पछि लुगा लगाउन गाह्रो भएको छ । यद्यपि, उनले ड्रेसिङ स्टिक, मोजा लगाउने सहयोगी सामाग्री (sock aid) र लामो ह्यान्डल भएको जुत्ता लगाउने सहयोगी सामाग्री (शू हर्न) को प्रयोग गर्न थालेकी छिन्। यी उत्पादनहरूको अर्थ यो हो कि उनी अब स्वतन्त्र रूपमा लुगा लगाउन सक्छिन्।
टाँक लगाउने हुक र जिपर तान्ने सहयोगी सामाग्री (button hook and zip puller)
टाँक लगाउने हुक र जिपर तान्ने सहयोगी सामाग्री (बटन हुक र जिप पुलर) मा जिपरहरू तान्नको लागि एक छेउमा 'सी' आकारको हुक हुन्छ, र बटन प्वालहरू मार्फत बटनहरू तान्नको लागि अर्को छेउमा हीरा आकारको हुक हुन्छ।
हात कम मात्र चलाउन पनि कठिनाई भएका ब्यक्तिहरुको लागि यो उपयोगी हुन सक्छ।
शमूएललाई सम्झनुहुन्छ?
शमूएललाई टाँक लगाउन र जुत्ताको फित्ता बाँध्ने जस्ता हातका मसिना कामहरू गर्न गाह्रो लाग्छ। उनी लुगा लगाउन सजिलो बनाउन टाँक लगाउने हुक र जिपर तान्ने सहयोगी सामाग्री (बटन हुक र जिप पुलर) को प्रयोग गर्छन्।
उनले लेसभन्दा भेल्क्रो भएको जुत्ता पनि प्रयोग गर्छन् जुन उनलाई व्यवस्थापन गर्न सजिलो हुन्छ।
खान र पिउन मा मद्दत गर्ने स्वहेरचाह (सेल्फ केयर) सम्बन्धि सहायक सामाग्रीहरू
परिमार्जित काँटा चम्चा (modified cutlery)
खाना खाने भाँडाकुँडाहरू जस्तै चक्कु, काँटा, चम्चा र चपस्टिकहरू समात्न सजिलो बनाउन परिमार्जन गर्न सकिन्छ।
मोटो ह्यान्डलहरू सीमित हातको चाल र शक्ति भएका व्यक्तिहरूको लागि समात्न सजिलो हुन सक्छ।
जुन व्यक्तिको हातमा कटलरी राखिन्छ त्यसमा एक नरम वा मिल्ने खालको पट्टा थप्न सकिन्छ । यो ती व्यक्तिहरूको लागि उपयोगी छ जसले काँटा चम्चाहरु समात्न सक्दैनन् तर आफ्नो हात सार्न र नियन्त्रण गर्न सक्दछन्।
प्लेट गार्डहरू र परिमार्जित प्लेट तथा कचौराहरू (Plate guards and modified plates/bowls)
प्लेट गार्ड प्लास्टिकको अर्ध-गोलाकार टुक्रा हो जुन प्लेटको छेउमा क्लिप गर्दछ।
परिमार्जित प्लेटहरू वा कचौराहरूमा 'बनाईराखेका' (inbuilt) प्लेट गार्डहरू हुन्छन् - प्लेट वा कचौराको एक पक्ष माथि उठाइएको हुन्छ।
प्लेट गार्ड र परिमार्जित प्लेटहरू ती व्यक्तिहरूका लागि उपयोगी हुन्छन् जसले केवल एक हातले खान सक्दछन्, किनकि उनीहरूले खाना लिन वा काँटा, चम्चा वा अन्य खाने भाँडाबाट 'उठाउन' ('Scoop') गर्न मद्दत गर्छन्।
परिमार्जित कप (Modified cups)
परिमार्जित कपहरू (Modified cups) मा ह्यान्डलहरू हुन सक्छन् जसले यसलाई समात्न सजिलो बनाउँदछ, र / वा सानो प्वालको साथ ढक्कन बिना नपोखाईकन पिउन सजिलो बनाउँछ ।
परिमार्जित कपहरू सीमित हातको चाल वा शक्ति, वा कमजोर समन्वय भएका व्यक्तिहरूको लागि उपयोगी हुन सक्छ।
अलिशालाई सम्झनुहुन्छ?
अलिशालाई आफ्नो गतिविधि समन्वय गर्न र नियन्त्रण गर्न गाह्रो लाग्छ।
उनले दुई ह्यान्डल र एक बिर्को भएको परिमार्जित कप प्रयोग गर्छिन् जुन उनको लागि समात्न सजिलो छ, र पोख्नबाट जोगाउँछ।
उनी मोटो ह्यान्डल भएको चम्चा र पट्टा पनि प्रयोग गर्छिन् जसले उनलाई यो समात्न मद्दत गर्छ।