पढ्ने (नजिक हेर्ने) चश्मा प्रयोग गर्दा
जब व्यक्तिलाई नजिकबाट केही हेर्न आवश्यक हुन्छ पढ्ने (नजिक हेर्ने) चश्मा लगाउन सकिन्छ।
लगाउनुको साथै पढ्ने ( नजिक हेर्ने) चश्माहरु , मानिसहरूलाई नजिकबाट वस्तुहरू हेर्दा पर्याप्त प्रकाश छ भनी सुनिश्चित गर्न प्रोत्साहित गर्नुहोस्। सुझाव दिनुहोस् कि उनीहरू:
- कम उज्यालो भएको ठाउँमा पढ्ने वा अन्य नजिक हेर्नु पर्ने दृष्टि कार्यहरू बाट जोगिनुहोस्
- प्राकृतिक प्रकाशको राम्रो प्रयोग गर्नुहोस् - उदाहरणका लागि नजिकको कार्यहरू गर्दा बाहिर वा झ्यालको छेउमा बस्नुहोस्
- नजिकका कार्यहरूमा बत्तीको उज्यालो पार्नुहोस्
मलिकलाई सम्झनु हुन्छ?
मलिकको रोजगारदाताले सिलाई मेशिन राखेका ठाउँहरुमा अतिरिक्त बत्तीहरू जडान गरिदिएका छन् ताकि कर्मचारीहरूलाई राम्रो सँग हेर्न मद्दत पुगोस्।
पढ्ने (नजिक हेर्ने) चश्मा लगाउँदा आँखा अल्छी हुन्छ कि भनेर कोही-कोही लाई चिन्ता लाग्न सक्छ। चश्मा लगाउँदा कुनै हानि हुँदैन भनेर मानिसहरूलाई आश्वस्त पार्नुहोस्।
यद्यपि, यदि कुनै व्यक्तिले निम्न मध्ये कुनै पनि समस्या अनुभव गर्छ भने, उनीहरूले फलो-अप अपोइन्टमेन्टको लागि फर्कनु पर्छ वा आँखा स्वास्थ्य पेशेवरलाई भेट्नु पर्छ:
- टाउको दुखेमा
- एकदम नजिकका वस्तुहरू फेरि हेर्न गाह्रो भएमा
- हेर्दा तनाव भएमा
- स्पष्ट रूपमा देख्नको लागि तिनीहरूले वस्तुहरूलाई धेरै नजिक वा धेरै टाढा राख्नु पर्छ।