तेस्रो चरणमा, सेवा प्रदायकले व्यक्तिलाई र यदि आवश्यक भएमा उनीहरूको परिवारका सदस्यहरू वा हेरचाहकर्ताहरूलाई सहायक सामाग्री कसरी प्रयोग गर्ने र हेरचाह गर्ने भनेर सिकाउनु पर्दछ ।
आफ्नो सहायक सामाग्रीको प्रयोग र हेरचाह कसरी गर्ने भनेर व्यक्तिलाई सिकाउँदा यो सुरक्षित छ भनेर सुनिश्चित हुनेछ, र यसबाट बढी लाभ प्राप्त गर्न सकिन्छ ।
प्रत्येक TAP सामाग्री मोड्युलमा मानिसहरूलाई उनीहरूको सहायक सामाग्री प्रयोग गर्न र हेरचाह गर्न कसरी सिकाउने भन्ने बारेमा जानकारी समावेश गरिएको छ ।
कसैलाई नयाँ सीप सिकाउनको लागि मद्दत हुने तीन वटा चरणहरूको सारांश तल पढ्नुहोस्।
आफ्नो सहायक सामाग्री कसरी प्रयोग र हेरचाह गर्ने भनेर कसैलाई सिकाउँदा यी तीन चरणहरू समावेश गर्दा राम्रो अभ्यास हुनेछ :
व्याख्या गर्ने
प्रदर्शन गर्ने
अभ्यास गर्ने
व्याख्या गर्ने
प्रदर्शन गर्ने
अभ्यास गर्ने
माइकल को सम्झना छ?
जब माइकलले आफ्नो सेतो छडी प्राप्त गरे, तिनका सहयोगीले उनलाई छडी कसरी प्रयोग गर्ने भनेर सिकाए।
उनीहरू घरमा, कक्षाकोठामा र खेल मैदानमा सँगै अभ्यास गर्थे। जब उनमा आत्मविश्वास बढ्यो, तब तिनीहरूले स्कूल जाने र फर्कने अभ्यास गरे। अब माइकल आफैले र आफ्ना साथीहरूसँग हिँड्डुल गर्न सक्छ।
सहयोगीले माइकल र तिनका आमाबाबुलाई सेतो छडीको हेरचाह कसरी गर्ने र समस्या देखिएमा केन्द्रमा कहिले सम्पर्क गर्ने भनेर पनि सिकाए।
शमूएललाई सम्झनुहुन्छ?
शमूएलले कुराहरू सम्झन सेतोपाटी र फोन एप प्रयोग गर्छन्। शमूएलले आफ्नो दैनिक जीवनमा यी सहायक सामाग्रीहरू कसरी प्रयोग गर्ने भनेर योजना बनाउन उनको सेवा प्रदायकले शमूएल र उनको परिवारसँग समय बिताए। त्यसपछि शमूएलले आफ्नो सेवा प्रदायक र परिवारको सहयोगमा अभ्यास गरेका थिए।
यस तालिमको क्रममा सङ्कलन गरिएको जानकारी भविष्यको रिपोर्टिङ र अनुसन्धान गतिविधिहरूमा प्रयोग गर्नको लागि यदि तपाईं सहमति दिनुहुन्छ भने कृपया हामीलाई थाहा दिनुहोस्।
तलका प्रत्येक प्रश्नको लागि हो वा होइन चिन्ह लगाउनुहोस्। यदि तपाईंले होइन चयन गर्नुभयो भने, तपाईंलाई अझै पनि तालिम जारी राख्न स्वागत छ।
२. म बुझ्छु कि यस तालिमको क्रममा सङ्कलन गरिएको मेरो पहिचान गुमाइएको जानकारी (यस दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, क्विज परिणाम र छलफल फोरम सहित) TAP सुधार गर्न र सहायक प्रविधिमा पहुँच सुधार गर्न रिपोर्टिङ र अनुसन्धानमा प्रयोग गरिनेछ, र म यसको लागि मेरो सहमति दिन्छु।