शौच वा स्नान गर्ने कुर्सीमा सुरक्षित रूपमा बस्नु र उठ्नु (स्थानान्तरण)
शौच वा स्नान गर्ने कुर्सीमा बस्नु र उठ्नुलाई स्थानान्तरण भनिन्छ।
मानिसहरूको आफ्नो क्षमता, आवश्यकता र यदि उनीहरूसँग सहायता गर्ने छ भने, बिभिन्न फरक तरिकामा स्थानान्तरण (transfer) गर्न सक्दछन्।
यस विषयले केही सुरक्षाको लागि ध्यान दिनु पर्ने कुराहरू र मानिसहरूले स्थानान्तरण गर्ने विभिन्न तरिकाहरूको उदाहरणहरू बारे थाहा दिनेछ।
स्थानान्तरणको बारेमा थप विस्तृत जानकारीको लागि:
- हेर्नुहोस् TAP हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्रीहरु मोड्युल ( हिँड्डुलको लागि प्रयोग गर्ने सहायक सामाग्री प्रयोग गर्ने व्यक्तिहरूका लागि)
- डब्ल्यूएचओ व्हीलचेयर सेवा प्रशिक्षण प्याकेजबाट यो भिडियो हेर्नुहोस् - आधारभूत स्तर (व्हीलचेयर प्रयोग गर्ने व्यक्तिहरूको लागि)
- पुनर्स्थापना सम्बन्धी स्वास्थ्यकर्मीहरूबाट सल्लाह लिनुहोस्।
सुरक्षित रूपमा स्थानान्तरण गर्न, सँधै:
- स्थानान्तरण शुरु गर्नु अघि ब्रेकहरू लगाइएको सुनिश्चित गर्नुहोस्
- व्यक्ति र उनीहरूको हेरचाहकर्ताको लागि सुरक्षित रूपमा हिँड्डुल गर्न पर्याप्त ठाउँको सुनिश्चित गर्नुहोस्
- भिजेको छ भने भुइँ सुकाउनुहोस् र भुइँ चिप्लो छ भने नचिप्लिने नन-स्लिप म्याट प्रयोग गर्नुहोस्।
ब्यक्ति उठ्दा र बस्दा सहायता गर्ने
व्यक्ति आफै सक्षम भएसम्म जतिसक्दो आफै गर्न प्रोत्साहित गर्नुहोस्, साथै उपलब्ध हुँदा आर्मरेस्ट प्रयोग गर्न भन्नुहोस् ।
तपाईंले व्यक्तिको हेरचाह गर्ने वा परिवारका सदस्यलाई घरमा सुरक्षित रूपमा कसरी सहयोग गर्ने भनेर पनि सिकाउन आवश्यक हुन सक्छ।
यदि कुनै व्यक्तिले शौच वा स्नान गर्ने कुर्सी प्रयोग गर्दछ जसमा फुटरेस्ट र ब्रेकको साथ कास्टर चक्काहरू छन् भने, उनीहरूलाई सार्न हेरचाहकर्ताको मद्दत चाहिन्छ। व्यक्तिको पैताला र तिघ्राहरूलाई आड दिन फुटरेस्टको उचाईं समायोजन गरिनु पर्दछ।
हेरचाहकर्तालाई स्थानान्तरण गर्नु अघि ब्रेक कसरी राख्ने र बन्द गर्ने भनेर सिकाउनुहोस्।
यदि हेरचाहकर्ताले कुनै व्यक्तिलाई स्थानान्तरण गर्न मद्दत गरिरहेको छ भने, उनीहरूले कुनै पनि व्यक्तिको वजन उठाउनुअघि सधैं आफ्नो घुँडा खुम्च्याउनुपर्छ र उनको शरीरलाई समात्नु पर्छ। यसले चोटपटकबाट बच्न मद्दत गर्दछ।
यदि कुनै व्यक्तिको साईड कमजोर छ भने, हेरचाहकर्ताहरूले सहायता दिन त्यस साईडमा उभिनु पर्छ।
स्थानान्तरणको लागि सहायता कसरी दिने भन्ने बारे थप जानकारीको लागि हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्री पाठ ४ हेर्नुहोस्।
तल स्थानान्तरणको दुई उदाहरणहरू छन्।
ओछ्यानको छेऊ शौच गर्ने कुर्सी: बसेर गर्ने स्थानान्तरण (sitting transfer)
वेर्ना लाई भेट्नुहोस् ।
वेर्ना ८९ वर्षकी छिन् र आफ्ना पति लीफसँग बस्छिन् । वेर्ना कमजोर छ र रातको समयमा शौचालय पुग्न गाह्रो छ। यहाँ तपाईंले वेर्ना आफ्नो शौच गर्ने कुर्सीबाट ओछ्यानमा स्थानान्तरण गरिरहेको देख्न सक्नुहुन्छ। लिफले उनलाई सहयोग गरिरहेका छन् ।
ध्यान दिनुहोस्:
- वेर्नाले यो कार्य सजिलो बनाउन स्थानान्तरण बोर्ड प्रयोग गर्दैछ ।
- शौच गर्ने कुर्सी ओछ्यानसँग कोण मिलाएर राखिएको छ ।
- शौच गर्ने कुर्सी पनि ओछ्यान जत्तिकै उचाइको छ ।
ओछ्यानको नजिकको आर्मरेस्टलाई तल सारिएको छ ताकि वर्नालाई सर्न सजिलो होस्।
ह्वीलचेयरबाट भुईंमा बस्ने (स्क्वाट) शौचालयमाथि राखिएको शौच गर्ने कुर्सीमा स्थानान्तरण
साँघुरो ठाउँहरूमा, कोही-कोही मानिसहरू आफ्नो ह्वीलचेयरबाट सीधै शौच वा स्नान गर्ने कुर्सीको सामुन्ने स्थानान्तरण गर्न सक्षम हुन सक्छन्।
गतिविधि
ईजाज २४ वर्षकी छिन् । उनको मेरुदण्डमा चोट लागेको छ । उनी आफ्नो ह्वीलचेयरबाट शौच गर्ने कुर्सीमा सर्छिन्।
उनको शौचालयमा धेरै ठाउँ नभएकाले सही स्थानान्तरण विधि महत्त्वपूर्ण छ।
ईजाजको चित्र हेर्नुहोस् र स्थानान्तरणको महत्त्वपूर्ण विशेषताहरू पहिचान गर्नुहोस्।
ह्वीलचेयर कसरी राखिएको छ?
ह्वीलचेयर शौच गर्ने कुर्सीको अगाडि र हल्का कोणमा राखिएको छ।
स्थानान्तरण गर्दा शौच गर्ने कुर्सीको कुन विशेषताहरूले मद्दत गर्दछ?
- उचाईं समायोज्य खुट्टाहरू: शौच गर्ने कुर्सी ईजाजको ह्वीलचेयरको समान उचाइमा समायोजित गर्न सकिन्छ।
- हात अड्याउने भाग माथि उठाउने (arm rests lift up): यसले ईजाजलाई स्थानान्तरणमा सर्न बाधा पुर्याउँदैन । त्यसपछि तिनले आफ्नो लुगाहरू मिलाउँदा सन्तुलनको लागी यसलाई तल तान्न सकिन्छ।
- ईजाजको लागि स्थानान्तरणको समयमा आड लिनको लागि स्थिर वस्तुमा समात्न महत्त्वपूर्ण हुन्छ। हातले समात्ने बार (grab bar) ले मद्दत गर्न सक्छ।
नुहाउँदा स्नान गर्ने कुर्सीको प्रयोग गर्दा
कुनै-कुनै ठाउँमा नुहाउने ठाउँ मात्र हुन्छ। नुहाउँदा स्नान गर्ने कुर्सीको प्रयोग गर्दा निम्न कुराहरु आवश्यक छन्:
- नुहाउने ठाउँ स्नान गर्ने कुर्सीको लागि पर्याप्त चौडा हुनुपर्दछ ।
- व्यक्तिले सुरक्षित साथ नुहाउने ठाउँ माथि खुट्टा राख्न सक्षम हुनुपर्दछ।
नुहाउँदा स्नान गर्ने कुर्सीको प्रयोग गर्न आवश्यक व्यक्तिको लागि, सुरक्षित स्थानान्तरण विधि सम्बन्धी घर मूल्यांकन र प्रशिक्षणको लागि पुनर्स्थापना सेवा हेर्नुहोस्।
उचाल्ने उपकरण (hoist) प्रयोग गरेर स्थानान्तरण गर्दा
यदि व्यक्ति सार्न धेरै सहयोग चाहिन्छ भने, तिनीहरूलाई स्थानान्तरण गर्न एक होईस्ट को आवश्यकता हुन सक्छ। उचाल्ने उपकरण (hoist) एक मशीन हो जसले एउटा स्लिंग प्रयोग गरेर व्यक्तिलाई माथि उठाउँदछ।
सुरक्षित रूपमा उचाल्ने उपकरण (hoist) प्रयोग गर्न प्रशिक्षणको आवश्यक हुन्छ।
उचाल्ने उपकरण (hoist) प्रयोग गर्ने जो कोहीले यसलाई प्रयोग गर्नु अघि प्रशिक्षित हुनुपर्दछ।
सामान्यतया एक चिकित्सक वा आपूर्तिकर्ताले कसरी उचाल्ने उपकरण (hoist) प्रयोग गर्नु पर्दछ भनेर सल्लाह दिन्छ।