शौच वा स्नान गर्ने कुर्सी प्रयोग गरिने ठाउँमा जडान गर्नुहोस्

विषय प्रगति:

स्थानको जाँच गर्नुहोस्

उनीहरूले आफ्नो शौच वा स्नान गर्ने कुर्सी कहाँ राख्न चाहनुहुन्छ व्यक्ति (र तिनीहरूको हेरचाह वा परिवारसँग जो उपयुक्त छ) संग छलफल गर्नुहोस्।

यो जाँच गर्नुहोस्:

  • यस क्षेत्रको बाटो राम्रो र व्यवस्थित छ ।
  • यो क्षेत्र निजी हो ।
  • त्यहाँ पर्याप्त खाली स्थान छ ।
  • कुर्सीका चारवटै खुट्टा बराबर भुइँको सम्पर्कमा छन् ।
  • त्यहाँ हात धुने ठाउँ छ (शौच गर्ने कुर्सीको लागि)।

यदि कुनै व्यक्तिलाई सहायताको खाँचो छ भने, हिँड्डुल गर्न र घुमाउन मद्दत गर्ने व्यक्तिको लागि थप कोठा चाहिन्छ।

एक व्यक्ति आफ्नो रोलेटर र संग बाथरूम को बीचमा उभिएको छ र एक महिला उनको पछाडि छ। उनलाई सहायता गर्न उनको कम्मरमा हात राखेकि छिन्। उनीहरूको वरिपरि एक गोलाकार छ जसले उनीहरूसँग कोठामा घुमाउन पर्याप्त ठाउँ रहेको देखाउँछ ।

गतिविधि

सोफिया, एक महिला बलियो जुत्ता लगाएर रोलेटरको सहारा लिएर हिँड्दैछिन् ।

सोफियाकाई सम्झनुहुन्छ?

सोफिया रोलेटरको प्रयोग गरेर यताउता हिँड्डुल गर्छिन् ।

सोफियाको शौचालय हेर्नुहोस् ।

सोफिया आफ्नो बाथरुममा पुग्नका लागि आफ्नो रोलेटर प्रयोग गरेर र्‍याम्पमा जान्छिन् । भुईंमा बस्ने शौचालय (squatting toilet) माथि आर्मरेस्ट सहितको शौच गर्ने कुर्सी राखिएको छ । साबुनको साथ एक बेसिन प्रदान गरिएको छ। त्यहाँ एक ढोका छ र ढोका सोफियाको रोलेटर छिर्न र उनी भित्र जानको लागि पर्याप्त चौडा छ।

के यो उनको लागि उपयुक्त छ?



२. के कुराले यसलाई उपयुक्त बनाउँछ?

छ, सोफियाको शोचालय उपयुक्त देखिन्छ ।

  • बाटो राम्रो र व्यवस्थित छ ।
  • यो क्षेत्र निजी हो ।
  • त्यहाँ पर्याप्त खाली स्थान छ ।
  • शौच गर्ने कुर्सीका चारै खुट्टा भुइँको बराबर सम्पर्कमा पनि छन् ।
  • सोफियाको लागि हात धुने ठाउँ छ ।
  • त्यहाँ राम्रो प्रकाश छ।

गतिविधि

क्यालीले नुहाउने लुगा लगाएकी छिन् र आफ्नो स्नान गर्ने ठाउँमा स्नान गर्ने स्टूल (shower stool) मा बसेकी छिन्।

क्याली लाई सम्झनुहुन्छ?

कालीलाई बाथ (arthritis) छ र हिँड्डुल गर्दा पीडा हुन्छ।

क्यालीको बाथरूम हेर्नुहोस्।

बाथरुमभित्र आर्मरेस्ट भएको एउटा स्नान गर्ने कुर्सी छ, जुन बस्ने ट्वाइलेटमाथि राखिएको छ । आर्म रेस्ट भएको शावर गर्ने स्थानमा छ । शावर गर्ने ठाउँको भित्तामा हातले समात्ने बार (Grab bar) छ। सिंकको माथि प्रकाश र ऐना छ। त्यहाँ रोलेटर वा  वाकिग फ्रेमको लागि ठाउँ छ।

१. के क्यालीको बाथरुम उपयुक्त छ?



२. के कुराले यसलाई उपयुक्त बनाउँछ?

छ, क्यालीको बाथरुम उपयुक्त देखिन्छ ।

  • यो क्षेत्र निजी हो ।
  • त्यहाँ पर्याप्त खाली स्थान छ ।
  • शौच गर्ने कुर्सी र स्नान गर्ने कुर्सीका चारवटै खुट्टा बराबर भुइँको सम्पर्कमा छन् ।
  • क्यालीले हात धुने ठाउँ छ ।
  • त्यहाँ राम्रो प्रकाश छ।

आपतकालीन आश्रयहरूमा शौचालय र धुने सुविधाहरू

प्रतिविम्ब

अपाङ्गता भएका व्यक्तिहरूले आफ्नो स्थानीय आपतकालीन आश्रयको बारेमा चिन्ता व्यक्त गरे। बाढी र आँधीबेहरीको खतराको बावजुद आश्रयस्थल प्रयोग गर्नुको साटो घरभित्रै बस्न रुचाउने उनीहरूले बताए। तिनीहरूका निम्न चिन्ताहरू समावेश थिए:

  • हिलो र कच्ची बाटो ।
  • उँचो भवनसम्म पुग्न कुनै र्‍याम्प वा ह्यान्डरेल नभएको ।
  • शौचालय र नुहाउने ठाउँका ढोकाहरू ह्वीलचेयर प्रयोगकर्ताहरूको प्रवेशको लागि धेरै साँघुरो भएको ।
  • शौचालयमा कुनै हातले समात्ने बार (ग्राब बार) छैन ।
  • सबै शौचालय भुईंमा बस्ने (squat) शौचालय छन् ।

यी निष्कर्षहरूको आधारमा, अधिकारीहरूले आश्रय सबैका लागि पहुँचयोग्य सुनिश्चित गर्न अपाङ्गता भएका व्यक्तिहरू सहित स्थानीय समुदायसँग काम गरे, । केही प्रमुख कार्यहरू यस प्रकार थिए:

  • अबरोध रहित स्थायी ह्वीलचेयर अनुकूल मार्गहरू निर्माण गरियो ।
  • जब भवन माथि उठाइयो, सिँढीको छेउमा ह्यान्डरेलसहितको र्‍याम्प स्थापना गरियो ।
  • शौचालय र नुहाउने ठाउँको ढोका फराकिलो बनाइयो ।
  • मानिसहरूलाई सुरक्षित रूपमा स्थानान्तरण गर्न मद्दत गर्न केहि संख्या शौचालयहरुमा  शौच कुर्सीहरू र ग्राब बारहरू स्थापना गरिएको थियो।

वातावरणीय अवरोधहरू कम गर्दै

गतिविधि

तलको प्रत्येक परिस्थितिको लागि, बाधा पार गर्ने उत्तम तरिका के हो?

१. अवरोध: ढोकामा भएको सिँढि।

ह्वीलचेयर प्रयोग गर्ने एक जना मानिस दुई पाइलाको फेदमा रोकिएका छन् ।

एक महिला लौरो प्रयोग गरेर खुड्किलाको तल उभिएकि छिन् ।




एक जना मानिसले आफ्नो ह्वीलचेयर प्रयोग गरेर सिँढीमाथि राखिएको र् याम्पमा चढ्छन्।

A महिला भित्तामा राखिएको एक ग्राब बार प्रयोग गर्दछ र उनको हिंड्ने छडीले उनलाई कदम माथि जान मद्दत गर्दछ।

पोर्टेबल र्‍याम्प प्रयोग गर्नु र  हातले समात्ने बार (ग्राब बार) वा रेलिङ्ग (rail) थप्नु दुवै राम्रो समाधान हो।

२. अवरोध: ढोका भित्रखुल्छ, भित्रको ठाउँ घटाउँछ।

एक वृद्ध मानिसले वाकिंग फ्रेम प्रयोग गर्दछ र एक महिलाद्वारा एक र्‍याम्प माथि हिँड्न सहायता गरेकिछिन्। माथिल्लो भागमा बाथरुमको ढोका छ । ढोका कोठाभित्र खुलेको छ, झण्डै भुईंमा बस्ने (squat) शौचालयमाथि राखेको शौच गर्ने कुर्सीमा ठोक्किन लागेको छ।




एक वृद्ध मानिसले वाकिंग फ्रेम प्रयोग गर्दैछ र एक महिलाले र्‍याम्प माथि हिँड्न सहायता गरेकिछिन्। माथिल्लो भागमा बाथरुमको ढोका छ । ढोका कोठाबाहिर खुलेको छ, जसले भित्र धेरै ठाउँ खालि रहेको छ।

भित्तामा एउटा ढोका झुण्ड्याइएको छ ताकि ढोका स्लाईड  गरेर खोल्न र बन्द गर्न सकियोस्। ढोका ९०० मिलिमिटर चौडा छ । कोठाभित्र बस्न मिल्ने शौचालय र र ट्वाइलेट रोल छ ।

ढोकालाई बाहिर खुल्ने गरि राख्नुहोस् वा स्लाइडिंग ढोकामा परिवर्तन गर्नु दुबै राम्रो समाधान हो।

र्‍याम्पहरूमा थप जानकारीको लागि TAP पोर्टेबल र्‍याम्प मोड्युलमा हेर्नुहोस्।

ग्राब बारहरूमा थप जानकारीको लागि TAP हातले समात्ने बार (grab bars) मोड्युलमा हेर्नुहोस्।

तपाईंले पाठ ३ पूरा गर्नुभएको छ !

यदि तपाईंसँग कुनै प्रश्न वा टिप्पणीहरू छन् भने, तिनीहरूलाई छलफल मञ्चमा लेख्नुहोस्

छलफल मञ्च