शौच गर्ने कुर्सी (toilet chair)
विश्वभरि नै विभिन्न प्रकारका शौचालयको प्रयोग गरिन्छ ।
मानिसहरूलाई स्क्वाटिंग वा बसेर प्रयोग गर्नका लागि शौचालयको व्यवस्था गरिएको छ।

स्क्वाटिंग

बसिरहेको
छलफल

खाल्डो / स्क्वाटिंग शौचालय

फ्लश भएको / बस्न मिल्ने शौचालय
तपाईंको क्षेत्रमा, के स्क्वाटिंग वा बस्ने शौचालयहरू प्राय प्रचलनमा छन्?
मानिसहरूलाई शौचालय प्रयोग गर्न सजिलो बनाउन धेरै प्रकारका शौचालयमाथि शौच गर्ने कुर्सी राख्न सकिन्छ।

बस्न मिल्ने शौचालय माथि राखेको शौच गर्ने कुर्सी
कुनै-कुनै अवस्थामा, शौचालयको माथि बाहेक अन्य निजी स्थानमा शौच गर्ने कुर्सी प्रयोग गर्नु अझ व्यावहारिक हुन सक्छ।
यस अवस्थामा हटाउन मिल्ने बाल्टीन भएको शौच गर्ने कुर्सी प्रयोग गरिन्छ। बाल्टीन प्रयोग पछि यसलाई शौचालयमा खन्याउन सकिन्छ।

बाल्टिन भएको शौच गर्ने कुर्सी
प्रश्न
बाल्टिन भएको शौच गर्ने कुर्सी प्रयोग गर्नु व्यावहारिक हुनुका केही कारणहरू के-के हुन्?
केही सम्भावित कारणहरू यस प्रकार छन्:
- व्यक्तिलाई शौचालय क्षेत्रमा जान वा भित्र पस्न गाह्रो हुने
- शौच गर्ने कुर्सी सुरक्षित रूपमा शौचालयमाथि राख्न नसक्ने
- धेरै मानिसहरू एउटै शौचालय प्रयोग गर्छन्।
शौच गर्ने कुर्सीहरू धेरै प्रकारका छन्।
शौच गर्ने कुर्सीहरू चयन गर्दा जहिले पनि यी महत्त्वपूर्ण विशेषताहरु हेर्नुहोस्:
महत्वपूर्ण विशेषताहरू
सुरक्षित र प्रभावकारी हुन, सबै शौच गर्ने कुर्सीहरू :
- बलियो र टिकाउ हुनुपर्छ
- खिया नलाग्ने र पानी प्रतिरोधी (वाटर प्रूफ) हुनुपर्छ
- चोटपटकबाट बच्न को लागी चिल्लो राम्रो फिनिशिङ्ग भएको हुनुपर्छ
- खुट्टामा रबर स्टपरहरू भएको (यदि पाङ्ग्राहरू छैनन् भने)
- ब्रेकहरू भएको (यदि पाङ्ग्राहरू छन् भने)
- उचाईँ समायोज्य खुट्टाहरू भएको
- प्रयोगकर्ताको वजन बोक्न सक्ने विशेषता भएको ।
अन्य विशेषताहरू
अन्य उपयोगी विशेषताहरु, विशेष गरी कम हिँड्डुल गर्ने वा अधिक सहायताको आवश्यकता भएका व्यक्तिहरूको लागि:
- निकाल्न मिल्ने बाल्टीन
- कास्टर पाङ्ग्राहरू (गुड्ने / घुम्ने पाङ्ग्राहरू)
- उचाइ समायोज्य आर्मरेस्ट (height adjustable armrests)
- फोल्ड गर्न मिल्ने आर्मरेस्टहरू (हात अड्याउने भाग) भएको
- उचाईँ समायोज्य र सार्न मिल्ने फुटरेस्टहरू
- सिट र आर्मरेस्ट ( हात अड्याउने भाग) मा गद्दा भएको
- गद्दा सहितको पछाडि अडेस लाग्ने भाग
गतिविधि
तपाईंको सेवामा वा तपाईंको स्थानीय क्षेत्रमा उपलब्ध शौच गर्ने कुर्सीहरू नजिकबाट हेर्नुहोस्।
- माथि सूचीबद्ध 'महत्त्वपूर्ण विशेषताहरू' मध्ये प्रत्येक शौच गर्ने कुर्सीमा कति वटा छन्?
- प्रत्येक शौच गर्ने कुर्सीमा कतिवटा 'अन्य विशेषताहरू' छन्?
- के शौच गर्ने कुर्सीहरूमा माथि सूचीबद्ध नगरिएका अन्य सुविधाहरू छन्?