सफलतापूर्वक शौच वा स्नान गर्ने कुर्सी प्रयोग गर्ने

विषय प्रगति:

शौच गर्ने कुर्सी प्रयोग गर्ने कोही-कोहीलाई दिसा वा पिसाव गर्दा नियन्त्रण गर्न गाह्रो हुन सक्छ।

यदि उनीहरू छिटो छिटो शौचालय पुग्न सक्दैनन् भने, उनीहरूको दिसा पिसाब चुहिन सक्छ।

आइदाले आफ्नो दाहिने हातले लौरो प्रयोग गर्दैछिन्, उनको बायाँ हात उनको शरीरतिर मोडिएको छ।

आइदालाई सम्झनुहुन्छ?

रातको समयमा उनको ओछ्यानको छेउमा शौच गर्ने कुर्सी राखिएकोछ ताकि उनी चाँडै त्यहाँ पुग्न सकून्। यसले उनको दिसा पिसाब चुहिनबाट बच्न मद्दत गर्छ ।

तल केही तरिकाहरू छन् जसले एक व्यक्तिलाई उनीहरूको शौच गर्ने कुर्सीमा पुग्न र दुर्घटनाहरू (चुहिन) बाट बच्न मद्दत गर्न सक्छ:

  • शौचालय नजिकै छ र सजिलो पुग्न सकिने सुनिश्चित गर्नुहोस् ।
  • गतिशीलता सम्बन्धी सही सहायक सामाग्रीहरूको साथ गतिशीलतामा सुधार गर्नुहोस् ।
  • समयमै शौचालय पुग्न परिवारका सदस्य र हेरचाह कर्ताहरूको सहयोग लिनुहोस् ।
  • खोल्न र लगाउन सजिलो लुगाहरू छनौट गर्नुहोस् ।
  • यदि कुनै व्यक्ति शौचालय कहाँ छ भनेर अन्यौलमा छ भने, शौचालयको ढोकामा चित्र सहितको साइनबोर्ड राख्नुहोस् ।
  • खानपिन पछि नियमित रूपमा शौचालय प्रयोग गर्ने । वा नियमित अन्तरालमा जान सम्झने समय मिलाउनुहोस् ।
  • मलाशयको सफल चालको लागि, शौचालयमा पर्याप्त आरामदायी समय दिनुहोस् ।
  • आवश्यकताको रूपमा अवशोषक कपडाहरू प्रयोग गर्नुहोस्।

प्रश्न

माथियास, एक वृद्ध व्यक्ति, आफ्नो रोलेटरको साथ बेन्चमा बसिरहेका छन्।

माथियासलाई सम्झनुहुन्छ ?

म्याथियासलाई मधुमेह छ र उनी कमजोर छन्। उनी आफ्नी श्रीमतीसँग बस्छन् । कहिलेकाहीं उनी शौचालय पुग्छन् तर समयमा आफ्नो लुगा फुकाल्न सक्दैनन् र पिसाब चुहिन्छ। उनलाई यो कुराले चित्त दुखेको छ ।

माथियासलाई दुर्घटना (चुहिन) बाट जोगिन कुन कुराले मद्दत गर्न सक्छ?

  • माथियासले तल तान्न सजिलो र छिटो हुने ट्राउजर लगाउन सक्थे ।
  • माथियास चाँडै शौचालय जान सक्थे, उदाहरणका लागि, पिएपछि तुरुन्तै ।
  • माथियासले बाहिर निस्कँदा अवशोसक कपडा लगाउँदा फाइदा हुन सक्छ।

लुसियाना र जोस घरमा छन्। लुसियाना जिग् सः खेल्दैछ। श्रीमान् नजिकै बसेर किताब पढ्दै हुनुहुन्छ । लुसियानालाई शौचालयमा लैजान सम्झाउन उनले आफ्नो घडीमा समय जाँचिरहेका छन्।

लुसियाना र उनको पति जोसलाई भेट्नुहोस्

लुसियाना ७३ वर्षकी छिन् र आफ्ना पति जोससँग घरमा बस्छिन् । लुसियानालाई सम्झन र गतिविधिहरू योजना गर्न गाह्रो छ। उनलाई बाथरोग पनि छ र रोलेटरलिएर हिँड्छिन् । उनी बस्न र उठ्न सजिलो होस् भनेर शौचालयमाथि शौच गर्ने कुर्सी प्रयोग गर्छिन् ।

कहिलेकाहीं लुसियाना शौचालय जान बिर्सन्छन्। जब उनी सम्झन्छिन्, उनी छिटो पुग्न सक्दिनन्। यसले लुसियाना र जोस हैरान छन्।

लुसियानालाई दुर्घटना (चुहिन) बाट जोगिन कुन कुराले मद्दत गर्न सक्छ?

  • लुसियानाको शौचालय कति टाढा छ भन्ने कुराको आधारमा, शौच गर्ने कुर्सी लुसियानाले आफ्नो समय बिताउने नजिकैको निजी स्थानमा सार्नुपर्दछ। त्यसपछि शौच गर्ने कुर्सीमा हटाउन मिल्ने बाल्टीन आवश्यक हुनेछ।
  • उदाहरणका लागि, हरेक दुई घण्टामा जोसले लुसियानालाई शौचालय जान सम्झाउन सक्थे।

मानिसहरूलाई आफ्नो शौचालय वा शावर कुर्सी कसरी प्रयोग गर्ने भनेर सिकाएपछि, उनीहरूलाई यसको हेरचाह कसरी गर्ने भनेर सिकाउनु महत्त्वपूर्ण हुन्छ। अर्को विषयले शौच वा स्नान गर्ने कुर्सी सफा गर्ने र मर्मत सम्भार गर्ने बारेमा जानकारी दिनेछ।

छलफल मञ्च