मुख्य सामग्रीमा जानुहोस्
दृष्टि

दृष्टि सुधार गर्ने वा सहि गर्ने सहायक सामाग्रीहरू

पाठ: 2 को 4
विषय : 1 को 3
0% पूरा

दृष्टि सुधार गर्ने वा सहि गर्ने सहायक सामाग्रीहरूमा निम्न सामाग्रीहरु समावेश छन्:

नजिकको दृश्य चश्मा

नजिकको दृश्य चश्मा, जसले प्रयोगकर्तालाई पाठ वा नजिकका वस्तुहरू ठूला देखाउँछ।

एक जोडी सफा लेन्स कानमा अड्काउन मिल्ने लचिलो बिंडको साथ एक साधारण फ्रेममा जडान गरिएको छ।

मलिकलाई सम्झनु हुन्छ?

मलिकलाई चालिसे / प्रेस्बिओपिया छ र उनी दर्जीको काम गर्छन्। सानो छँदा उनको दृष्टिमा कुनै समस्या थिएन।

केही वर्षअघि, उनले सिलाई गर्दा आफूलाई देख्न गाह्रो भइरहेको याद गरे। नजिकको दृश्यात्मक चश्माले आफ्नो समस्या समाधान गरेको थाहा पाउँदा उनी ढुक्क भए।

प्रिस्क्रिप्शन चस्मा

मायोपिया, दूरदृष्टिदोष र/वा दृष्टिवैषम्यता सच्याउन वा सुधार गर्न व्यक्तिगत रूपमा सिफारिस गरिएका प्रिस्क्रिप्शन चश्माहरू।

सफा लेन्सको एक जोडी लचीला कानमा अड्याउने भाग फोल्ड गरिएको  एक साधारण फ्रेममा जडान गरिएको छ ।

चेतावनी

प्रिस्क्रिप्शन चस्मा प्रदान गर्नु TAP मा समावेश छैन। प्रिस्क्रिप्शन चस्मा बढी तालिम भएका व्यक्तिहरूद्वारा प्रदान गर्नुपर्छ।

म्याग्निफाइङ ग्लास

आईग्लास (माग्निफायर), जसले वस्तुहरू नजिक र ठूलो देखिने बनाउँदछ र जसकारण देख्न सजिलो हुन्छ।

लामो, सीधा ह्यान्डलको साथ गोलाआकारको फ्रेममा एउटा, सफा आईग्लास (माग्निफायर) ।

टेलिस्कोपहरू

टेलिस्कोप, जसले दूरीमा रहेको वस्तुहरू ठूलो र नजिक देखिन्छ, र यसको कारण हेर्न सजिलो हुन्छ।

धातु र प्लास्टिकबाट बनेको एउटा सानो ट्यूब आकारको उपकरण नाडीमा बेर्ने पट्टाको साथ।

यिङ, लेबल पढ्न हातले समात्ने आईग्लास (माग्निफायर) प्रयोग गर्दै

यिङलाई सम्झनु भएको छ?

यिङको दृष्टि न्यून छ । उनी आफ्नो दृष्टि सुधार गर्न विभिन्न सहायक सामाग्रीहरू प्रयोग गर्छिन्।

  • उनी प्रिस्क्रिप्शन चस्मा लगाउँछिन् जसले गर्दा उनको दृष्टि क्षमतामा सुधार आउँछ।
  • उनी नजिकका वस्तुहरू हेर्न र पढ्नको लागि हातले चल्ने म्याग्निफायर प्रयोग गर्छिन्।
  • उनी सडक चिन्ह जस्ता टाढाका चीजहरू हेर्नको लागि ह्यान्डहेल्ड टेलिस्कोप पनि प्रयोग गर्छिन्।