सहायक सामाग्रीहरुले मानिसहरूलाई धेरै प्रकारले सहयोग गर्दछ।उपयुक्त सहायक सामाग्रीले एक व्यक्तिलाई निम्न तरिकाले सहयोग गर्दछन्:
- उनीहरूले चाहेको वा गर्न इच्छा गरेका गतिविधिहरूमा समावेश हुन र भाग लिन
- बढि आत्मनिर्भर र हेरचाहकर्ताको सहयोग को कम आवश्यकता पर्ने
- राम्रो स्वास्थ्य र तन्दुरुस्त हुने
सहायक सामाग्रीहरूले मानिसहरूलाई उनीहरूको दैनिक जीवनमा कसरी सहायता प्रदान गर्न सक्छ भनेर थाहा पाउन तलको भिडियोहरु हेर्नुहोस्।
प्रतिविम्ब
- तपाईंले भिडियोमा मानिसहरूले कुन प्रकारका सहायक सामाग्रीहरु प्रयोग गरेको देख्नुभयो?
- सहायक सामाग्रीहरूले उनीहरूको जीवनमा के कस्तो फरक पार्यो?
सहायक सामाग्रीहरु धेरै प्रकारका छन्। प्रत्येक TAP मोड्युलको माध्यमबाट, तपाईंले विश्व स्वास्थ्य संगठनको प्राथमिकता सहायक सामाग्री सूचीमा समावेश गरिएका केही सहायक सामाग्रीहरूको बारेमा सिक्न सक्नुहुनेछ।
निम्न कार्यहरुमा मद्दत गर्न सक्ने सहायक सामाग्रीहरू यसमा समावेश गरिएकोछ:
- अनुभूति (सोच) - सम्झनको लागि जस्तै चक्की औषधी छुट्याउने भाँडो (पिल अर्गनाईजर) र सेतोपाटीहरू


- संचार - जस्तै संचार बोर्डहरू, पुस्तकहरू, र कार्डहरू

- श्रवण - जस्तै हेयरिङ्ग एड्स (श्रवण यन्त्र) र प्रकाश, ध्वनि र कम्पन प्रयोग हुने अलार्म सँकेतहरू


- गतिशीलता (हिँड्डुल) - जस्तै हिँड्डुलका लागि सहयोगी सामाग्री, पोर्टेबल र्याम्पहरु, र सामात्ने बार




- स्वहेरचाह - जस्तै शौच तथा स्नान गर्ने कुर्सीहरू, अवशोसक (शोस्ने क्षमता भएको) उत्पादनहरु र पिसाब निकाल्ने पाइपहरु




- दृष्टि (हेराई) - जस्तै पढ्ने (नजिक हेर्ने) चश्मा, आईग्लास, अडियो प्लेयर, बोल्ने तथा / वा श्पर्स गर्ने घड़ी, र सेतो छडी




प्रायः एउटै सहायक सामाग्रीको भिन्नता (एक भन्दा बढी प्रकार) हुन्छ.
उदाहरणका लागि:
- हिँड्डुल गर्ने सहायक सामग्रीहरूमा कुहिना सम्म बैसाखी, काखी सम्मको बैसाखी, वाकिंग फ्रेम हरू र लाैरोहरू समावेश छन्।




- आईग्लासहरूमा हातले समात्ने आईग्लासहरु (जस्तै गोजिमा राख्ने आईग्लासरु), स्ट्यान्डयुक्त आईग्लासहरू र चश्मामा अड्याउने आईग्लाहरू समावेश छन्।




छलफल
के तपाईंसँग यस विषय भित्र प्रस्तुत गरिएका कुनै पनि सहायक सामाग्रीहरूले तपाईंलाई वा तपाईंले चिनेका मानिसहरूलाई कसरी मद्दत गरेको छ भन्ने उदाहरणहरू छन्?
अन्य सहायक सामाग्रीहरूको बारेमा के छ?
यदि तपाईं समूहमा हुनुहुन्छ भने एक अर्कासँग उदाहरणहरू साट्नुहोस्।