परिचय
चौथो चरण- पुनः जाँच (फलोअप) गर्नु
चौथो चरण पुनः जाँच (फलोअप) गर्नु हो । यो महत्त्वपूर्ण कदम सहायक सामाग्री अझै पनि व्यक्तिको आवश्यकताहरूसँग मेल खाए नखाएको र राम्रो अवस्थामा छ छैन भनेर जाँच गर्ने एक अवसर हो।
प्रश्न
- पुनः जाँच (फलोअप) को क्रममा सेवा प्रदायकले गर्नुपर्ने केही कार्यहरू के-के हुन्?
- सहायक सामाग्री अझै पनि व्यक्तिहरूको आवश्यकताहरू पूरा गर्दैछ कि छैन जाँच गर्नुहोस् ।
- सहायक सामाग्रीले राम्रो काम गरिरहेको छ कि छैन जाँच गर्नुहोस् ।
- सहायक सामाग्री सम्बन्धी प्रश्नहरूको जवाफ दिनुहोस् ।
- सहायक सामाग्री फिट गर्नको लागि मिलाउनुहोस् ।
- मर्मत वा रेखदेखको गर्नुहोस् वा यसको लागि व्यवस्था गर्नुहोस् ।
- सहायक सामाग्री कसरी प्रयोग गर्ने वा हेरचाह गर्ने भन्ने बारेमा थप प्रशिक्षण दिनुहोस् ।
- यदि आवश्यक भएमा व्यक्तिलाई अन्य सेवाहरूको लागि प्रेषण गर्नुहोस् ।
माथियासलाई सम्झनुहुन्छ ?
उनको सामुदायिक कार्यकर्ता हरेक छ महिनामा उनको रोलेटर र अन्य सहायक सामाग्रीहरु अझै पनि उनको आवश्यकताहरूसँग मेल खान्छ कि खान्दैन भनेर जाँच गर्न उनलाई भेट्न जान्छन् ।
राम्रो तरिकाले काम गरिरहेको छ कि छैन र सुरक्षित छ कि छैन भनेर सुनिश्चित गर्न उनले रोलेटर को जाँच गरे, र माथियास र उनकी पत्नीलाई कुनै प्रश्न वा कठिनाइहरू छन् कि भनेर सोधे।
पछिल्लो भ्रमणको क्रममा, सामुदायिक कार्यकर्ताले रोलेटरको ब्रेक मिलाए । उनले म्याथियासको उपचारात्मक जुत्ता असहज भएकोले पुनरावलोकनका लागि म्याथियासलाई फेरि नर्सकहाँ प्रेषण गरे।
यी चार चरणहरू अनुसरण गर्दा सेवा प्रदायकहरूलाई सुरक्षित र प्रभावकारी रूपमा सहायक उत्पादनहरू प्रदान गर्न मद्दत गर्दछ ताकि तिनीहरूले प्रत्येक व्यक्तिको आवश्यकताहरू पूरा गर्न सक्दछन्।
तपाईंले पाठ ३ पूरा गर्नुभएको छ !
सूचनाको प्रयोग को लागि अनुमति
यस प्रशिक्षणको क्रममा तपाईबाट संकलित जानकारी/विवरणहरु भविष्यमा यस TAP सम्बन्धी प्रतिवेदन र अनुसन्धान गतिविधिहरूको लागि प्रयोग हुने हुँदा यसका लागि तपाई सहमत हुनुहुन्छ भने हामीलाई जानकारी दिनुहोस् ।
तलका प्रत्येक प्रश्नमा छ वा छैन मध्ये एउटा विकल्प छान्नुहोस्। तपाईंले होईन भन्ने विकल्प छान्नु भएता पनि यस प्रशिक्षणमा आफ्नो सहभागीता जारी राख्न सक्नुहुन्छ ।
२. म बुझ्छु कि यस प्रशिक्षणको समयमा संकलित गरिएको मेरो गोप्यता कायम गरेको पहिचानको जानकारी (यो दर्ता फारम, अनलाइन प्रतिक्रिया सर्वेक्षण, प्रश्नोत्तरी परिणाम र छलफल फोरम सहित) रिपोर्टिंग र अनुसन्धानमा सुधार गर्न, र सहायक प्रविधीमा पहुँचको सुधार गर्न प्रयोग गरिनेछ, र यसको लागि मेरो आफ्नो अनुमति छ।
पृष्ठ
को[सम्पादन गर्ने]
पाठ विषयहरू देखाउनुहोस् / लुकाउनुहोस्
पृष्ठ
अघिल्लो पृष्ठ
पछिल्लो पृष्ठ
मेनु देखाउनुहोस् / लुकाउनुहोस्
पूरा भयो
पूरा भएको छैन
प्रगतिमा छ
शुरु भएको छैन
सबै विस्तार गर्नुहोस्
सबै सङ्कुचन गर्नुहोस्
मोड्युल पाठ
खोजी परिणाम पृष्ठांकन
लग इन
प्रयोगकर्ता नाम वा इमेल ठेगाना
पासवर्ड
हराएको पासवर्ड
मुख्य सामग्री एङ्कर
खोजी गर्नुहोस्
खोजी बन्द गर्नुहोस्
पाठ नेभिगेसन
ब्रेडक्रंब
मोड्युल मेनु
विषय नेभिगेसन
सबै हेर्नुहोस्
मेनु
साइट मेनु
प्रयोगकर्ता खाता सम्बन्धित
समूह द्वितीयक नेभिगेसन
नयाँ ट्याब/सञ्झ्यालमा खुल्छ
क्विज लिनु अघि लग इन गर्नुहोस्
पूरा
क्विज प्रयास प्रतिक्रिया
सही
गलत