केही गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरुको सेवा प्रदान गर्दा विशेष प्रशिक्षण र उपकरणहरूको साथ प्रदान गरिनु पर्दछ। यी सामाग्रीहरु TAP मा समावेश गरिएका छैनन् ।
TAP मा समावेश नगरिएका सामान्यतया प्रयोग हुने गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरुको बारेमा जान्नको लागि निम्न खण्डहरूको अध्ययन गर्नुहोस् ।
यी सामाग्रीहरू मध्ये केही सामाग्री कसरी उपलब्ध गराउने भन्ने वारेमा प्रशिक्षण पाठ्यक्रम र श्रोतहरूको बारेमा जानकारीका लागि यस मोड्युलको अन्त्यमा पाउन सक्नुहुनेछ।
ह्वीलचेयर
ह्वीलचेयरले हिँड्डुल गर्न नसक्ने वा हिँड्डुल गर्न धेरै गाह्रो हुने व्यक्तिका लागि गुड्ने गतिशीलता का साथै बस्न सहयोग गर्दछ।
विभिन्न प्रकारका ह्वीलचेयरहरू विभिन्न व्यक्तिहरूको आवश्यकता अनुरूप हुन्छन्।
ह्वीलचेयरहरू सँधै कुशनको साथ प्रदान गरिनु पर्दछ।

ह्वीलचेयरको बारेमा थप जानकारीको लागि र यो कसरी उपलब्ध गराउने भन्ने बारे थप जानकारीको लागि विश्व स्वास्थ्य संगठन को ह्वीलचेयर सेवा तालिम प्याकेज (WHO Wheelchair Service Training Package) हेर्नुहोस्।
कृत्रिम खुट्टा
कृत्रिम खुट्टाले व्यक्तिको गुमेका खुट्टा वा पैतालाको भागलाई प्रतिस्थापन गर्दछ।
कृत्रिम खुट्टा प्रत्येक व्यक्तिकोलागि फिट हुनेगरि सधैं एक दक्ष प्रोस्थेटिस्टद्वारा मात्र बनाउनुपर्दछ।
सबैले कृत्रिम अंग (प्रोस्थेसिस्) प्रयोग गर्न सक्दैनन्। प्रोस्थेटिस्टले प्रत्येक व्यक्तिको जाँच गरि उनीहरू कृत्रिम अंग (प्रोस्थेसिस्) प्रयोग गर्न सक्षम छन् कि छैनन् भनेर मूल्यांकन गर्दछ ।

कृत्रिम अंग (प्रोस्थेसिस्) प्रयोग गर्ने व्यक्तिहरूले अक्सर अन्य गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरू पनि प्रयोग गर्छन्।


आसिफलाई सम्झनुहुन्छ?
आसिफको दाहिने घुँडा मुनिको खुट्टा काटिएको छ । उनी हिँड्न घुँडामुनिको प्रोस्थेसिस् र अतिरिक्त सन्तुलनका लागि दुई वटा लौरो प्रयोग गर्छन्।
जब आसिफले आफ्नो प्रोस्थेसिस् प्रयोग गर्दैनन्, तब उनी कुहिना सम्मको बैसाखीको प्रयोग गरेर यताउता हिँड्छन् ।
खुट्टाको अर्थोसिस्
खुट्टाको अर्थोसिस् एक ब्रेस वा स्प्लिन्ट हो जसले व्यक्तिको पैताला वा खुट्टालाई आड दिन्छ। यसले दुखाई कम गर्न, हिँड्डुल गर्न वा अवाञ्छित चाल रोक्न मद्दत गर्नसक्छ।
विभिन्न प्रकारका खुट्टाको अर्थोसिस् हरु विभिन्न व्यक्तिहरूको आवश्यकता अनुरूप हुन्छन्। अर्थोसिस् एक पुनर्स्थापना वा प्रोस्थेटिक र अर्थोटिक सेवा मार्फत प्रदान गरिन्छ।


पछाडि राख्ने वाकिंग फ्रेम (पोस्टेरियर वाकिंग फ्रेम)
सेरेब्रल पाल्सी भएका बालबालिकालाई हिँड्नका लागि पोस्टेरियर वाकिङ फ्रेमले सहारा दिन्छ । यो प्रायः अन्य सहायक सामाग्रीहरू जस्तै एङ्कल फुट अर्थोसिस् को साथ प्रयोग गरिन्छ।

अलिशालाई सम्झनुहुन्छ?
अलिशालाई सेरेब्रल पाल्सी छ र उनलाई आफ्नो चाल समन्वय गर्न र नियन्त्रण गर्न गाह्रो छ। उनी हिँड्नलाई सहयोग होस् भनेर पोस्टेरियर वाकर र एङ्कल फुट अर्थोसिस् प्रयोग गर्छिन्।
स्ट्याण्डिङ्ग फ्रेमहरू र पल्टिनको लागि सहयोगी सामाग्री
स्ट्याण्डिङ्ग फ्रेम र पल्टिनको लागि सहयोगी सामाग्रीले कसैको सहारा विना सुरक्षित रूपमा पल्टिन र उभिन नसक्ने बच्चा र वयस्कहरूमा स्वास्थ्य जटिलताहरू रोक्न मद्दत गर्दछ ।


सामान्यतया एक व्यक्तिको समग्र पुनर्स्थापना सेवाको एक हिस्साको रूपमा स्ट्याण्डिङ्ग फ्रेम र पल्टिनको लागि सहयोगी सामाग्री प्रदान गरिन्छ ।