योजना (प्रेषण सहित)
कार्य योजनाको सारांश
मूल्याङ्कन पछि, व्यक्तिसंग योजना बनाउनुहोस्। सँगै निर्णय गर्नुहोस्:
- उनीहरूलाई शौच गर्ने कुर्सी र / वा स्नान गर्ने कुर्सी चाहिने हो
- वजन सीमा सहित कुन विशेषताहरु महत्त्वपूर्ण छन्
- उनीहरूलाई अन्य सहायक सामाग्री र / वा अन्य सेवाहरूको लागि प्रेषणबाट लाभ हुन्छ कि
योजना पूरा गर्न सहयोग को लागि मूल्याङ्कन फारमको पछाडि चयन तालिका प्रयोग गर्नुहोस्।
यसले व्यक्तिको आवश्यकताको आधारमा स्नान वा शौच गर्ने कुर्सीमा कुन विशेषताहरू बारे विचार गर्नुपर्छ भनेर संकेत गर्दछ।
अब आउनुहोस्, प्रत्येक व्यक्तिको व्यक्तिगत आवश्यकताहरू र उनीहरूका लागि सही योजना के हुन सक्छ भनेर सोच्ने अभ्यास गरौं ।
दाई र लोलाको बारेमा जानकारी पढ्नुहोस् र तलका गतिविधिहरू पूरा गर्नुहोस्।
गतिविधि
दाईसँग भेट्नुहोस्
दाई ६५ वर्षका भएका छन् र हालै सडक दुर्घटनामा परेका थिए । उनको घुँडामुनिको भाग काटिएको थियो र उनको कट्टीमा क्षति पुगेको थियो। उहाँसँग अझै कृत्रिम खुट्टा छैन, र हिँड्डुल गर्न कुम सम्मको बैसाखी (axilla crutches) प्रयोग गर्दछ।
एक मूल्यांकन अन्तरवार्ताको क्रममा, दाईले तपाईंलाई बताए कि उनी घरमा पारिवारले प्रयोग गर्ने बाथरूममा प्रवेश गर्न सक्छन्। यद्यपि, उनीहरूकोमा स्क्वाट शौचालय छ, र उनी स्क्वाट गर्न सक्दैनन्। उनलाई उभिन पनि गाह्रो र पीडादायी लाग्छ।
दाईलाई दबावको कारण घाऊ (प्रेसर वुण्ड) को कुनै लक्षण छैन, र उनलाई दबावको कारण घाऊ (प्रेसर वुण्ड) हुने खतरा पनि छैन।
१. के दाईलाई शौच गर्ने कुर्सीबाट फाइदा हुन्छ ?
हुन्छ, स्क्वाट शौचालय माथि राखिएको शौच गर्ने कुर्सीले दाईलाई शौचालयमा बस्न, उठ्न र सन्तुलन गर्न निकै सजिलो हुनेछ।
२. के दाईलाई स्नान गर्ने कुर्सीबाट फाइदा हुन्छ?
हुन्छ, किनकि दाई सुरक्षित हुनुहुनेछ र नुहाउन बस्दा कम पीडा हुनेछ।
३. दाईका लागि शौच गर्ने र स्नान गर्ने कुर्सीमा कुन विशेषताहरु उपयोगी हुन्छ भनेर जाँच गर्नुहोस् ।
ब्याकरेस्ट र आर्मरेस्ट हरू सही छन्।
दाई भन्छन् कि उनी पारिवारले प्रयोग गर्ने बाथरूममा जान सक्छन्। त्यसैले, उनलाई शौच गर्ने कुर्सीमा हटाउन मिल्ने बाल्टी आवश्यक छैन। उनलाई कुर्सीका लागि पाङ्ग्रा वा फुटरेस्ट पनि आवश्यक पर्दैन।
दाईलाई प्रेसर वुण्डको खतरा छैन, त्यसैले उनलाई गद्देदार सतहको आवश्यकता पर्दैन।
गतिविधि
लोला सँग भेट्नुहोस्
लोला ३० वर्षकी छिन् र उनलाई शौचालय जान समस्या भइरहेको छ । उनले शौचालय जानुपरेको महसुस गर्न सक्दिनन् र अकस्मात् आफ्नो दिसा र पिसाब चुहिने थालेको छ। यो समस्या एक साताअघिदेखि शुरु भएको हो । त्यसअघि उनलाई कुनै समस्या थिएन र उनको स्वास्थ्य राम्रो थियो ।
तपाईंले कस्तो कदम चाल्नुपर्छ?
लोलालाई तुरुन्तै स्वास्थ्यकर्मीकोमा प्रेषण गर्नुहोस्, किनकि उनलाई स्वास्थ्य समस्या हुन सक्छ।
तपाईंले पाठ दुई पूरा गर्नुभयो!
यदि तपाईंसँग कुनै प्रश्न वा टिप्पणीहरू छन् भने, तिनीहरूलाई छलफल मञ्चमा लेख्नुहोस्।