स्नान गर्ने कुर्सी (shower chair)

विषय प्रगति:

स्नान गर्ने कुर्सी र स्टूलले सीमित गतिशीलता, सन्तुलन, शक्ति वा शारीरिक समन्वय भएका व्यक्तिहरूलाई आफै नुहाउने क्रममा बस्न सहयोग गर्छ।

यि मानिसहरू नुहाउने ठाउँमा नै प्रयोग गर्न सकिन्छ , जस्तै स्नान क्षेत्र।

आर्मरेस्ट (हात अड्याउने भाग), ब्याकरेस्ट (पछाडि अडेस लिने भाग), र धातुको प्रत्येक खुट्टाको तल रबर स्टपरको भएको एक कुर्सी।

स्‍नान गर्ने कुर्सी (Shower chair)

आर्मरेस्ट, धातुको खुट्टा र प्रत्येक खुट्टाको तल रबर स्टपर्स भएको एक वाटरप्रूफ स्टूल।

स्नान गर्ने स्टूल (shower stool)

प्रश्न

स्नान गर्ने कुर्सी र स्टूलको माथिको चित्रहरू हेर्नुहोस्। तिनीहरूबीच मुख्य भिन्नता के हो?

मुख्य भिन्नता भनेको स्नान कुर्सीमा ब्याकरेस्ट (पछाडि अडेस लिने भाग) छ भने स्नान स्टूलमा छैन।

पछाडि अडेस लाग्ने भाग भएको स्नान गर्ने कुर्सी सामान्यतया कम संतुलन वा समन्वय भएका व्यक्ति को लागि राम्रो हुन्छ। सजिलै थकित हुने व्यक्तिका लागि पनि यो उपयोगी हुन्छ ।

स्‍नान गर्ने कुर्सी र स्टूलहरू धेरै प्रकारका  छन्।

स्‍नान गर्ने कुर्सीहरू चयन गर्दा जहिले पनि यी महत्त्वपूर्ण विशेषताहरुको खोजी गर्नुहोस्:

महत्वपूर्ण विशेषताहरू

सबै स्‍नान गर्ने कुर्सीहरू र स्टूलहरू:

  • बलियो र टिकाउ हुनुपर्छ
  • खिया नलाग्ने र पानी प्रतिरोधी (वाटर प्रूफ) हुनुपर्छ
  • चोटपटकबाट बच्न को लागी चिल्लो राम्रो फिनिशिङ्ग भएको हुनुपर्छ
  • खुट्टामा रबर स्टपरहरू भएको (यदि पाङ्ग्राहरू छैनन् भने)
  • ब्रेकहरू भएको (यदि पाङ्ग्राहरू छन् भने)
  • उचाईँ समायोज्य खुट्टाहरू भएको
  • प्रयोगकर्ताको वजन बोक्न सक्ने विशेषता भएको ।

आर्मरेस्ट (हात अड्याउने भाग), ब्याकरेस्ट (पछाडि अडेस लिने भाग), र धातुको प्रत्येक खुट्टाको तल रबर स्टपरको भएको एक कुर्सी।

अन्य विशेषताहरू

विशेष गरी अधिक मात्रामा आडको आवश्यकता वा कम गितशिलता भएका व्यक्तिहरूको लागि अन्य सुविधाहरू उपयोगी हुन सक्छ :

  • ब्याकरेस्ट (पछाडि अडेस लगाउने भाग)
  • ब्रेक भएको कास्टर पाङ्ग्रा (castor wheel with brakes)
  • फोल्ड गर्न मिल्ने र सार्न मिल्ने हात अड्याउन भाग (flip up or swing away armrest) भएको
  • उचाईं समायोज्य र फोल्ड गर्न वा सार्न मिल्ने फुटरेस्टहरू भएको (flip up or swing away footrests)
  • सिट, आर्मरेस्ट र ब्याकरेस्टमा गद्दा भएको।

ब्रेक भएको क्यास्टर पाङ्ग्रा सहितको स्नान गर्ने कुर्सी, सार्न मिल्ने आर्मरेस्ट, उंचाई समायोज्य र सार्न मिल्ने फुटरेस्ट, गद्देदार सीट, आर्मरेस्ट र ब्याकरेस्ट पनि भएको ।

गतिविधि

तपाईंको सेवामा वा तपाईंको स्थानीय क्षेत्रमा उपलब्ध स्नान गर्ने कुर्सीहरू र / वा स्टूलहरू नजिकबाट हेर्नुहोस्।

  • प्रत्येक स्नान गर्ने कुर्सी वा स्टूलमा कति 'महत्त्वपूर्ण विशेषताहरू' छन्?
  • प्रत्येक स्नान गर्ने कुर्सीमा कति 'अन्य सुविधाहरू' छन्?
  • के स्नान गर्ने कुर्सीहरूमा माथि सूचीबद्ध नगरिएका अन्य सुविधाहरू छन्?

संयुक्त स्नान गर्ने र शौच गर्ने कुर्सीहरू (combines shower and toilet chairs)

केही शौच गर्ने कुर्सीहरू स्नान गर्ने कुर्सीको रूपमा पनि प्रयोग गर्न सकिने गरि डिजाइन गरिएको हुन्छ।

शौच गर्ने कुर्सी र स्नान गर्ने कुर्सी दुवै चाहिने व्यक्तिको लागि यो उपयोगी हुनसक्छ, किनकि उनीहरूलाई केवल एक सामाग्री चाहिएको हुन्छ ।

ब्रेक भएको क्यास्टर पाङ्ग्रा सहितको स्नान गर्ने कुर्सी, सार्न मिल्ने आर्मरेस्ट, उंचाई समायोज्य र सार्न मिल्ने फुटरेस्ट, गद्देदार सीट, आर्मरेस्ट र ब्याकरेस्ट पनि भएको ।

विशेष स्‍नान र शौच गर्ने कुर्सीहरू (Specialist shower and toilet chairs)

केही स्‍नान र शौच गर्ने कुर्सीहरू पोस्चर (posture) लाईअतिरिक्त
आड दिने हुन्छ। यी सीधा बस्‍न धेरै गाह्रो हुने बच्चा वा वयस्कहरूको लागि आवश्यक पर्दछ।

पछाडि अडेस लगाने भाग (backrest) , घाँटि अड्याउने भाग (neck rest), र छेउमा आड भएको एक कुर्सी। सीटमा एउटा प्वाल काटिएको छ र यसमा क्यास्टर पाङ्ग्रा (castor wheel) र  पैताला राख्ने भाग (foot rests) हरू छन्।

यो मोड्युलले विशेष स्‍नान र शौच कुर्सीहरू कसरी प्रदान गर्ने भन्ने बारेमा मार्गदर्शन प्रदान गर्दैन।

छलफल मञ्च