शौच र स्नान गर्ने कुर्सी (toilet and shower chair) कसले प्रयोग गर्छन् ?
बालबालिका, युवा र वृद्धवृद्धाले विभिन्न कारणले विभिन्न प्रकारका शौच र स्नान गर्ने कुर्सी प्रयोग गर्छन् ।
यी प्राय:
- वातावरणीय अवरोधहरू र
- शारीरिक क्षमता को कारण प्रयोग गर्नुपर्ने हुन्छ ।
प्रश्न
१. शौचालय जान वा आफै नुहाउन गाह्रो हुने केही कारणहरू तल दिईएको छ ।
कुन वातावरणीय अवरोधहरू हुन् चयन गर्नुहोस्।
वातावरणीय अवरोधहरू :
- शौचालय वा नुहाउने क्षेत्र जाने बाटो साँघुरो, अव्यवस्थित, खाल्डाखुल्डी वा ठाडो हुनु ।
- शौचालय वा नुहाउने क्षेत्रको दूरी धेरै टाढा हुनु
- शौचालय वा नुहाउने क्षेत्रमा खुड्किलाहरु हुनु
२. तल शौचालय जान वा आफै नुहाउन गाह्रो हुने अन्य कारणहरू छन्।
व्यक्तिको शारीरिक क्षमताका कारण कुन कुन हुन् छनौट गर्नुहोस्।
शारीरिक क्षमताका कारणहरू यस प्रकार छन्:
- एक व्यक्तिलाई बस्न वा स्क्वाट (squat) गर्न गाह्रो लाग्नु
- एक व्यक्ति उभिन नसक्नु, वा सुरक्षित रूपमा उभिन गाह्रो हुनु
- कुनै व्यक्ति लडेको एक वर्षमा एकभन्दा बढी पटक लडेको छ वा लडिन्छ भनेर डराउनु ।
यी सामाग्रीहरू प्रयोग गर्ने व्यक्तिहरूको केही उदाहरणहरू र किन प्रयोग गर्छन् भनेर जान्नको लागि पढ्नुहोस् ।
पिटरलाई भेट्नुहोस्
पिटरको मेरुदण्डमा चोट लागेको छ र उनी आफ्नो खुट्टा चलाउन सक्दैनन्। हिँड्डुल गर्न उनी ह्वीलचेयरको प्रयोग गर्छन् ।
पिटरले स्नान गर्ने कुर्सी प्रयोग गर्छन् किनभने उनि आफै नुहाउन उभिन सक्दैनन्। उनको बाथरुम पहुँचयोग्य छ। उनिआफै त्यहाँ पुग्न सक्छन् र आफ्नो ह्वीलचेयरबाट आफ्नो स्नान गर्ने कुर्सीमा स्थानान्तरण गर्न सक्छन्।
आइदालाई भेट्नुहोस्
आइडालाई मस्तिष्काघात भएको थियो जसका कारण उनको बायाँ पट्टि कमजोरी भएको थियो। हिँड्डुल गर्न उनी लौरोको प्रयोग गर्छिन्।
उनको सीमित गतिशीलताको अर्थ उनी आवश्यक परेको बेला शौचालय सम्म पुग्न को लागी पर्याप्त छिटो जान सक्दैनन्। उनलाई शौचालयबाट उठ्न र बस्न पनि गाह्रो हुन्छ ।
आइडाले हात अड्याउने भाग भएको शौच गर्ने कुर्सी भेट्टाएकिछिन् जसले उनलाई सहयोग पुगेको छ । उनी बस्न र उठ्न सहायताको लागि हात अड्याउने भागको प्रयोग गर्छिन्।
शौच गर्ने कुर्सी दिनको समयमा शौचालय माथि राखिन्छ र उनकी छोरीले उनलाई त्यहाँ पुग्न मद्दत गर्छिन्।
रातको समयमा शौच गर्ने कुर्सी उनको ओछ्यानको छेउमा हुन्छ । यसले गर्दा उनलाई आफै शौचालय जान सजिलो हुन्छ ।
आइडाले स्नान गर्ने कुर्सी पनि प्रयोग गर्छिन् ।
अर्को पाठमा तपाईंले व्यक्तिको आवश्यकताको आधारमा उपयुक्त शौच वा स्नान गर्ने कुर्सी कसरी छनौट गर्ने भनेर सिक्नुहुनेछ।
तपाईंले पाठ एक पूरा गर्नुभयो!
यदि तपाईंसँग कुनै प्रश्न वा टिप्पणीहरू छन् भने, तिनीहरूलाई छलफल मञ्चमा लेख्नुहोस्।