मुख्य सामग्रीमा जानुहोस्
गतिशीलता

परिचय

पाठ: 1 को 4
विषय : 1 को 3
0% पूरा

बजार नजिकै एउटा बस पार्किङ गरिएको छ । एक जना पुरुषले दुई जना महिलाका लागि ढोका खोलिदिन्छन् । एक जना महिलाले लाैरो प्रयोग गरिरहेकी छिन् ।

गतिशीलता भनेको स्वतन्त्ररुपमा सजिलै हिँड्डुल गर्ने क्षमता हो।

गतिशिलतामा सुतिरहेको वा बसिरहेको स्थानबाट उठ्बस गर्नु, एक ठाउँबाट अर्को ठाउँमा जानु, हिँड्नु, दौडनु र चढ्नु  जस्ता कृयाकलापहरु पर्दछ।

गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरू सबै उमेरका गतिशीलतामा समस्या भएका मानिसहरूद्वारा प्रयोग गर्छन् ।

यसले:

  • व्यक्तिलाई बस्न, स्थानान्तरण गर्न, उभिन, हिंड्न र दौडनमा मद्दत प्रदान गर्दछ ।
  • हिँड्डुल गर्न नसक्ने मानिसहरूलाई फरक तरिकाले हिँड्न सहयोग प्रदान गर्दछ ।

केही रूखहरू भएको बाटोबाट ह्वीलचेयरमा बसेकी एउटी आइमाई आफै ह्वीलचेयर अघि बढाउँदैछिन् र एक जना पुरुष उनी सँगै छेउमा हिँड्दैछन् ।

  • मानिसलाई स्वास्थ्य समस्याहरू व्यवस्थापन गर्न वा रोकथाम गर्न मद्दत गर्दछ जस्तै: दबावको कारण हुने घाउ (pressure wounds), पैतालाको घाउ, लडेर हुने चोटपटक, कडा भएका जोर्नीहरू, दुखाइ, सास फेर्ने र पाचन सम्बन्धी कठिनाइहरू।

यो छोटो भिडियो हेर्नुहोस्, जसमा सोलोमन टापुका मार्टिनले कसरी राम्रो फिटिंग भएको व्हीलचेयर र सहि कुशनले उनको दबावको कारण भएका घाऊहरू निको गर्न मद्दत गर्यो भनेर वर्णन गरेका छन्।

प्रतिविम्ब

के तपाईंले एक वा बढी गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरू प्रयोग गर्ने कसैलाई चिन्नुहुन्छ?

यदि चिन्नुहुन्छ भने, उनीहरूले कुन सहायक सामाग्री प्रयोग गर्छन्? यसले उनीहरूलाई कसरी मद्दत पुर्‍याएको छ ? यसले कुनै व्यक्तिलाई निम्न कुराहरुमा मद्दत गर्छ कि गर्दैन, भन्ने बारे सोच्नुहोस्:

  • उठबस गर्न, स्थानान्तरण गर्न, उभिन, हिँड्न र / वा लड्नुबाट बच्न
  • फरक तरिकाले हिँड्डुल गर्न
  • स्वास्थ्य समस्याहरूको व्यवस्थापन वा रोकथाम गर्न

पहुँचयुक्त वातावरण सिर्जना गर्नाले मानिसहरूलाई सकेसम्म गतिशील हुन मद्दत पुग्दछ।

गतिशीलता सम्बन्धी सहायक सामाग्री प्रयोग गर्ने व्यक्तिहरूको लागि वातावरणलाई शारीरिक रूपमा अधिक पहुँचयोग्य बनाउने केही महत्त्वपूर्ण तरिकाहरू :

  • जहाँ आवश्यक छ त्यहाँ र्‍याम्पहरू र समात्ने बारहरू राख्नुहोस् 
  • ढोकाहरू पर्‍याप्त चौडा बनाउनुहोस्
  • बाटोहरू र अन्य बाहिरी क्षेत्रहरूलाई सम्याउनुहोस्
  • बाधाहरू हटाउनुहोस्
  • मानिसहरूलाई उनीहरुको गतिशीलता सम्बन्धी सहायक सामाग्रीको साथ हिंड्नको निम्ति ठाउँ बनाउनुहोस् ।

क्याली एउटा कुर्सीमा बसेकिछिन्, चारैतिर कुर्सीमा बसेका अन्य मानिसहरूको भीडले उनलाई घेरिएको छ। उनको वाकिंग फ्रेम उनकै छेउमा राखिएको छ।

क्यालीलाई भेट्नुहोस्

क्याली आफ्नो सामुदायिक भवनमा भएको सभामा उपस्थित भए। उनी आफ्नो ह्वीलचेयरमा आइन् र भवन भित्रको लागि आफ्नो वाकिंग फ्रेमको प्रयोग गरिन्।

हलको अगाडिको ढोकामा राखिएको र्‍याम्पले क्यालीलाई ह्वीलचेयर प्रयोग गरेर भित्र पस्न सजिलो बनायो।

हलभित्र आफ्नो वाकिंग फ्रेममा हिँड्डुल गर्न उनको लागि पर्‍याप्त ठाउँ थियो।

बाथरुम पहुँचयोग्य थियो, चौडा ढोकाहरू र क्यालीको लागि भित्र उनको वाकिंग फ्रेमको साथ घुम्न को लागी ठाउँ थियो। त्यहाँ एउटा समात्ने बार पनि थियो जसले क्यालीलाई शौचालयमा भित्र बाहिर गर्न सजिलो बनाईदियो।

क्याली उक्त सभामा रमाए। उनले हार्दिकता महसुस गरिन् र समुदायका अन्य सदस्यहरूसँग सभामा योगदान गर्न सक्षम भइन्।

तपाईं यस मोड्युलको अन्त्यमा रहेको 'श्रोतहरु' भन्ने खण्डमा पहुँचयोग्य वातावरणको बारेमा थप जानकारीका लिङ्कहरू पाउन सक्नुहुन्छ ।