सहायक सामाग्रीहरू प्रदान गर्न आवश्यक समय
सहायक सामाग्री प्रदान गर्न आवश्यक समय र सहयोग विभिन्न कारणहरुमा निर्भर गर्दछ। यी निम्न उल्लिखित रहेकाछन्।
सहायक सामाग्री कति जटिल छ
धेरै जटिल सहायक सामाग्रीहरुको प्रत्येक सेवा प्रावधानका चरणहरू पूरा गर्न प्राय: धेरै समय चाहिन्छ।
जूलाई सम्झनुहुन्छ?
जु सिधा बसेर हिँड्डुल गर्न सक्षम हुन ह्वीलचेयरको प्रयोग गर्छिन् । सुरक्षित र आरामदायी रुपमा बस्न , ह्वीलचेयरमा विशेष प्रकारको आड दिएको छ। यो आड सहि तरिकाले मिलाएर राख्न एक विस्तृत परिक्षण र तीनपटक फिटिंग गरिएको थियो । जू हुर्किरहेकी हुनाले, उनलाई आफ्नो बदलिँदो आवश्यकताहरू पूरा गर्न ह्वीलचेयरको आड समायोजन गर्न बारम्बार पुनः जाँच (फलोअप) गरि जाँच गरिराख्नुपर्ने हुन्छ ।
जूले आफ्ना साथीहरू र परिवारसँग कुराकानी गर्न र विध्यालयमा पढ्न संचार (कम्युनिकेशन) बोर्ड पनि प्रयोग गर्छिन्। उनको सेवा प्रदायकले जू र उनको परिवारलाई दुई सत्र सँगै बसेर सँचार (कम्युनिकेशन) बोर्ड कसरी प्रयोग गर्ने भनेर सिकाएका थिए। उनले विध्यालयमा गएर जू को शिक्षक र सहपाठीहरूलाई पनि जुसँग सञ्चार बोर्ड कसरी प्रयोग गर्न सकिन्छ भनेर देखाए । तिनी हुर्कंदै जाँदा, तिनको सञ्चारको आवश्यकताहरू पनि बढ्दै जाँदा, सञ्चार बोर्डले अझै पनि तिनका आवश्यकताहरू पूरा गरेको सुनिश्चित गर्न बोर्डको समायोजन गर्नुपर्दछ।
व्यक्तिको आवश्यकता र स्वास्थ्य
कोही-कोही मानिसहरूको आवश्यकताहरु द्रुत गतिमा परिवर्तन हुने हुन्छ जसको निम्ति पुनः जाँच (फलोअप) को आवश्यकता र सहायक सामाग्रीहरुको परिमार्जन अरूको तुलनामा धेरै र बारम्बार गर्नुपर्ने हुन्छ।
उदाहरणका लागि, बच्चा हुर्कंदै जाँदा उनको सामाग्रीको साइज नियमित रूपमा मिलाई राख्नुपर्ने हुन सक्छ। साथै, कुनै पनि स्वास्थ्य अवस्था परिवर्तनशिल भएको व्यक्तिलाई उनीहरूको आवश्यकता अनुरूपका समय समयमा विभिन्न सामाग्रीहरुको आवश्यकता हुन्छ।
मेरेलाई सम्झनु हुन्छ ?
मेरे प्राथमिक विद्यालयमा छँदा उनले पहिलो श्रवण यन्त्र प्राप्त गरेकी थिइन्। उनको कान बढ्दै जाँदा उनलाई हरेक वर्ष धेरै पटक कानको नयाँ मोल्ड चाहिएकोछ।
व्यक्ति बस्ने र काम गर्ने वातावरण
यदि त्यो व्यक्ति चुनौतीपूर्ण वातावरणमा बस्छ वा काम गर्छ भने, तिनीहरूले यसबाट कसरी पार लाग्ने भन्ने बारे थप प्रशिक्षणबाट लाभ उठाउन सक्छन्।
तिनीहरूले सहायक सामाग्रीको सदुपयोग गर्न आफ्नो वातावरण परिवर्तन गरेर पनि लाभ उठाउन सक्छन् ।
आसिफलाई भेट्नुहोस्।
आसिफको घुँडा भन्दा मुनि खुट्टा काटिएको छ, र वरिपरि हिँड्न कुहिना सम्मको बैसाखी प्रयोग गर्छन्। आसिफ एक पहाडमा बस्छन् जहाँ जमीन धेरै असमान छ, र उनको घरमा सिँढीहरू छन्।
जब आसिफले पहिलो पटक कुहिना सम्मको बैसाखी प्रयोग गर्न थाले, उनको सेवा प्रदायक धेरै पटक उनको घरमा आए र उनलाई असमान जमीनमा बैसाखी प्रयोग गर्न र सिँढीहरू माथि र तल गर्न अभ्यास गर्न मद्दत गरे।
आफ्नो घरको वातावरण चुनौतीपूर्ण भए तापनि आसिफले अब आफ्नो कुहिना सम्मको बैसाखी आत्मविश्वासका साथ स्वतन्त्र रूपमा प्रयोग गर्छन्।
व्यक्तिको अनुभव
कोही-कोही ले सहायक सामाग्री लामो समयदेखि प्रयोग गर्दै आएका हुन्छन् तिनीहरू आफ्नो आवश्यकता र प्रयोग कसरी गर्ने भन्ने वारे परिचित हुन्छन्। तथापि, तिनीहरूलाई अझै पनि सेवा प्रदायकबाट केही सहयोगको को आवश्यकता हुन सक्छ, उदाहरणका लागि सही उत्पादन चयन गर्न, सामाग्री ठिकसँग फिट भएको छ र राम्रोसँग हेरचाह गर्छन् भन्ने जाँच गर्न।
पिटरलाई भेट्नुहोस्।
पिटरको मेरुदण्डको पक्षघात छ र उनले ह्वीलचेयर, पिसाब निकाल्ने पाईप (क्याथेटर) र केही अन्य सहायक सामाग्रीहरू धेरै वर्षदेखि प्रयोग गर्दै आइरहेकाछन्।
उनि आफ्नो पिसाब निकाल्ने पाईप (क्याथेटर)को व्यवस्थापन गर्न धेरै अनुभवी र आत्मविश्वासी छन्। तथापि, पिटरले अझै पनि आफ्नो मूत्रथैलीको स्वास्थ्य जाँच गर्न र पिसाब निकाल्ने पाईप (क्याथेटर)ले राम्रोसँग काम गरिरहेको छ कि छैन भनेर सुनिश्चित गर्न आफ्नो स्थानीय स्वास्थ्य क्लिनिकमापुनः जाँच (फलोअप) गरिरहेका छन्।
पिटरले आफ्नो ह्वीलचेयरको लागि पुनः जाँच (फलोअप) पनि गरिरहेका छन्। उनको सेवा प्रदायकले अझै पनि उनको आवश्यकता पूरा भईरहेको छ कि छैन भनी जाँच्छन् र आवश्यक पर्ने कुनै पनि मर्मतमा पिटरको मद्दत गर्छन् ।