मुख्य सामग्रीमा जानुहोस्
गतिशीलता

गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरुको लागि सरल स्क्रिनिङ्ग प्रश्नहरू

पाठ: 3 को 4
विषय : 3 को 5
0% पूरा

व्यक्तिले गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरू बाट लाभ उठाउन सक्छ कि सक्दैन भनेर निर्णय गर्न स्क्रिनिङ्ग फारमको यो भाग प्रयोग गर्नुहोस्।

फारमको गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरूको सरल स्क्रिनिङ्ग प्रश्नहरू सम्बन्धी खण्ड ।

हिंडडुलको लागी प्रयोग गर्ने सहयोगी सामाग्री र ह्वीलचेयर

व्यक्तिलाई सोध्नुहोस्:

के तपाईं उभिएर हिँड्न सक्नुहुन्छ?

हिँड्डुल गर्न सक्ने तर सुरक्षित तरिकाले हिँड्न सहयोग चाहिने, छोटो दूरीमात्र हिँड्न सक्ने, एउटा खुट्टाले हिँड्न सक्ने वा हिँड्डुल गर्न अन्य कठिनाइ भएका व्यक्तिहरूले हिंड्डुलको लागी प्रयोग गर्ने सहयोगी सामाग्रीबाट लाभ उठाउन सक्छन्।

हिंडडुलको लागी प्रयोग गर्ने सहयोगी सामाग्री मूल्यांकनले कुन प्रकारको सहयोगी सामाग्री सबैभन्दा उपयुक्त हुनेछ भनेर पहिचान गर्नेछ।

कोही-कोही मानिसहरूले हिंडडुलको लागी प्रयोग गर्ने सहयोगी सामाग्री र ह्वीलचेयरबाट लाभ उठाउन सक्छन्।

क्याली पछाडि वाकिंग फ्रेम झुण्डाइएको आफ्नो ह्वीलचेयरमा बसेको छ ।

क्याली लाई सम्झनुहुन्छ?

क्यालीलाई बाथरोग छ र उनी कमजोर छिन्।घरभित्र जमिन समतल भएको ठाउँमा हिँड्न उनी वाकिंग फ्रेमको प्रयोग गर्छिन्।

बाहिर वा लामो दूरी हिँड्डुल गर्न, क्यालीले ह्वीलचेयर प्रयोग गर्छिन्।

ह्वीलचेयर को आवश्यकता हुन सक्ने व्यक्तिहरूलाई ह्वीलचेयर सेवाको लागि प्रेषण गर्नुहोस्।

गतिविधि

TAP गतिशीलता सहायक सामाग्री स्क्रिनिङ्ग फारमको एक प्रतिलिपि तपाईंकोअगाडि राख्नुहोस्।

तलको केस स्टडीको लागि स्क्रिनिङ्ग फारमको खण्ड ४ मा हिंडडुलको लागी प्रयोग गर्ने सहयोगी सामाग्री र / वा व्हीलचेयर को भाग पूरा गर्नुहोस् र निर्णय गर्नुहोस् कि तपाईंले के गर्नुहुन्छ।

ज्याकलिन एक वृद्ध महिला हुन् जो कमजोर छिन्। उनलाई हिँड्डुल गर्न गाह्रो छ र उनी सहायता चाहन्छिन्।

ज्याकलिन छोटो दूरीमात्र हिँड्न सक्छिन् किनकि उनी चाँडै थाक्छिन्। उनले आफ्नो दुवै खुट्टामा भार लिनसक्छिन्। उनको खुट्टा र पेतालामा कुनै चोट पटक लागेको छैन ।

ज्याकलिनका लागि स्क्रिनिङ्ग फारामको सान्दर्भिक खण्डहरू पूरा गर्नुहोस्।

तपाईं कस्तो कदम चाल्नुहुन्छ?

TAP गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरू स्क्रिनिङ्ग फारमको हिंडडुलको लागी प्रयोग गर्ने सहयोगी सामाग्री र / वा व्हीलचेयर भाग को खण्ड ४ ले ज्याकलाइन केवल सहायताको साथ र केवल छोटो दूरीहिंड्न सक्छिन् भनेर देखाउँछ ।

  • ज्याकलिनलाई हिंडडुलको लागी प्रयोग गर्ने सहयोगी सामाग्रीबाट फाइदा हुन सक्छ। अर्को चरणमा हिंडडुलको लागी प्रयोग गर्ने सहयोगी सामाग्रीकोलागि मूल्याङ्कन गर्नु हो।
  • ह्वीलचेयरबाट पनि ज्याकलिनलाई फाइदा हुन सक्छ । अर्को चरण उनीसँग यो विकल्पको बारेमा छलफल गर्नु हो। यदि उनलाई ह्वीलचेयर आफ्नो लागि उपयोगी हुन्छ भन्ने लाग्छ भने ह्वीलचेयर सेवामा को लागि प्रेषण गर्नुहोस्।

पोर्टेबल र्‍याम्पहरू

व्यक्तिलाई सोध्नुहोस्:

के तपाईं नियमित रूपमा केहि खुड्किला तल माथि र / वा गाडिबाट भित्र र बाहिर गर्न आवश्यक छ?

ह्वीलचेयर रोलेटर वा वाकि‌ंग फ्रेम प्रयोग गर्ने व्यक्तिहरूले र्‍याम्पहरू प्रयोग गर्न सक्दछन् । यदि उनीहरूले केवल केही खुड्किलाहरू तल माथि गर्न र / वा गाडीभित्र र बाहिर जानु छ भने पोर्टेबल र्‍याम्प उपयोगी हुन सक्छ ।

पोर्टेबल र्‍याम्प मुल्यांकनले उनीहरूलाई पोर्टेबल र्‍याम्प उपयुक्त हुन्छ कि हुन्दैन पहिचान गर्नेछ ।

म्याथियास, एक मानिस, आफ्नो पोर्टेबल र्याम्प माथि रोलेटर धकेल्दै भवनसम्मको पहुँचमा पुग्दैछ।

समात्ने बार (ग्राब बार)

व्यक्तिलाई सोध्नुहोस्:

के तपाईंलाई आफ्नो घरवरिपरि सन्तुलन मिलाउन, बस्न, उठ्न वा हिँड्डुल गर्न गाह्रो हुन्छ?

मानिसहरूको घरमा समात्ने बारहरूले सन्तुलन गुमाएको कारण हिँड्डुल गर्न गाह्रो भएका मानिसहरूलाई सहायता मिल्दछ।

समात्ने बारहरूले लड्ने जोखिम पनि कम गर्न सक्छ।

समात्ने बार मूल्यांकनले उनीहरूलाई बारले सहयता हुनेछ कि छैन भनेर पहिचान गर्दछ।

एउटी महिला आफ्नो देब्रे हातमा लौरो लिएर सिँढी चढ्दैछिन्। उनले आफ्नो दाहिने हातले भित्तामा रेहेको सामात्ने बार समातेर आफूलाई सम्हालेकिछिन्।

स्थानान्तरण बोर्डहरु

व्यक्तिलाई सोध्नुहोस्:

के तपाईंलाई आफ्नो शरीरलाई एक ठाउँबाट अर्को ठाउँमा सार्न गाह्रो हुन्छ?

स्थानान्तरण बोर्डहरूले केही व्यक्तिहरूलाई एक स्थानबाट अर्को स्थानमा सजिलै स्थानान्तरण गर्न मद्दत गर्न सक्छ। उदाहरणका लागि ओछ्यान, शौचालय, सोफा वा गाडीमा चढ्न वा ओर्लन।

विशेष गरी हिंडडुलको लागी प्रयोग गर्ने सहयोगी सामाग्री वा ह्वीलचेयर प्रयोग गर्ने व्यक्तिहरूले लाभ उठाउन सक्छन्।

स्थानान्तरण बोर्ड मूल्यांकनले स्थानान्तरण बोर्डले उनीहरूलाई सहयोग गर्दछ कि गर्दैन भनेर पहिचान गर्न सक्छ।

एउटी महिला आफ्नो ह्वीलचेयरबाट कारको सिटमा सर्न बीचमा ट्रान्सफर बोर्ड प्रयोग गर्दैछिन् ।

कृत्रिम पैताला वा खुट्टा

व्यक्तिलाई सोध्नुहोस्:

के तपाईं कृत्रिम अङ्ग (प्रोस्थेसिस्) प्रयोग गर्नुहुन्छ?

कृत्रिम खुट्टा वा खुट्टा प्रयोग गर्ने व्यक्तिले नियमित फलोअप गर्नु महत्त्वपूर्ण छ।

प्रोस्थेटिक सामाग्रीहरु बिग्रन सक्छन् र विच्छेदन गरिएको भाग (स्टम्प) र उनीहरूको आवश्यकताहरू परिवर्तन हुन्छन्।

व्यक्तिसँग छलफल गर्नुहोस्:

  • के उनीहरूको कृत्रिम अंग अझै पनि राम्ररि मिलेको र आरामदायक छ?
  • के उनीहरूको विच्छेदन गरिएको भाग (स्टम्प) मा कतै रातो दाग वा घाउ वा दुखेको छ?
  • के प्रोस्थेसिस् अझै पनि राम्रो काम गर्ने अवस्थामा छ?

यदि तपाईं वा व्यक्तिलाई कुनै चिन्ता छ भने, उनीहरूलाई कृत्रिम अङ्ग सेवाको लागि फिर्ता पठाउनुहोस्।

सबैले प्रोस्थेसिस् सफलतापूर्वक प्रयोग गर्न सक्दैनन्। यो निम्न कुराहरुमा निर्भर गर्दछ:

  • व्यक्तिको स्वास्थ्य र तन्दुरुस्ती ।
  • उनीहरूको खुट्टाको बाँकी भागको अवस्था ।
  • उनीहरूको अर्को खुट्टाको अवस्था।
  • प्रोस्थेसिस् का उपलब्ध प्रकारहरु ।

कुनै व्यक्तिलाई कृत्रिम अंगबाट फाईदा सुन्छ कि हुन्दैन भनेर निर्णय गर्न एक योग्य प्रोस्थेटिस्टले प्रत्येक व्यक्तिको जाँच गर्न आवश्यक हुन्छ ।

यदि तपाईंको क्षेत्रमा कृत्रिम अङ्ग सम्बन्धी सेवा छ भने, जाँचको लागि प्रेषण गर्नुहोस्। यदि सेवा धेरै टाढा छ भने, पहिले सेवा कन्द्रलाई सम्पर्क गरि सो केन्द्रले प्रेषण सिफारिस गर्छन् कि गर्दैनन् सल्लाह लिनु राम्रो हुन्छ ।

रवि आफ्नो कृत्रिम अंग बिना भुइँमा बसिरहेका छन्।

अङ्ग विच्छेन (ऐम्प्युटेशन) भएका व्यक्तिहरू विभिन्न तरिकामा हिँड्डुल गर्न सक्छन्, उदाहरणका हिंड्डुलको लागी प्रयोग गर्ने सहयोगी सामाग्री र / वा ह्वीलचेयर प्रयोग गरेर।

कृत्रिम अङ्ग (प्रोस्थेसिस्) प्रयोग गर्ने व्यक्तिहरूले अन्य गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरू पनि प्रयोग गर्नु पर्ने सम्भावना हुन्छ।

असिफ आफ्नो कृत्रिम खुट्टा (प्रोस्थेसिस्) बिना, कुहिनो सम्मको बैसाखी प्रयोग गरेर हिँड्दै छन् ।

अन्य प्रकारका सहायक सामाग्रीहरु

व्यक्तिलाई सोध्नुहोस्:

के तपाईंलाई देख्न, सुन्न, स्व-हेरचाह गर्न, कुराकानी गर्न, सोच्न र / वा सम्झन गाह्रो छ?

फारम को सहायक सामाग्रीहरुको अन्य प्रकार खण्ड।

गतिशीलता सम्बन्धी सहायक सामाग्री भएका व्यक्तिहरूलाई अन्य प्रकारका सहायक सामाग्रीहरूबाट पनि लाभ हुनसक्छ।

अलिशा एउटा टेबुलमा, हातमा बाँधिएको चम्चा समातेकि छिन्। उनले आफ्नो खाना एउटा कचौराबाट उठाइरेकी छिन् जुन दुई ह्यान्डलभएको परिमार्जित कपको छेउमा राखिएको छ।

एलिशालाई सम्झनुहुन्छ ?

अलिशालाई सेरेब्रल पाल्सी छ । उनी पछाडी सामात्ने (पोस्टेरिअर) वाकर र सहायक सामाग्रीहरू को प्रयोग गर्छिन् जसले उनलाई स्व-हेरचाह र शौचालयमा जान मद्दत गर्दछ।

आइडा कुर्सीमा बसेकि छिन् र जुत्ता लगाउन लामो ह्यान्डल भएको जुत्ता लगाउने उपकरण (शू हर्न) को प्रयोग गर्दैछिन्।

आइदालाई सम्झनुहुन्छ?

उनलाई मस्तिष्कघात (स्ट्रोक) भएको छ । लुगा लगाउन र शौचालयसम्म सजिलै पुग्न उनी लौरो र लुगा लगाउने सहायक सामाग्री (ड्रेसिङ एड्स) को प्रयोग गर्छिन्।

यद्यपि यो गतिशीलता सम्बन्धी जाँच (स्क्रिन) भएता पनि, अन्य सम्बन्धी सहयोगबाट पनि उनिहरुलाई सहयता हुने कुरा सम्झिनु पनि महत्त्वपूर्ण हुन्छ ।

यदि उनीहरूले तपाईंलाई अन्य (जस्तै दृष्टि, श्रवण, स्व-हेरचाह, संचार, सोच र / वा याद) सम्बन्धी कठिनाइहरू छन् भन्छन् भने, तपाईं थप जानकारीको लागि केही थप प्रश्नहरू सोध्न चाहनुहुन्छ भनेर बुझाउनुहोस्।

व्यक्तिलाई आवश्यक हुनसक्ने अन्य सहायक सामाग्रीहरूको पहिचान गर्ने सरल जाँच (स्क्रीनिङ्ग) प्रश्नहरू र सामाग्रीहरू को लागि अरु TAP परिचय मोड्युलहरू हेर्नुहोस् ।