यस विषयमा तपाईंले पहिले नै पैतालामा घाऊ हुने जोखिम भएको भनेर पहिचान गरिएका मान्छे को लागि साधारण पैताला जाँच (स्क्रीन) कसरी पूरा गर्ने भनेर सिक्नु हुनेछ।
प्रश्नहरू सोधेर र केही साधारण परीक्षणहरू गरेर, तपाईं उनीहरूको जोखिम कम, मध्यम वा उच्च छ कि छैन भनेर पहिचान गर्न सक्नुहुन्छ।
तपाईं जोखिमको स्तरको आधारमा के कार्यहरू गर्ने भनेर पनि जान्नुहुनेछ।
तपाईं यस विषय मार्फत काम गर्दै हुनुहुन्छ त्यसैले यदि तपाईंसँग TAP गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरूको स्क्रिनिङ्ग फारम र TAP गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरुको फुट स्क्रीन गाइड को प्रतिलिपि छ भने यो उपयोगी हुनेछ ।

पैताला को जाँच (फुट स्क्रिन) ले निम्न कुराहरु पहिचान गर्न मद्दत गर्दछ:
- जोखिमका संकेतहरू - पैतालामा घाऊ लाग्ने जोखिम बढाउने अवस्थाहरु
- उच्च जोखिम संकेतहरू - पाईतालामा घाऊ हुने जोखिमलाई उल्लेखनीय रूपमा बढाउने अवस्थाहरु।
'जोखिम संकेत' र 'उच्च जोखिम संकेतहरू' को संख्याले व्यक्तिको समग्र पैतालामा घाऊ हुने जोखिमलाई सङ्केत गर्दछ।
गतिविधि
TAP गतिशीलता सम्बन्धी जाँच (मोबिलिटी स्क्रीन) फाराम को खण्ड ३ हेर्नुहोस्। दाहिने तर्फ ध्यान दिनुहोस्, त्यहाँ छ वटा चेक बक्सहरू छन्। एउटा चेक बक्समा 'उच्च जोखिम सँकेत' र पाँचवटामा 'जोखिम सँकेत' भनेर लेखिएको छ ।
निम्नमध्ये कुन चाहिँ 'उच्च जोखिमका संकेतहरू' हुन्?
यदि तपाईंले सबैमा चिन्ह लगाउनुभयो भने तपाईं सही हुनुहुन्छ। ती सबै उच्च जोखिमका संकेतहरु हुन् ।
निम्नमध्ये कुन चाहिँ 'जोखिम संकेत' हो?
यदि तपाईंले सबैमा चिन्ह लगाउनुभयो भने, तपाईं सही हुनुहुन्छ। ती सबै जोखिमका संकेतहरु हुन् ।
अब पैताला जाँच (फुट स्क्रीन) प्रक्रियामा कार्य गरौं।
नोट: सधैं साबुनले हात धुनुहोस् र पैतालाको जाँच (स्क्रिन) गर्नु अघि र पछि सुकाउनुहोस्। यदि कुनै व्यक्तिको खुला घाऊ छ भने, वा यदि तपाईंलाई उनीहरूमा छालाको समस्या वा संक्रमण रहेको शङ्का लागेको छ भने पञ्जाको प्रयोग गर्नुहोस्।
व्यक्ति को पैताला हेर्नुहोस्
ती व्यक्तिलाई आफ्नो जुत्ता र मोजा फुकाल्न भन्नुहोस्। तपाईं उनीहरूको पैताला नजिकबाट हेर्न चाहनुहुन्छ भनेर व्याख्या गर्नुहोस् ।
सुनिश्चित गर्नुहोस् कि तपाईं प्रत्येक खुट्टाको माथि र तल, र प्रत्येक औंलाको बीचमा हेर्नुहुन्छ।

हालको र पहिलेको घाऊ वा विच्छेदन (ऐम्प्युटेशन) ले अर्को घाऊ हुने सम्भावना बढाउँछ। यो उच्च जोखिमको संकेत हो ।
यदि कुनै व्यक्तिको पैतालामा पहिले घाऊ लागेको छ, वा पेतालाको औंला, पैताला वा खुट्टा काटिएको छ भने स्क्रिनिङ्ग फारममा रहेका कोष्ठहरूमा चिन्ह लगाउनुहोस् ।
के व्यक्तिसँग (अहिले) कुनै : औंला, पैताला वा खुट्टामा घाऊ वा चोटहरू छ?

के पैताला रातो छ, छुँदा तातो छ वा सुन्निएको छ?

रातोपन, गर्मी र सूजन सबै सम्भावित संक्रमण र / वा अन्य गम्भीर अवस्थाको संकेत हो। यी सबै उच्च जोखिमका संकेत हुन् ।
के तपाईंल कुनै छाला / नङ्गका समस्याहरू, वा पेताला / औंलाहरूको असामान्य आकार देख्न सक्नुहुन्छ?
छाला वा नङ्गको समस्याले पैतालाको घाऊ को विकास को जोखिम बढाउन सक्छ।
छाला वा नङ्गको समस्याका केही सामान्य उदाहरणहरू बाक्लो, फुटेको वा कडा छाला, फोका, लामो वा असामान्य आकारका नङ्गहरू हुन्।
यी सबै जोखिमका संकेतहरु हुन् ।
यो गतिविधिले तपाईंलाई छाला वा नङ्गको समस्यासँग सम्बन्धित जोखिमका संकेतहरू खोज्ने अभ्यासको लागि मद्दत गर्दछ।
गतिविधि
तपाईंलाई तल चित्रित कुन चाहिँ पैतालामा 'छाला वा नङको समस्या' हुन सक्छ भन्ने लाग्छ ?

यो पैताला स्वस्थ छ ।

यो पैतालामा छालाको समस्या छ । बाक्लो छाला भएको भागलाई क्यालस भनिन्छ । यो पैतालाको घाऊको लागि एक जोखिम संकेत हो।

यो पैताला छालाको समस्या छ । कुर्कुच्चा फुटेको छालाको भाग बिग्रन सक्छ। यो पैतालाको घाऊको लागि एक जोखिम संकेत हो।
पैतालाको आकारमा परिवर्तन हुनाले पैतालामा बढ्दो दबाबको क्षेत्रहरू हुन सक्छ। यसले पैतालाको घाउ को विकास को संभावना बढाउँछ।
मानिसहरूले पैताला को आकार परिवर्तनको कारण भोगेका समस्याका केही आम उदाहरणहररु बनियन (बुढि औंलाको फेदमा हड्डि चुच्चो) र क्ल वा ह्याम्मर टोज् (औंलाहरु बाङ्गिनु) हुन्।
पैतालाको आकारमा परिवर्तन हुनु एक जोखिम संकेत हुन सक्छ।
यो गतिविधिले तपाईंलाई पैतालाको आकारमा परिवर्तनसँग सम्बन्धित जोखिमका संकेतहरू खोज्ने अभ्यासमा मद्दत गर्दछ।
गतिविधि
तल चित्रित कुन चाहिँ पैताला स्वस्थ देखिन्छ, र कुन व्यक्तिहरूमा क्ल टोज् वा पैताला र / वा औंलाहरूको अन्य असामान्य आकारजस्ता समस्याहरू छन्?
![एक जोडी[सम्पादन गर्ने] पैताला ठूलो औंलाको फेदमा एक टक्करको साथ। ठूलो औंला अर्को औंलातिर भित्रतिर फर्केको छ।](https://www.gate-tap.org/wp-content/uploads/2020/04/shutterstock-bunions.jpg)
यो खुट्टामा बनियन (ठूलो औंलाको आधारमा हड्डि को चुच्चो) छ। बुढी औंला पनि अर्को औंलातिर भित्र सरेको छ। यसले पैतालालाई फराकिलो बनाउँछ र जुत्तामा रगड्ने सम्भावना बढाउँछ । यसो गर्दा खुट्टामा घाऊ लाग्न सक्छ ।

यो खुट्टामा एकभन्दा बढी समस्याहरु छन् । समस्याहरू यस प्रकार छन्:
- क्ल टोज्
- बनियोन
- नङ्गको समस्या ।
क्ल टोज्ले औंलाहरूको टुप्पोमा दबाब बढाउँछ। आरामले फिट हुने जुत्ता पाउन पनि गाह्रो हुन्छ।
यो फोटोमा तपाईले देख्न सक्नुहुन्छ कि कान्छि औंलाको माथिको छाला जूता भित्र रगडेर रातो भएको छ।
बनियनले बुढि औंलाको जोर्नी जुत्तामा रगड्न सक्छ।
नङ्गको समस्याले पैतालाको औंलामा दबाब बढाउन सक्छ ।
यी सबै पैतालाको घाऊको लागि जोखिमका संकेतहरू हुन्।

यी पैताला स्वस्थ छन् ।
रक्त प्रवाहको जाँच गर्नुहोस्
रगतको प्रवाह कम भएका व्यक्तिको पैतालामा घाऊको जोखिम बढी हुन्छ। पैतालाको घाऊ निको हुन धेरै समय लाग्ने सम्भावना पनि बढि हुन्छ।
पैतालाको जाँच (फुट स्क्रिन) ले पैतालाको रक्त प्रवाह जाँच गर्ने चार तरिकाहरूको जानकारि गराउँदछ:
- शारीरिक संकेतहरू खोज्नुहोस्
- खुट्टाको पछाडिको भागमा दुखाइ छ कि छैन सोध्नुहोस्
- धड्कन (पल्स्) परीक्षण गर्नुहोस्
- पुनः भरण परीक्षण (रिफिल टेस्ट) गर्नुहोस्।
व्यक्तिको पैताला हेर्नुहोस्:
के तपाईंले रगतको प्रवाह कम भएको संकेत हरू देख्न सक्नुहुन्छ:
- घुँडा वा पैताला सुन्निने,
- पैताला वा औंलाहरू रौँ नभएको,
- पैताला चिसो वा पहेँलो भएको।
यी सबै रक्त प्रवाहको कमी को संकेत हो र एक जोखिम संकेत हो।
व्यक्तिलाई सोध्नुहोस्:
के तपाईं आफ्नो खुट्टाको पछाडिको भागमा दुखाइ महसुस गर्नुहुन्छ?
- राति र / वा
- २०० मिटरभन्दा कम हिँड्दा
कोही-कोही लाई खुट्टाको पछाडी दुख्ने वा बाउँडिने हुन सक्छ, जुन खराब रक्त प्रवाहको संकेत हुन सक्छ।
रातमा , र / वा जब एक व्यक्ति छोटो (२०० मिटर भन्दा कम) दूरीमा हिंड्छन् यो चर्को हुन सक्छ ।
धड्कन (पल्स्) परीक्षण गर्नुहोस्
राम्रो रक्त प्रवाह पैतालामा धड्कन (पल्स्) को रूपमा महसुस गर्न सकिन्छ, जसरी तपाईंको नाडी वा घाँटीमा धड्कन (पल्स्) फेला पार्न सकिन्छ।
गतिविधि
यदि तपाईं आफ्नो धड्कन (पल्स्), वा सहकर्मीको साथीको धड्कन (पल्स्) फेला पार्न सक्नुहुन्छ भने हेर्नुहोस्।
दुई औंलाहरूको साथ (तपाईंको बुढी औंला प्रयोग नगर्नुहोस्), फेला पार्नुहोस्:


धड्कन (पल्स्) को परीक्षण:
के तपाईं प्रत्येक खुट्टामा दुवै पल्सहरु महसूस गर्न सक्नुहुन्छ?
पैतालामा दुई मुख्य धड्कन (पल्स)हरू छन्:
- पैताला माथिको
- पैतालाको भित्री भागमा, गोलिगाँठोको हड्डीको पछाडि।

कुनै व्यक्तिको राम्रो रक्त प्रवाह छ भनेर पुष्टि गर्न, प्रत्येक पैतालामा यी दुवै धड्कन (पल्स्)हरु तपाईंले सजिलै फेला पार्न सक्षम हुन आवश्यक छ।
धड्कन (पल्स्)हरूको परीक्षण गर्दा, सधैं तपाईंको दोस्रो र मध्य औंला प्रयोग गर्नुहोस्, तपाईंको बुढी औंला होइन।
धड्कन (पल्स्) नहुनु जोखिमको संकेत हो ।
प्रश्न
तपाईं किन बुढी औंला नभई आफ्नो दोस्रो र मध्य औंला को प्रयोग गरेर पल्सको जाँच गर्नुपर्छ?
धड्कन (पल्स) महसूस गर्न आफ्नो औंला प्रयोग नगर्नुहोस्, किनकि तपाईंको बुढी औंलाको आफ्नै धड्कन (पल्स) हुन्छ।
धड्कन (पल्स) परिक्षण कसरी गर्ने भनेर थाहा पाउन यो भिडियो हेर्नुहोस्।
गतिविधि
पैतालाका दुई मुख्य धड्कन (पल्स)हरु फेला पार्ने अभ्यास गर्नुहोस्।
आफैमा प्रयास गरेर सुरु गर्नुहोस्, र त्यसपछि कम्तिमा २ अन्य व्यक्तिहरूको परीक्षण गर्नुहोस्।
धड्कन (पल्स) पत्ता लगाउन तपाईंले आफ्नो औंलाहरू थोरै वरिपरि सार्न आवश्यक हुन सक्छ।
पुनः भरण (रिफिल) परीक्षण गर्नुहोस्
खराब रक्त प्रवाहको अर्को संकेत भनेको कुनै व्यक्तिको छालालाई दबाएपछि आफ्नो प्राकृतिक रङ पुनः प्राप्त गर्न ३ सेकेन्डभन्दा बढी समय लाग्छ।
पुनः भरण परीक्षण:
- प्रत्येक पैतालाको बुढी औंलाको टुप्पोलाई जोडले थिच्नुहोस्।
- पैतालाको औंलालाई सामान्य रङमा फर्कन (रिफिल) का लागि लाग्ने सेकेन्ड गणना गर्नुहोस्।
- ध्यान दिनुहोस् कि पुनः भरण (रिफिल) हुन ३ सेकेन्ड भन्दा कम वा बढी लिन्छ।
गतिविधि
आफ्नो हातको औंलाले जोडले थिच्नुहोस् र त्यसपछि छोडि दिनुहोस्। ध्यान दिनुहोस् कि तपाईंको छालाले छोटो समयको लागि रङ परिवर्तन गर्दछ (पातलो हुन्छ), र त्यसपछि रङ फर्कन्छ।
यो रङ परिवर्तन तपाईंले थिच्नुभएको ठाउँको रक्त प्रवाहमा अस्थायी अबरोधको कारण हो ।
जब रगतको प्रवाह राम्रो हुन्छ, दबाब निस्किने बित्तिकै छाला ३ सेकेन्डमै रगतले पुनः भरण (रिफिल) हुन्छ । त्यसपछि छालाको रङ सामान्य अवस्थामा फर्कन्छ ।
एक व्यक्तिको खुट्टा पुनः भरण (सामान्य छालाको रङ्गमा फर्कन्छ) कति छिटो हुन्छ भनेर परिक्षण गर्न उनिहरुको बुढी औंलामा जोडले थिच्नुस् ।
त्यसपछि छोडिदिनुहोस्, र औंलालाई सामान्य रङ्ग मा फर्कन कति सेकेन्ड लाग्छ भनेर गणना गर्नुहोस्।
यदि कुनै पनि औंलाको लागि ३ सेकेन्डभन्दा बढी समय लाग्छ भने, यो एक जोखिम संकेत हो।
पुनः भरण (रिफिल) परीक्षण कसरी गर्ने भनेर हेर्न यो भिडियो हेर्नुहोस्।
गतिविधि
पुनः भरण (रिफिल) परीक्षण अभ्यास गर्नुहोस्।
आफैमा प्रयास गरेर सुरु गर्नुहोस्, र त्यसपछि कम्तिमा २ अन्य व्यक्तिहरूको परीक्षण गर्नुहोस्।
श्पर्स (सेन्सेशन)को जाँच गर्नुहोस् ।
पैतालाको जाँच (फुट स्क्रिन)मा ब्यक्तिको पैतालाको श्पर्स जाँच गर्ने दुई तरिकाहरू दिनेछ:
- उनीहरुको पैतालामा के महसुस हुन्छ सोध्नुहोस् ।
- उनीहरुको पैतालामा अनुभूतिको परीक्षण गर्नुहोस् ।
नबिर्सनुहोस्: श्पर्समा समस्या भएको व्यक्तिको पैतालामा घाउ हुने जोखिम हुन्छ।
व्यक्तिलाई सोध्नुहोस्:
के तपाईंले आफ्नो पैताला वा औंलाहरूमा कुनै असामान्य अनुभूति वा दुखाई महसुस गर्नुहुन्छ?
निम्न उल्लेखित बिभिन्न महसुस सहित मानिसहरूले पैतालामा विभिन्न असामान्य अनुभूतिहरू अनुभव गर्न सक्छन् :
- झनझनाउनु (पिन र सुई को अनुभूतिहरू)
- सुन्निने (केहि अनुभूति नहुने)
- छुरा प्रहार वा तीव्र दुखाइको अनुभूति
- जलन को अनुभूति (सेन्सेशन)
असामान्य अनुभूति छ कि छैन भनेर सोधपुछ गर्दा यी उदाहरणहरू दिनुहोस् ताकि तिनीहरूले 'असामान्य अनुभूतिहरू' के हुन भनेर बुझ्न सकून्।
श्पर्स (सेन्सेशन)को परीक्षण गर्नुहोस्
श्पर्स परीक्षण:
व्यक्तिको आँखा बन्द गरेर – प्रत्येक खुट्टाको औंलाको टुप्पो १, ३ र ५ लाई औंला वा मोनोफिलामेन्टले छुनुहोस् । भिडियोमा देखाइएको एक पछी अर्को क्रममा प्रत्येक खुट्टाको औंला छुनुहोस्।
- महसूस गर्ने औंलाहरूमा (✓) चिन्ह लगाउनुहोस् ।
- महसूस नहुने औंलाहरुमा क्रस (X) चिन्ह लगाउनुहोस्।
गतिविधि
स्क्रीनिङ्ग फाराम हेर्नुहोस् । दायाँ र बायाँ पैतालाका चित्रहरूमा औंलाहरूको नम्बर दिएको छ ध्यान दिनुहोस् ।
यसले औंलाहरू देखाउँछ र तपाईंले कुन क्रममा अनुभूति परीक्षण गर्नेभनेर जानकारी दिन्छ।
आफैमा अभ्यास गर्नुहोस्, फारममा देखाइएको क्रममा प्रत्येक पैतालामा १,३,५ औंलाहरू छुनुहोस्।

अनुभूति परीक्षण गर्न, यी चरणहरू पछ्याउनुहोस्:
- व्यक्तिलाई आँखा बन्द गर्न भन्नुहोस्।
- तपाईंले उनीहरूको औंलाहरू छुनुहुनेछ भनेर व्याख्या गर्नुहोस्। उनीहरूले जब तपाईंले छोएको महसूस गर्छन् तपाईंलाई थाहा दिनुपर्दछ ।
- आफ्नो दोस्रो औंलाले प्रत्येक खुट्टाको औंला १, ३ र ५ को टुप्पो छुनुहोस् । यदि तपाईंसँग मोनोफिलामेन्ट उपलब्ध छन् भने तपाईंले यो पनि प्रयोग गर्न सक्नुहुनेछ।
- एकपटक १ सेकेन्डका लागि मात्र हल्का छुनुहोस् ।
- प्रत्येक औंला छुँदा केही सेकेन्ड पर्खनुहोस् ताकि व्यक्तिलाई प्रतिक्रिया दिन समय मिलोस्।
- यदि त्यो व्यक्तिले केही भन्दैन भने, उनीहरूले छोएको महसूस गरेका छैनन्। अर्को खुट्टाको औंलामा जानुहोस्।
- व्यक्तिले महसूस गर्न सक्ने औंलाहरूमा टिक चिन्हको साथ फाराममा रेकर्ड गर्नुहोस् र महसूस गर्न नसकेका औंलाहरू क्रस चिन्हको साथ फाराममा रेकर्ड गर्नुहोस् ।
यदि कुनै व्यक्तिले दुई वा दुईभन्दा बढी औंलाहरूमा स्पर्श महसुस गरेन भने, यो एक जोखिमको संकेत हो।
श्पर्स परीक्षण कसरी गर्ने भनेर सिक्न यो भिडियो हेर्नुहोस्।
अब पूरा पैताला जाँच (फुट स्क्रीन) हेर्नको लागि यो भिडियो हेर्नुहोस्।
व्यक्तिको पैतालाको घाऊको जोखिमलाई संक्षेपमा प्रस्तुत गर्नुहोस्
व्यक्तिको पैतालाको घाऊको जोखिमलाई संक्षेपमा प्रस्तुत गर्नुहोस् जोखिम र उच्च-जोखिमका टिक लगाएका संकेतहरूको संख्या गणना गर्नुहोस् ।

पैताला जाँच (फुट स्क्रिन) भरि जोखिमका संकेत र उच्च जोखिम संकेतहरुमा लगाईएकाटिक चिन्हहरूको संख्या गणना गर्नुहोस् ।
पैतालामा घाउको जोखिम कम, मध्यम वा उच्च छ भने हेर्नको लागि टिकको संख्याको आधारमा तालिका पूरा गर्नुहोस् ।
यदि कुनै व्यक्ति कम जोखिममा छ भने, तिनीहरूलाई उनीहरूको हेरचाह कसरी गर्ने र उपयुक्त जूताको बारे सिकाएर पैतालामा हुने घाऊबाट बच्न मद्दत गर्नुहोस्।
यदि कुनै व्यक्ति मध्यम वा उच्च जोखिम छ भने, यो महत्त्वपूर्ण छ कि उनीहरूलाई थप मूल्यांकन र हेरचाहको लागि स्वास्थ्य हेरचाह सेवा वा खुट्टाको घाउ क्लिनिकमा रेफर गरिन्छ ।
तपाईं यो पनि गर्न सक्नुहुन्छ:
- उनीहरूको पैतालाको हेरचाह कसरी गर्ने भनेर उनीहरूलाई सिकाउनुहोस् ।
- उपचारात्मक जुत्ता उनीहरूको लागि उपयुक्त छ कि छैन भनेर हेर्नको लागि परिक्षण गर्नुहोस्।
गतिविधि
यो गतिविधि पूरा गर्न तपाईंलाई गतिशीलता सम्बन्धी सहायक सामाग्री स्क्रीनिङ्ग फाराम को प्रतिलिपि चाहिने हुन्छ ।
जेन्सेनलाई सम्झिनुहुन्छ?

उनी ६० वर्षका छन् र उनलाई मधुमेह छ ।
तपाईंले पैताला जाँच (खुट्टा स्क्रिन) गर्नु भयो र फेला पार्नु भयो कि:
- जेन्सेनको पैतालामा यसअघि पनि घाऊ लागेको थियो ।
- उनको पैतालाको मुनि भागमा छाला बाक्लो भएकोछ जुन क्यालस जस्तो देखिन्छ।
- रातको समयमा पिडौलाको दुख्ने गरेको उनी बताउँछन् ।
- दुवै खुट्टामा खुट्टाको धड्कन (पल्स) नभएको।
- तपाईंले छुनुभएको छ वटा औंलामध्ये तीनवटा मात्र उहाँले महसुस गर्न सक्नुभयो ।
जेन्सेनको लागि गतिशीलता सम्बन्धी सहायक सामाग्री स्क्रिनिङ्ग फाराम को पैताला जाँच (फुट स्क्रिन) खण्ड भर्नुहोस् ।
अब तपाईले फारम सही तरिकाले पूरा गर्नुभएको छ कि छैन भनेर हेर्न तल क्लिक गर्नुहोस्।
जेन्सेनको जोखिम स्तर गणना गर्न उच्च जोखिम र जोखिमका टिक चिन्हहरूको संख्या गणना गर्नुहोस्।
जेन्सेनको अर्को पैतालामा घाऊ लाग्ने जोखिम कत्तिको छ?

जेन्सेनसँग १ उच्च जोखिम चिन्ह (पहिला नै पैतालामा घाऊ) र चार जोखिम संकेतहरू (छालाको समस्या, खराब रक्त प्रवाहको दुई संकेत र अनुभूति हराएको) छ। उनी उच्च जोखिमको श्रेणीमा छन् ।
उनको योजनामा समावेश हुनुपर्ने:
- उसले मधुमेह व्यवस्थापनको लागि आफ्नो स्वास्थ्य हेरचाह सेवा मा गइरहेको छ भनेर सुनिश्चित गर्नु आवश्यक छ
- जेन्सेनलाई पैताला को हेरचाह कसरी गर्ने भनेर सिकाउनु आवश्यक छ
- उपचारात्मक जुत्ताको लागि जेन्सेनको मूल्यांकन गर्ने।
