जाँच (स्क्रिनिङ्ग) प्रश्नहरू पूरा गरिसकेपछि, तपाईंले अर्को चरणहरूको बारेमा व्यक्तिसँग योजना बनाउन आवश्यक हुन्छ।
तपाईं जाँच (स्क्रिनिङ्ग) फारमको तल योजना रेकर्ड गर्न सक्नुहुन्छ।

निम्न क्षेत्रको लागि जाँच (स्क्रिन) गर्नुहोस्
यदि व्यक्तिसँग अन्य क्षेत्रहरू सम्बन्धी कठिनाई छन् र अन्य सहायक सामाग्रीहरूको लागि जाँच (स्क्रिन) बाट लाभान्वित हुनछन् भने
तपाईंको मद्दतको लागि अन्य TAP परिचय मोड्युलहबाट स्क्रिनिङ्ग प्रश्नहरू र/वा सामाग्रीहरू प्रयोग गर्नुहोस् ।
निम्न सामाग्रीको लागि जाँच गर्नुहोस्
स्क्रिनिङ्ग प्रश्नहरूको व्यक्तिले दिएको जवाफले उनीहरूलाई लाभ हुन्छ कि हुन्दैन भनेर सङ्केत गर्नेछ:
- हिंड्नको लागि प्रयोग गर्ने सहयोगी सामाग्री
- पोर्टेबल र्याम्प
- उनीहरूको घरमा समात्ने बारहरू
- स्थानान्तरण (ट्रान्सफर) बोर्ड
- उपचारात्मक फुटवेयर।
उनीहरू तपाईंबाट थप मूल्याङ्कन चाहनुहुन्छ भने उनीहरूसँग सहमत हुनुहोस् ।
यदि मूल्याङ्कन पछि सहायस सामाग्री उपयुक्त रहेको यो स्पष्ट हुन्छ भने सामाग्री प्रदान गर्नुहोस्।
TAP को चार चरण प्रक्रिया प्रयोग गर्नुहोस् :
![TAP 1, 2, 3 र 4 नम्बरहरू देखाउने ग्राफिक।]](https://www.gate-tap.org/wp-content/uploads/2020/07/TAP-Logo-numbered-03.png)
- चयन गर्ने
- फिट गर्ने
- प्रयोग गर्ने
- पुनः जाँच
सम्झनुहोस्: कसरी मूल्यांकन गर्ने, व्यक्तिको लागि सहायक सामाग्री फिट गर्ने, व्यक्तिलाई कसरी प्रयोग गर्ने र सामाग्रीको हेरचाह गर्ने भनेर सिकाउने, र पुनः जाँच (फलोअप) का लागि विशेष कुराहरू, TAP सहायक सामाग्रीहरुको परिचय मोड्युलमा सबै समावेश गरिएको छ ।
प्रश्न
यदि तपाईंसँग यी सामाग्रीहरू छैनन् भने तपाईं के गर्न सक्नुहुन्छ (हिँड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्री, पोर्टेबल र्याम्प, घरभित्र समात्ने बारहरू, स्थानान्तरण बोर्ड)?
- विभिन्न सामाग्रीहरूको आवश्यकताको रेकर्ड राख्नुहोस् र तपाईंको सुपरभाईजरसँग छलफल गर्नुहोस्
- यी सामाग्रीहरू आपूर्ति गर्न सक्ने अन्य सेवा केन्द्रहरू छन् कि छैनन् पहिचान गर्नुहोस्
- सेवाग्राहिहरुले सामाग्रीहरू प्राप्त गर्न सक्षम छन् कि छैनन् उनीहरुसंग छलफल गर्नुहोस्
- ह्वीलचेयर / कृत्रिम अंग (प्रोस्थेटिक) / सहायक सामाग्री (अर्थोटिक) केन्द्रहरू यी सामाग्रीहरु मध्ये कुनै बनाउन सक्षम छन् कि छैनन् हेर्नुहोस्।
सिकाउनुहोस्
स्क्रिनिङ्ग प्रश्नहरूको व्यक्तिले दिने जवाफले उनीहरूले तुरुन्तै निम्न कुराहरुको सल्लाहबाट लाभ हुन्छ कि हुन्दैन भनेर सङ्केत गर्दछ
- उनीहरूको पैतालाको हेरचाह कसरी गर्न ।
- कस्तो प्रकारको उपयुक्त जुत्ता लगाउने र किन लगाउने ?
पैतालाको हेरचाह र उपयुक्त जूताको बारे मा जानकारी र किन अर्को विषयमा छ।
अन्य सेवाको लागी प्रेषण गर्नुहोस्
केही मानिसहरूलाई तपाईं वा तपाईंको सेवाले प्रदान गर्न सक्ने भन्दा बढी विशेष हेरचाहको आवश्यकता हुन सक्छ।
तपाईंले कसैलाई कहिले प्रेषण गर्नुपर्छ, र तपाईं तिनीहरूलाई कहाँ प्रेषण गर्न सक्नुहुन्छ भनेर थाह पाउनु धेरै महत्त्वपूर्ण छ।
स्क्रिनिङ्ग प्रश्नहरूको व्यक्तिले दिने जवाफले प्रेषण उपयोगी हुनेछ कि छैन भनेर संकेत गर्नेछ।
सम्झनुहोस् कि प्रेषण गर्दा सधैं व्यक्तिसँग छलफल गर्नुपर्छ र ब्यक्ति सहमत हुनुपर्दछ।
प्रतिविम्ब
मानिसहरूलाई प्रेषण गर्नको लागि त्यहाँ तपाईंका लागि कस्ता सेवाहरू उपलब्ध छन्?
कुनै व्यक्तिलाई आवश्यक परेमा तपाईंले कुन व्यक्ति वा सेवामा प्रेषण गर्नुहुन्छ, विचार गर्नुहोस्:
- स्वास्थ्य सेवा
- घाऊको हेरचाह
- पुनर्स्थापना - वयस्कहरुको लागि
- पुनर्स्थापना – बालबालिकाका लागि
- मधुमेह सम्बन्धी सेवा
- पैतालामा हुने घाऊ सम्बन्धी क्लिनिक
- ह्वीलचेयर
- कृत्रिम अंग को मर्मत
- कृत्रिम अंग को लागि जाँच।
के यी सेवाहरू सजिलै उपलब्ध छन्? के तपाईंलाई यी सेवाहरूमा व्यक्तिलाई कसरी प्रेषण गर्ने भन्ने थाहा छ ?

फिरोज सँग भेट्नुहोस् ।
फिरोज ९ वर्षका छन् । उनी हिँड्डुल गर्न सक्दैनन् र ह्वीलचेयरका लागि प्रेषण गरिएको छ ।
सेवा प्रदायकलाई नजिकै एक पुनर्स्थापना सेवा छ जसले अपाङ्गता भएका बच्चाहरूको लागि सल्लाह र थेरापी कार्यक्रमहरू प्रदान गर्दछ र परिवारको लागि हेरचाह कर्ता समर्थन समूहहरू छन् भनेर पनि थाहा छ । फिरोज र उनकी आमाको अनुमतिमा सेवा प्रदायकले उनीहरूलाई पुनर्स्थापना सेवामा प्रेषण गरेका छन्।
पुनः जाँच
पुनः जाँचबाट सबैलाई फाइदा हुन्छ । तथापि, पुनः जाँच निम्न अवस्थाको लागि सबैभन्दा बढि महत्त्वपूर्ण छ:
- केटाकेटीहरू, किनकि उनीहरू अझै हुर्किरहेका हुन्छन्
- पैतालामा घाऊ वा दबाबको कारण घाऊ (प्रेशर वुण्ड) हुने जोखिम भएका जो कोहीलाई किनभने यो गम्भीर स्वास्थ्य जोखिम हो
- जसको अवस्था बिग्रिरहेन छ किनभने उनीहरूको आवश्यकताहरू परिवर्तन हुनेछन्
- जसलाई कुनै पनि दिइएको प्रशिक्षण वा निर्देशन अपनाउन कठिनाई हुन्छ ।
पुनः जाँचको समय व्यक्तिको आवश्यकताहरूमा निर्भर गर्दछ र ती आवश्यकताहरू कति छिटो परिवर्तन हुन सक्छ।