संयम
संयम (continence) को अर्थ सामाजिक रूपमा स्वीकार्य स्थानमा पिसाब (bladder) र दिसा (bowel) खाली गर्न स्वेच्छाले नियन्त्रण (voluntarily control) गर्ने क्षमता हुनु हो। यसलाई सफलतापूर्वक शौचालय मा जाने रूपमा पनि वर्णन गर्न सकिन्छ।
असंयमता (Incontinence) तब हुन्छ जब कुनै व्यक्तिले आफ्नो पिसाब वा दिसा (bladder and bowel) लाई नियन्त्रण (control) गर्न सक्षम हुँदैन। यसलाई चुहावट, चुहिने वा 'दुर्घटना' को रूपमा पनि वर्णन गर्न सकिन्छ।
प्रश्न
यो छोटो प्रश्नोत्तरीको साथ संयम (continence) र असंयमता (incontinence) को तपाईंको ज्ञान परीक्षण गर्नुहोस्।
१. मानिसहरूले हरेक दिन कति पटक आफ्नो मूत्राशय (bladder) खाली गर्छन्?
औसतमा दिनको ६-८ पटक।
२. मानिसहरूले हरेक दिन कति पटक आफ्नो मलाशय (bowel) खाली गर्छन्?
प्रायः जसो मानिसहरू दिनको एकै समयमा आफ्नो मलाशय खाली गर्छन्, र नियमित बारम्बार। यो एक दिनमा ३ पटक देखि हप्तामा ३ पटक को बीच हुन सक्छ।
३. धेरै मानिसहरूले आफ्नो जीवनको कुनै न कुनै बिन्दुमा असंयमता (incontinence) को अनुभव गर्ने सम्भावना हुन्छ।
सहि हो: असंयमता सामान्य कुरा हो। अनुमानित २०% महिला र १०% पुरुषहरूले पिसाब असंयमताको अनुभव गर्छन्।
४. असंयमता बालबालिका वा वृद्धवृद्धाकालागि मात्र समस्या हो ।
गलतः महिला, पुरुष, केटाकेटीहरू सबैले कुनै पनि उमेरमा असंयमता अनुभव गर्न सक्छन्।
५. मलाशयको असंयमता (दिसा चुहिने) भन्दा मूत्राशयको असंयमता (पिसाब चुहिने) बढी हुन्छ ।
सहि हो: दिसाको असंयमता भन्दा पिसाबको असंयमता बढी हुन्छ।
६. निम्नमध्ये कुन कुराले असंयमता निम्त्याउन सक्छ?
यदि तपाईंले माथिका सबै कोष्ठहरूमा चिन्ह लगाउनुभयो भने तपाईं सही हुनुहुन्छ।
मानिसहरूले असंयमता अनुभव गर्नुका विभिन्न कारणहरू छन्। माथिको सूचीले केही कारणहरू मात्र देखाउँछ।
सफलतापूर्वक शौचालयमा जानु (continence) मा तीन मुख्य चरणहरू समावेश छन्:
- पहिलो चरण : शौचालय जाने समय हुँदा (शरीरको सङ्केतहरूबाट) थाहा पाउनु
- दोश्रो चरण: शौच गर्ने सही समय र ठाउँ सम्म पर्खन सक्नु वा नियन्त्रण गर्न सक्नु
- तेश्रो चरण : मूत्राशय र मलाशय (bladder and bowel) लाई सही ठाउँमा र तयार हुँदा पूर्ण रूपमा खालि गर्नुपर्दछ ।
प्रश्न
१. कुन 'शारिरीक सँकेत' ले तपाईंलाई शौचालय जाने समय हो भनेर बताउँछ?
- मूत्राशय वा मलाशय (bladder and bowel) मा दबाबको भावना, जुन शौचालय पुग्न ढिलाइ भएमा बढि हुन्छ
- पेटदुख्ने महसुस हुनु आन्द्रा खाली गर्नुपर्ने लक्षण हुन सक्छ ।
२. समयमा शौचालय पुग्न कसैलाई कुन कुराले ढिलाइ गर्न सक्छ?
- शरीरका सङ्केतहरू चिन्न नसक्नु वा बेवास्ता गर्नु
- अर्कै कुरामा ध्यान केन्द्रित गर्नु र शौचालय जान 'धेरै ढिला' हुनु
- शौचालयमा पुग्न शारीरिक कठिनाई
- अवरोधहरूले शौचालयजाने बाटो अवरुद्ध हुनु ।
३. हरेक पटक शौचालय जाँदा कसैले आफ्नो मूत्राशय पूर्ण रूपमा खाली गर्न नसक्नु, के उनमा समस्या छ?
छ, पूर्ण खाली नहुनु मूत्राशयको लागि एक समस्या हो। यसले ब्याक्टेरिया (कीटाणु) बढ्न प्रोत्साहित गर्छ, पिसाबको संक्रमण निम्त्याउँछ र मूत्राशयको पत्थरी (खनिजको सानो गाँठो) को जोखिम पनि बढाउन सक्छ। मूत्राशयको पत्थरीले पिसाबको प्रवाहलाई रोक्न सक्छ जुन खतरा हुनसक्छ।
४. कसैले नियमित रूपमा आफ्नो मलाशय खाली नगर्नु, के उनमा समस्या छ?
छ, नियमित रूपमा आन्द्रा खाली नगर्नु वा कडा, सुख्खा दिसा हटाउन कोसिस नगर्नुलाई कब्जियत भनिन्छ। यो एक समस्या हो किनभने यो असुविधाजनक छ र दिसा असंयमता (faecal incontinence) को कारण हुनसक्छ। कब्जियतले मूत्राशयलाई पनि जलन गर्न सक्छ; र मूत्र असंयमता को कारण।
असंयमता एक, वा माथि वर्णन गरिएको प्रत्येक चरणसँग सम्बन्धित हुन सक्छ।
प्रश्न
निम्न व्यक्तिहरूमध्ये प्रत्येकलाई कुन चरणहरूमा कठिनाई भइरहेको छ?
लुसियानालाई भेट्नुहोस्
लुसियाना आफ्नो पति जोससँग बस्छिन्। लुसियानालाई सम्झना गर्न र गतिविधिहरू योजना गर्न कठिन छ। उनी शौचालय जाने समय आएको बताउने शरीरका सङ्केतहरू चिन्दैनन् र बारम्बार आन्द्रा र मूत्राशयको दुर्घटना (bowel and bladder accidents) हुन्छ।
लुसियानालाई कुन चरणमा कठिनाई छ?
लुसियानालाई पहिलो चरणको लागि कठिनाई छ।
दाऊदलाई सम्झनुहुन्छ?
दाऊद एक वृद्ध कमजोर मानिस हो जो वाकिंग फ्रेमको साथ हिंड्छन्। दाऊदलाई थाह छ कि उसलाई शौचालय कहिले जानुपर्छ, तर त्यहाँ नपुगुञ्जेल उनलाई रोक्न गार्हो हुन्छ। उनको शारीरिक कठिनाइले पनि उनलाई शौचालय जान धेरै समय लाग्ने भएकोले कठिन बनाएको छ। उनको मूत्राशयको केही दुर्घटनाहरू (bladder accidents) भएका छन् र अब उनी बाहिर जानको लागि नर्भस छन्।
दाऊदलाई कुन कदम चाल्न गाह्रो छ?
डेभिडलाई दोस्रो चरणको साथ कठिनाई छ।
पिटरलाई सम्झनुहुन्छ?
पिटरको मेरुदण्डमा चोट लागेको छ। उसले आफ्नो खुट्टा कम्मरभन्दा तल महसुस गर्न वा सार्न सक्दैन। उसले आफ्नो मूत्राशय र मलाशयलाई पनि नियन्त्रण (bladder and bowel control) गर्न सक्दैन।
पिटरलाई कुन चरनको लागि गाह्रो छ?
पिटरलाई पहिलो, दोश्रो र तेश्रो चरणको लागि गाह्रो छ। मेरुदण्डमा लागेको चोटको अर्थ उसले शरीरको सङ्केत महसुस गर्न सक्दैन वा स्वेच्छाले आफ्नो मूत्राशय वा मलाशयलाई नियन्त्रण गर्न वा खाली गर्न सक्दैन।
गेब्रियललाई भेट्नुहोस्
गेब्रियल सात वर्षका छन् र आफ्नो आमा र भाइसँग बस्छन्। उनी घण्टौंसम्म आफ्नो खेलौना कारसँग खेल्छन् र उनलाई अवरोध गरेको मन पराउँदैनन्। गेब्रियललाई बोल्न गाह्रो छ। जब गेब्रियललाई शौचालय जान आवश्यक हुन्छ, उनी बेचैन हुन्छन् र आफ्नो लुगा तान्छन्। उनकी आमाले यी संकेतहरू चिनेकी छिन् र उनलाई शौचालय जान पर्यो भनेर थाहा हुन्छ। तर गेब्रियललाई आफ्नो मलाशय (bowel) खाली गर्न लामो समयसम्म ट्वाइलेटमा बस्न गाह्रो लाग्छ। उनमा प्रायजसो मलाशय चुहिने (bowel accidents) हरू हुन्छन्।
गेब्रियललाई कुन चरण पूरा गर्न गाह्रो छ?
यद्यपि गेब्रियलले शरीरको संकेतहरू (चरण एक) लाई पहिचान गर्दछ, उसलाई चरण ३ को लागि कठिनाई छ: सही समयमा सही ठाउँमा पुग्नु र आफ्नो मलाशय खाली गर्न तयार हुनु।
मानिसहरूले विभिन्न तरिकामा असंयमता (incontinence) को अनुभव गर्छन्।
प्रश्न
मरीना, साकुरा र डेम्बेकोहरुको असंयमता (incontinence) को अनुभवको बारेमा तल पढ्नुहोस्। त्यसपछि प्रश्नहरूको जवाफ दिनुहोस्।
मरीनासँग भेट्नुहोस् ।
मरीना ५२ वर्षकी भइन् । २५ वर्षअघि दोस्रो सन्तान जन्मिएपछि खोक्दा वा व्यायाम गर्दा बेलाबेलामा पिसाब चुहिने गरेको छ ।
पछिल्लो ६ महिनामा मरीनाले थाहा पाए कि उनलाई समयमै शौचालय पुग्न हतार गर्नुपर्ने हुन्छ । उनी नियमित रूपमा पिसाब चुहिने अनुभव गरिरहेकी छिन् किनभने उनी थाम्न सक्दिनन्।
मरीना राती उठेर शौचालय जान्छिन् र त्यहाँ नपुगुञ्जेल सम्म सँधै थाम्न सक्दिनन्।
१. मरीनाले कस्तो प्रकारको चुहावट अनुभव गर्छिन्?
पिसाब मात्र सही छ ।
२. कति पटक चुहावट हुन्छ ?
नियमित रूपमा सही छ। समयमै शौचालय जान नसकेपछि मरीनाले नियमित रूपमा पिसाब चुहिने हुने अनुभव गर्छिन् । खोक्दा वा व्यायाम गर्दा पनि उनी चुहावटको अनुभव गर्छिन्।
३. चुहावट कहिले हुन्छ ?
दुवै सही उत्तर हो। मरिनालाई दिन र रातमा पिसाब चुहिने समस्या हुन्छ ।
साकुरालाई भेट्नुहोस्
साकुरा ११ वर्षकी छिन् र आफ्नो परिवारसँग बस्छिन् । साकुरालाई बाल मस्तिष्क पक्षघात (सेरेब्रल पाल्सी) छ, र उनको चाल नियन्त्रण गर्न र कुराकानी गर्न गाह्रो छ। साकुरामा प्राय: पिसाब चुहिने र कहिलेकाहीं ब्रेकफास्टपछि दिसा चुहिने समस्या हुन्छ ।
१. साकुराले कस्तो प्रकारको चुहावट अनुभव गर्छ?
दुवै सही उत्तर हो।
२. कति पटक चुहावट हुन्छ ?
कहिलेकाहीं र नियमित रूपमा दुवै सही छन्। साकुरामा नियमित पिसाब चुहिने र कहिलेकाहीं दिसा चुहिने अनुभव हुन्छ ।
३. चुहावट कहिले हुन्छ ?
दिन मात्र वा दुवै सही हुन सक्छ। साकुरामा रातको समयमा पिसाब चुहिएको हुन सक्छ । साकुरामा दिनको समयमा दिसा चुहिन्छ। थप प्रश्नहरू सोध्दा स्पष्ट हुन मद्दत मिल्छ ।
डेम्बेलाई भेट्नुहोस्
डेम्बे 13 वर्षको छ र आफ्ना साथीहरूसँग फुटबल खेल्न मन पराउँछ। उनको टोली स्थानीय लिगका लागि फाइनलमा छ, तर यो खेल खेल्न लामो यात्रा गर्नुपर्छ र उनीहरू रातभर बस्नुपर्ने हुन्छ। डेम्बे धेरै दुःखी छन् किनभने उनले नखेल्ने निर्णय गरेका छन्। उनी आफ्ना साथीहरूलाई यो थाहा दिन चाहँदैनन् कि उनी आफ्नो घरबाहेक अन्यत्र कहिल्यै सुतेका छैनन् किनभने उनी कहिलेकाहीं ओछ्यान भिजाउँछन् र यो कहिले हुन्छ भनेर कहिल्यै थाहा पाउँदैनन्।
१. डेम्बेले कस्तो प्रकारको चुहावट को अनुभव गर्दछ?
पिसाब मात्र सही छ ।
२. कति पटक चुहावट हुन्छ ?
कहिलेकाहीं सही छ। डेम्बेले प्रत्येक हप्ता कहिलेकाहीं चुहावटको अनुभव गर्दछ।
३. चुहावट कहिले हुन्छ ?
रात मात्र सही हो ।
असंयमता भएको कुनै पनि व्यक्तिले एक स्वास्थ्यकर्मीलाई भेट्न आवश्यक हुन्छ जसले कारणको आकलन गर्न सक्दछ र असंयमतालाई कसरी उपचार गर्ने र / वा व्यवस्थापन गर्ने भनेर योजना बनाउन मद्दत गर्दछ।
सबै उमेरका मानिसहरूलाई मूत्राशय वा मलाशयको नियन्त्रण पुनः प्राप्त गर्न स्वास्थ्यकर्मीले मद्दत गर्न सक्ने धेरै तरिकाहरू छन्। प्रेषण गर्नु सँधै एउटा राम्रो विचार हो।
प्रतिविम्ब
तपाईको स्थानीय क्षेत्रमा असंयमता (incontinence) भएको व्यक्तिलाई तपाईं कुन स्वास्थ्यकर्मीकोमा प्रेषण गर्नुहुन्छ?
मरिना चुहावटको बारेमा चिन्तित छिन्। बाहिर निस्कँदा समयमा शौचालय नपाउने चिन्ता हुन्छ र व्यायाम कक्षामा जान छाडेकी छिन् । उनलाई संयमता सम्बन्धी मूल्यााङ्कन (continence assessment) को लागि प्रेषण गरिएको छ ।
स्वास्थ्य सेवाकर्मीले मरीनालाई आश्वस्त पार्छ कि महिलाहरूमा अक्सर यो समस्या हुन्छ तर यसको उपचार छ र निको गर्न सकिन्छ।
उनीहरूले मरिनालाई आफ्नो मूत्राशयलाई समर्थन गर्ने मांसपेशीहरू बलियो बनाउन सिकाउनेछन् र शौचालयमा हतार गर्नुपर्ने आवश्यकताबाट बच्न आफ्नो मूत्राशयलाई पुन: प्रशिक्षण दिनेछन्।
केही अवशोक (शोस्ने क्षमता भएको उत्पादन) अस्थायी रूपमा उपयोगी हुने कुरामा उनीहरु सहमत छन् , ताकि सल्लाह र उपचार प्रभावकारी नभएसम्म उनी चुहावटको डर बिना बाहिर जान सकून्।
मरीना धेरै खुशी छिन्।
प्रश्न
लोला सँग भेट्नुहोस्
लोला ३० वर्षकी छिन् र उनलाई शौचालय जान समस्या भइरहेको छ । उनले कहिले जानुपर्छ भनेर महसुस गर्न सक्दिनन्। उनले अकस्मात् आफ्नो दिसा र पिसाब चुहाउन गर्न थालेकी छिन्। यो समस्या एक साताअघिदेखि शुरु भएको हो । त्यसअघि उनलाई कुनै समस्या थिएन र उनको स्वास्थ्य राम्रो थियो ।
तपाईंले कस्तो कदम चाल्नुपर्छ?
लोलाको अनुमतिमा, उनलाई पूर्ण मूल्यांकनको लागि तुरुन्तै स्वास्थ्य सेवाकर्मीकहाँ पठाउनुहोस्। उनमा केहि आधारभूत स्वास्थ्य समस्या हुनसक्छ।
आफ्नो मूत्राशय वा मलाशयको नियन्त्रण गर्ने क्षमतामा अचानक परिवर्तन भएको कुनै पनि व्यक्तिको लागि स्वास्थ्यकर्मीकोमा प्रेषण अत्यावश्यक छ।
मानिसहरूले आफ्नो स्वहेरचाहका गतिविधिहरूको व्यबस्थापनमा मद्दत प्राप्त गर्न सक्ने विभिन्न तरिकाहरू पत्ता लगाउन पढ्नुहोस्।