स्वहेरचाह गतिविधिहरूको व्यवस्थापन
एक बच्चा, वयस्क वा वृद्ध व्यक्ति जसको साथ कठिनाई छ:
- शारीरिक कौशल र / वा
- सोच्ने कौशल र / वा
- मूत्राशय र मलाशयको नियन्त्रण (Bladder and bowel control)
स्वहेरचाहको एक वा बढी क्षेत्रहरूमा कठिनाई हुन सक्छ।
आउनुहोस् केही पात्रहरूलाई भेटौं जसलाई स्वहेरचाहको साथ कठिनाइहरू छन्।
रोनिनलाई भेट्नुहोस्
रोनिन एक जवान व्यक्ति हो जसको हालै एक दुर्घटना भएको थियो।
उनको बायाँ हात र देब्रे खुट्टा भाँचिएको छ । हड्डीहरू निको नहोउन्जेल सम्म उसले आफ्नो खुट्टाको माध्यमबाट वजन राख्न वा आफ्नो पाखुरा प्रयोग गर्न सक्दैन।
उनका हड्डीहरू निको हुँदासम्म उनलाई शौचालय जान, नुहाउन र लुगा लगाउन मद्दत चाहिन्छ।
प्रश्न
स्वहेरचाहको साथ रोनिनको कठिनाइहरू स्थायी वा अस्थायी छन्?
अस्थायी, किनकि उसले आफ्नो चोटहरू निको भएपछि फेरि स्वतन्त्र रूपमा हिँड्डुल गर्न सक्षम हुनेछ।
शमूएललाई भेट्नुहोस्
शमूएल डाउन सिन्ड्रोम भएका किशोर हुन् । टाँकहरू लगाउने र जुत्ताको लेस बाँध्ने जस्ता कार्यहरूको लागि आफ्नो औंलाहरूको चालहरू समन्वय गर्न उनलाई गाह्रो लाग्छ। शमूएलले यी कामहरूमा मद्दत गर्न कस्ता स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरू प्रयोग गर्छन् भनेर तपाईंले अर्को पाठमा थाह पाउनुहुनेछ।
शमूएलले पनि सधैं आफ्नो स्वहेरचाह गतिविधिहरू सम्झिँदैनन्। उनले आफूले गर्नुपर्ने कुराहरू सम्झन घरमा सेतोपाटी र मोबाइल फोन एप प्रयोग गर्छन्।
प्रश्न
शमूएलले केको लागि सेतोपाटी प्रयोग गर्छन्?
शमूएलले आफूले गर्नुपर्ने स्वहेरचाह गतिविधिहरू सम्झन सेतोपाटीको प्रयोग गर्छन्।
आइदालाई भेट्नुहोस्
आइडालाई मस्तिष्कघात (स्ट्रोक) भएको छ । यसले गर्दा उनको शरीरको बायाँ भागमा कमजोरी आएको छ ।
उनलाई हिँड्डुल गर्न, सन्तुलन मिलाउन र आफ्नो बायाँ पाखुरा प्रयोग गर्न गाह्रो हुन्छ। हिँड्डुल गर्न उनी लौरो को प्रयोग गर्छिन्।
आइडालाई ट्वाइलेट जानुपर्दा महसुस हुन्छ। तर, उनलाई शौचालय जान निकै गाह्रो हुन्छ । उनलाई ट्वाइलेट सिटमा बस्न र पछि उठ्न मद्दत चाहिन्छ। उनलाई नुहाउन र लुगा लगाउन पनि गाह्रो छ। उनकी छोरीले उनलाई आफ्नो अधिकांश स्वहेरचाहमा मद्दत गर्छिन्।
प्रश्न
आइडालाई शौचालय जान किन गाह्रो लाग्छ?
आइडालाई शौचालय जान गाह्रो हुन्छ किनभने उनलाई हिँड्न गाह्रो छ। उनलाई आफ्नो गतिशीलतामा कठिनाई छ।
जेन्सेनलाई सम्झिनुहुन्छ?
जेन्सेन ६० वर्षका छन् र उनलाई मधुमेह छ । जेन्सेनसँग उनको पैतालामा पूर्णरुपमा मसहुस गर्ने क्षमता छैन र लौरो प्रयोग गर्छन् ।
उनलाई शौचालय जाने शरीरिक सङ्केत महसुस हुँदैन र पिसाब चुहिएको अनुभव हुन थालेको छ र कहिलेकाहीं उनको मलाशय पूर्ण रूपमा खाली नभएको महसुस हुन्छ।
जेन्सेनलाई लुगा लगाउँदा जिप्पर र टाँकहरू लगाउन पनि गाह्रो लाग्छ। मद्दत गर्न सक्ने स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरूको बारेमा अर्को पाठमा थाहा पाउनुहोस् ।
प्रश्न
जेन्सन किन सफलतापूर्वक शौचालय जान सकिरहेको छैन?
जेन्सनलाई शौचालय जानको लागि शरीरिक संकेतहरू महसुस गर्न गाह्रो हुन्छ। उनलाई मलाशय पूर्ण रूपमा खाली गर्न पनि गाह्रो हुन्छ।
स्वहेरचाहको साथ समस्याहरूले मानिसहरूलाई विभिन्न तरिकामा कठिनाइहरू सिर्जना गर्न सक्छ।
छलफल
सहकर्मीहरूसँग छलफल गर्नुहोस् वा छलफल मञ्चमा स्वहेरचाहमा कठिनाईले व्यक्तिको जीवनमा असर पार्न सक्ने केहि पाटोहरु पोस्ट गर्नुहोस् ।
तल केही सामान्य प्रभावहरू दिइएका छन्, यद्यपि त्यहाँ तपाईंको समुदायका मानिसहरूको लागि विशेष गरी सान्दर्भिक सहित सम्भवतः केही अरूहरू छन्।
स्वहेरचाहमा हुने कठिनाईका प्रभावहरू:
- कोही-कोही मानिसहरू मद्दत चाहिने कारण लज्जित महसुस गर्छन्
- व्यक्ति र परिवारका सदस्यहरूको लागि जसले मद्दत गर्दछ, कामहरू पूरा गर्न धेरै समय लाग्छ, त्यसैले अन्य कामहरूको लागि कम समय हुन्छ।
- मलाशय वा मूत्राशयको चुहावट (bowel or bladder accidents) हुँदा कोही-कोही लाई लाज र अपमानित भएको लाग्न सक्छ
- कोही-कोही मानिसहरू अलग-थलग वा बहिष्कृत हुन्छन्। उनीहरू विद्यालय, काम, सामुदायिक जीवनमा सहभागी हुन असमर्थ हुन्छन्
- व्यक्ति र उनीहरूको परिवारको लागि लागत परेकोछ, किनभने अतिरिक्त उत्पादनहरू खरीद गर्न आवश्यक हुन्छ, वा काम गर्न सक्षम नभएको व्यक्ति मार्फत आयआर्जन गुमाउनु वा परिवारको सदस्यले उनीहरूलाई कम काममा समर्थन गर्नुपर्ने हुन्छ ।
मानिसहरूको जीवनको गुणस्तरको लागि स्वहेरचाहलाई सकेसम्म सजिलो बनाउनु महत्त्वपूर्ण छ।
स्वहेरचाहलाई सजिलो बनाउन सकिन्छ भनेर तीन मुख्य तरिकाहरू हेर्नको लागि पढ्नुहोस्।
१. स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरू प्रयोग गर्नुहोस्
स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरूले व्यक्ति, परिवारका सदस्यहरू वा हेरचाहकर्ताहरूको लागि स्वहेरचाह गर्न सजिलो बनाउन सक्छ।
तपाईं अर्को पाठमा केही फरक प्रकारका स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरूको बारेमा सिक्नुहुनेछ।
२. वातावरण अनुकूलन गर्नुहोस्
पिटरलाई सम्झनुहुन्छ?
पिटरको मेरुदण्डमा चोट लागेको छ, र उनको कम्मरभन्दा तल पक्षाघात भएको छ (हिँड्डुल गर्न सक्दैनन्)। उनिसँग बलियो हात र शरीरको माथिल्लो भाग राम्रो छ। उनी आफ्नो ह्वीलचेयर प्रयोग गरेर स्वतन्त्र रूपमा हिँड्डुल गर्न सक्छन्।
पिटरको ठाउँमा सफा बाटो र आफ्नो बाथरूममा एक र्याम्प छ ताकि उसले स्वतन्त्र रूपमा बाथरूम प्रयोग गर्न सकोस्।
ढोका उनको ह्वीलचेयर जानसक्ने गरि पर्याप्त चौडा छ, र त्यहाँ उनको लागि भित्र घुमाउन को लागी पर्याप्त स्थान पनि छ।
३. स्वहेरचाह गर्ने तरिका परिवर्तन गर्नुहोस्
अलिशासँग भेट्नुहोस्
अलिशालाई मस्तिष्क पक्षघात (सेरेब्रल पाल्सी) छ र उनलाई आफ्नो गतिविधिलाई समन्वय गर्न र नियन्त्रण गर्न गाह्रो हुन्छ। उनी यताउता हिँड्डुल गर्नका लागि पछाडि समात्ने वाकर प्रयोग गर्छिन्।
अलिशाले आफ्नी आमाको सहयोगले जति सक्दो स्वहेरचाह गर्छिन्।
उनी लुगा लगाउनको लागि स्टुलमा बस्छिन्, र उनको नजिकै अर्को स्टूल छ र उनको लुगाहरू सजिलो पहुँचमा छन्। उनी सजिलै लगाउन सक्ने लुगाहरू पनि प्रयोग गर्छिन्।
तपाईंले पाठ एक पूरा गर्नुभयो!
यदि तपाईंसँग कुनै प्रश्न वा टिप्पणीहरू छन् भने, तिनीहरूलाई छलफल मञ्चमा लेख्नुहोस्।