स्वस्थ आँखा कस्तो देखिन्छ?
आँखाको स्वास्थ्य जाँच गर्नुहोस्
आँखाको स्वास्थ्य समस्याले व्यक्तिको हेर्ने क्षमता (दृष्टि) लाई असर गर्न सक्छ।
यद्यपि, धेरै आँखाका समस्याहरूको उपचार गर्न सकिन्छ र व्यक्तिको दृष्टि सुधार वा पूर्ण रूपमा पुनर्स्थापित गर्न सकिन्छ।
एक व्यक्तिको लागि दृष्टि सम्बन्धी सहायक सामाग्री प्रदान गर्नु अघि कुनै पनि आँखा सम्बन्धी समस्याहरूको लागि सँधै जाँच गर्नुहोस् ।
प्रश्न
कुनै पनि व्यक्तिमा आँखाको स्वास्थ्य समस्याका संकेतहरू के के हुनसक्दछन्?
- रातोपना
- सुन्निएको
- आँखामा वा नजिकै गाँठो, फोका वा केहि पलाएको
- श्राव वा केहि बहेको
- आँखा सुख्खा, किरकिरा हुनु वा चिलाउनु
- टाउको दुखेमा
आँखाको स्वास्थ्य समस्याका लक्षणहरू
निर्देशन
आँखा सम्बन्धी स्वास्थ्य समस्यामा प्रायः देखिने संकेतहरू सूचीमा पढ्नुहोस्, र सम्बन्धित चित्रहरू हेर्नुहोस्।
- व्यक्तिको आँखाको केन्द्र सेतो वा बादल लागेको छ
यो मोतिबिन्दुको सम्भावित संकेत हो । मोतियाबिन्दु वृद्ध व्यक्तिहरूमा सबैभन्दा बढी देखिन्छ, तर यसले युवाहरूलाई पनि असर गर्न सक्छ। मोतिबिन्दुले व्यक्तिको दृष्टिमा उल्लेखनीय कमी ल्याउँछ ।
मोतियाबिन्दुको उपचार गर्न सकिन्छ। आँखा स्वास्थ्य सेवा पेशेवरलाई सिफारिस गर्नु आवश्यक छ।
- आँखाको वरिपरि वा नजिकै कतै पनि रातो हुनु वा सुन्निनु
- आँखाको वरिपरि वा नजिकौ कहीँ पनि गाँठो, फोका वा केहि पलाउनु
- आँखा वा परेलाबाट निस्किने श्राव (discharge)
- आँखाका पलकहरू (eyelids) धेरै झुलेको हुन्छ ।

- एउटा आँखा, वा दुवै आँखा भित्र वा बाहिर तिर फर्कन्छन् (स्क्विन्ट)

- आँखाको बारम्बार अनियन्त्रित वा झटकेदार चाल हुन्छ ।
- पुतलीहरू (आँखाको कालो केन्द्र) प्रकाशको प्रतिक्रियामा आकार परिवर्तन गर्दैनन्, फरक आकारका हुन्छन्, वा गोलाकारको हुँदैनन्।
निर्देशन
स्वस्थ आँखाले प्रकाशमा कस्तो प्रतिक्रिया देखाउँछ भनेर हेर्नयो भिडियो हेर्नुहोस्।
चेतावनी
माथि उल्लेखित शारीरिक लक्षणहरूका साथै, केही घण्टाभन्दा बढी समयसम्म दृष्टि गुमाउनु वा नराम्रो टाउको दुख्नुले गम्भीर स्वास्थ्य समस्याको संकेत गर्न सक्छ। तुरुन्तै डाक्टरलाई देखाउनुस्।
मधुमेह र आँखाको स्वास्थ्य
मधुमेहका कारण आँखाको ज्योति गुम्न सक्छ । यद्यपि, समस्याहरूको शीघ्र पहिचान र उपचारका साथ रोक्न सकिन्छ।
यसकारण, कुनै व्यक्तिलाई मधुमेह छ कि छैन भनेर सोध्न महत्त्वपूर्ण हुन्छ ।
मधुमेह भएका कुनै पनि व्यक्तिले:
- आफ्नो चिकित्सक - नेत्र विशेषज्ञ वा मधुमेह सेवा प्रदायकहरुसँग यसको व्यवस्थापन सम्बन्धी योजना बनाउनु पर्दछ।
- आँखा सम्बन्धी स्वास्थ्यकर्मी द्वारा आफ्नो दृष्टि को नियमित समीक्षा गरिरहनुपर्दछ।
छलफल
सहकर्मीहरूसँग छलफल गर्नुहोस्:
- मधुमेह भएका व्यक्तिहरू तपाईंको क्षेत्रमा उपचारका लागि कहाँ जान्छन्?
- तपाईं यी सेवाहरूमा मानिसहरूलाई कसरी प्रेषण गर्नुहुन्छ?
निर्देशन
TAP प्राथमिक आँखा हेरचाह कोर्समा आँखा स्वास्थ्य र आँखा स्वास्थ्य समस्याहरू कसरी व्यवस्थापन गर्ने भन्ने बारे थप जान्नुहोस्।









