मुख्य सामग्रीमा जानुहोस्
परिचय

समुदायमा सहायक सामाग्रीहरू प्रयोग गर्न मानिसहरूलाई सहयोग गर्ने

पाठ: ५ मध्ये ४
विषय : २ मध्ये २
०% पूरा

धेरै मानिसहरूको लागि उनीहरूले चाहेको गर्न वा आवश्यक गतिविधिहरूमा भाग लिन सक्षम हुनुको लागि सहायक उत्पादनहरूमा पहुँच पुग्नुपर्ने एक महत्त्वपूर्ण पाटो हो।

तथापि, सहि सहायक सामाग्रीको साथ पनि, मानिसहरूले अवरोधहरूको सामना गर्न सक्छन् जसले उनीहरूको सहभागितालाई सीमित गर्न सक्दछ।

यी अवरोधहरूमा निम्न कुराहरु सामावेश हुन सक्छ:

  • पहुँच योग्य नभएको वातावरण
  • सामाजिक लाञ्छना र भेदभाव
  • पहुँच योग्य जानकारीको अभाव
  • सहयोगी सेवा वा नीतिहरूको अभाव।

सहायक सामाग्रीहरू प्रयोग गर्ने व्यक्तिहरूले आफूले चाहेको वा गर्नुपर्ने गतिविधिहरूमा अरूसँग समान आधारमाभाग लिन सक्षम छन् भन्ने सुनिश्चित गर्न सबैको भूमिका रहन्छ।

लेई, बैजनी रंगको टी-शर्ट लगाएर उभिरहेकी छिन्। उनको एउटा पाखुरा छेउमा छ भने अर्को हात कुहिना मोडेर उनको शरीरतिर फर्काएर झुण्डाएकी  छिन् ।

लेईलाई भेट्नुहोस्।

लेईलाई स्ट्रोक अर्थात मस्तिष्क पक्षघात भएको छ र उनी आफ्नी छोरीसँग घरमा बस्छिन्। लेईको शरीरको दाहिने भाग कमजोर छ र कहिलेकाहीं उनको बोली स्पष्ट हुँदैन। हिँड्डुल गर्न उनी लौरोको प्रयोग गर्छिन्।

मस्तिष्कघात हुनुअघि, लेई समुदायमा सक्रिय थिइन् र प्रायः स्थानीय बजारमा तरकारी बेच्ने गर्थिन्। तर, मस्तिष्कघात पछि उनलाई बजार जानका लागि बसमा चढ्न गाह्रो भयो । उनले बजारका केही महिलाहरूले आफ्नो कुराकानी र गतिविधिमा आफूलाई समावेश गर्न छोडेको पनि महसूस गरिन्।

बजार नजिकै एउटा बस रोकिएको छ । एक जना पुरुषले दुई जना महिलाका लागि ढोका खोलिदिन्छन्, एक जना महिला लौरो प्रयोग गरिरहेकी छिन्।

लेईले एक्लो महसूस गरे र प्रायः बजारमा जान छोडिन्। तथापि, एक दिन बस ड्राइभरले लेईलाई उनले बनाएको एउटा सानो सजिलै बोक्न सकिने (पोर्टेबल) खुड्किलो देखाए जुन, जसले उनलाई बसमा चढ्न र ओर्लन धेरै सजिलो बनायो।

लेइ र उनका साथी आफ्नो बजारको पसलको पछाडि उभिएर तरकारी बेचिरहेका थिए।

बजारमा लेईको साथीले पनि उनलाई अन्य महिलाहरूसँग कुरा गर्न सहयोग गरे र लेईले अझै पनि बुझ्न र कुराकानीमा भाग लिन सक्छिन्, तर स्पष्ट रूपमा बोल्न थप समय चाहिन्छ भनेर सम्झाए। अरू महिलाहरूले उनलाई बुझे र उनिहरुको गतिविधिहरुमा र कुराकानीमा फेरि समावेश गरे, उनीहरूले लेईलाई जवाफ दिन आवश्यक पर्ने जति समय दिए।

लेई फेरि नियमित रूपमा बजारमा आफ्नो तरकारी बेच्छिन्, र अन्य महिलाहरूसँग घुलमिल हुन मन पराउँछिन्।

प्रश्न

१. लेईले सहभागी हुन कस्ता अवरोधहरूको सामना गर्नुपऱ्यो?

१. लेई ले निम्न अवस्थाहरुको सामाना गर्नु पर्योः

  • शारीरिक अवरोध (उनलाई बसमा चढ्न गाह्रो लाग्यो)
  • प्रवृत्तिजन्य अवरोधहरू (बजारमा महिलाहरूले लेईलाई उनीहरूको कुराकानी र गतिविधिहरूबाट बहिष्कृत गरे)।

२. ति अवरोधका स्थितिहरुबाट कसरी पार पाए? विभिन्न ब्यक्तिहरुले कस्तो भूमिका खेले?

२. आफ्नो समुदायका मानिसहरूको सहयोगले अवरोधहरूबाट पार पाए:

  • बस चालकले लेईलाई पोर्टेबल खुड्किलो बनाएर बसमा चढ्न र ओर्लन सक्ने वातावरण बनाएर भौतिक अवरोध मुक्त्त गर्न मद्दत गरे।
  • लेईको साथीले उनलाई अन्य महिलाहरूसँग कुरा गर्न सहयोग गरे, जसको कारण उनीहरूले लेई अझै पनि उनीहरूको कुराकानी र गतिविधिहरूमा भाग लिन सक्छन् भन्ने बुझे।

तपाईंले पाठ चार पूरा गर्नुभयो!

यदि तपाईंसँग कुनै प्रश्न वा टिप्पणीहरू छन् भने, तिनीहरूलाई छलफल मञ्चमा लेख्नुहोस्

0%
समुदायमा सहायक सामाग्रीहरू प्रयोग गर्न मानिसहरूलाई सहयोग गर्ने
पाठ: ५ मध्ये ४
विषय : २ मध्ये २