मुख्य सामग्रीमा जानुहोस्
गतिशीलता

२. साधारणतया धेरै जसो हुने गतिशीलता सम्बन्धी समस्याहरू

पाठ: 1 को 4
विषय : 2 को 3
0% पूरा

मानिसहरूलाई धेरै कारणले हिँड्डुल गर्न गाह्रो हुन सक्छ।

केही सामान्य कारणहरू तल उल्लिखित छन्।

नाजुक वा कमजोरी

नाजुक वा कमजोर व्यक्तिलाई सन्तुलित हुन र हिँड्डुल गर्न गाह्रो हुन सक्छ ।

दुखाई वा कडापन

दुखाई वा जोर्नीको कडापनले व्यक्तिको हिँड्डुल गर्ने क्षमतामा सीमितता ल्याउँछ।

उदाहरणका लागि, घुँडाको बाथ (जोर्नी दुख्ने) ले मानिसलाई उठ्न वा हिँड्डुल गर्नबाट रोक्न सक्छ।

क्याली, एक बूढी महिला, वाकिंग फ्रेमको सहारामा उभिएकी छिन्।

क्यालीलाई भेट्नुहोस्

क्याली कमजोर छ र उनलाई बाथरोग छ। उनको कम्मर र घुँडा दुख्ने गर्छ जसले गर्दा हिँड्डुल गर्न गाह्रो छ ।

पक्षघात

पक्षघात भनेको शरीरको अङ्गलाई चलाउने क्षमतामा आउने कमी हो ।

उदाहरणका लागि, मेरूडण्दमा चोट लागेका मानिसहरूको खुट्टा पक्षघात हुन्छ। खुट्टा पक्षघात भएको व्यक्ति उभिन वा हिँड्डुल गर्न सक्दैन ।

पिटर, एक पुरुष, आफ्नो ह्वीलचेयरको पुश रिम्समा हात राखेर बसिरहेका छन।

पिटरलाई सम्झनुहुन्छ?

पिटरको मेरुदण्डमा चोट लागेको छ र उनको कम्मरभन्दा मुनि पक्षघात भएको छ। पिटरको गतिशीलता सम्बन्धी स्थायी समस्या छ , किनकि उनी अतिरिक्त सहायता बिना फेरि हिँड्डुल गर्न सक्षम छैनन्।

विच्छेदन (ऐम्प्युटेशन)

खुट्टा वा पैताला विच्छेदन गरेका व्यक्तिहरूले हिँड्डुल गर्न गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरु प्रयोग गर्नुपर्ने आवश्यकता हुन्छ।

आसिफ, एक पुरुष, दुईवटा कुहिना सम्मको बैसाखीमा हिँडिरहेको छ । उनको दाहिने खुट्टा घुँडाभन्दा मुनि काटिएको छ ।

आसिफलाई सम्झनुहुन्छ?

आसिफको दाँया घुँडा मुनिको भाग काटिएको छ ।

कमजोर सन्तुलन वा समन्वय

कमजोर सन्तुलन वा समन्वय भएका व्यक्तिहरूलाई हिँड्डुल गर्न गाह्रो हुन सक्छ। उनीहरू पनि लड्ने जोखिम हुन्छ। उपयुक्त जुत्ताको बारेमा सल्लाह दिएर लड्ने जोखिम कम गर्न सकिन्छ ।

धेरै कमजोर सन्तुलन वा समन्वय भएका व्यक्तिहरू सीधा बस्न वा सहायता बिना हिँड्डुल गर्न सक्दैनन्।

ऐइशा, एक जवान केटी, पछाडि समात्ने वाकरको साथ उभिरहेकी छिन् जुन पाङ्ग्राहरू सहितको पछाडिबाट आड दिने   वाकिंग फ्रेम हो। उनले दुईटै खुट्टामा अर्थोसिस् र उपयुक्त जुत्ता लगाएकी छिन् ।

अलिशासँग भेट्नुहोस्

अलिशालाई मस्तिष्क पक्षाघात छ र उनलाई आफ्नो चालहरू समन्वय र नियन्त्रण गर्न गाह्रो हुन्छ। उनलाई घुम्नको लागि सहयोग चाहिन्छ।

तपाईंले पाठ तीनमा उपयुक्त जुत्ताबारे थप कुरा सिक्नुहुनेछ।

श्पर्स (सेन्सेशन) सम्बन्धी समस्याहरू

कुनै व्यक्तिको पैताला वा खुट्टामा छोएको कम महसुस हुने समस्याले गतिशीलतालाई सीमित गर्न सक्छ र उनीहरू लड्ने जोखिम बढाउँछ।

आफ्नो पैतालामा छोएको कम महसुस हुने समस्या भएका व्यक्तिलाई चोटपटक लाग्ने र/वा पैतालामा घाउ लाग्ने जोखिम हुन्छ।

अर्को विषयमा तपाईंले पैतालाको घाऊको बारेमा थप जानकारी पाउनुहुनेछ।

आफ्नो पैतालामा महसुसको समस्या भएका जो कोहीलाई पनि उपयुक्त जुत्ता लगाउन प्रोत्साहित गर्नुहोस्।

माथियास, एक वृद्ध पुरुष आफ्नो अगाडि  रोलेटरको साथ बेन्चमा बसिरहेको छ  ।

माथियासलाई सम्झनुहुन्छ ?

माथियास नाजुक छन् र मधुमेहका कारण उनको पाइतालामा छोएको कम महसुस हुने समस्या छ। उनी सुरक्षित रूपमा हिँड्न रोलेटरको प्रयोग गर्छन ।

राम्रो स्वास्थ्य, समावेशी र सहभागिताका लागि सकेसम्म गतिशील हुनु अति आवश्यक छ ।

गतिशीलतामा कठिनाइ भएका व्यक्तिहरूले उनीहरूको गतिशीलतालाई निम्न कुराहरुले बढाउन सक्छन् :

  • गतिशीलता सम्बन्धी सही सहायक सामाग्रीहरु
  • पुनर्स्थापना (यदि आवश्यक भएमा)
  • पहुँचयुक्त वातावरण।

रोबर्टोले गतिशील हुनुको अर्थ उनको लागि के हो भनेर व्याख्या गरेको सुन्न यो छोटो भिडियो हेर्नुहोस्।