मुख्य सामग्रीमा जानुहोस्
गतिशीलता

पैतालाको घाऊ

पाठ: 1 को 4
विषय : 3 को 3
0% पूरा

पाइतालामा पट्टी बाँधेकी एउटी माहिलाले हिँड्नका लागि कुमसम्मको बैसाखी प्रयोग गरिरहेकी छिन्।

पैतालाको घाऊ भनेको पैतालाको कुनै पनि भागमा रहेको छाला फुट्नु हो ।

निम्न कारणले घाऊ हुन सक्छ:

  • उदाहरणका लागि, धारिलो वस्तुमा टेक्दा पैतालामा चोट लाग्‍नु
  • उदाहरणका लागि फिटिंग नमिलेको जुत्तामा दबाव वा घर्षणको कारण चोट लाग्‍नु।

पैतालाको चोटले गतिशीलता गुम्न सक्छ। संक्रमित घाऊहरूले बिच्छेदन (ऐम्प्युटेशन) र मृत्युसमेत निम्त्याउन सक्छ।

छलफल

मधुमेहको कारण हुने पैतालाको घाऊका कारण विश्वमा हरेक ३० सेकेन्डमा कोहि न कोहि एक व्यक्तिको खुट्टा विच्छेदन हुने अनुमान गरिएको छ ।

  • के तपाईं पैतालामा घाऊ लागेको कसैलाई चिन्नुहुन्छ ?
  • के तपाईंलाई थाहा छ यो कसरी शुरु भयो?
  • यसलाई कसरी व्यवस्थापन गरियो?
  • के यो निको भयो वा थप जटिलता तिर बढ्न थाल्यो?

विच्छेदन (ऐम्प्युटेशन) बाट अक्सर बच्नको लागि:

  • पैतालामा घाऊ हुनबाट जोगाउने वा
  • पैतालामा घाऊ हुने बित्तिकै पहिचान र उपचार गर्ने।

पैतालामा हुने घाऊको कारण के हो र पैतालामा गम्भीर चोट लाग्ने जोखिम कसलाई बढी हुन्छ भन्ने बारे थप जान्न पढ्नुहोस्।

निम्न स्वास्थ्य समस्याहरू मध्ये कुनै पनि समस्या भएका व्यक्तिहरुका लागि पैतालाको घाऊ एक गम्भीर समस्या निम्त्याउन सक्छ:

पैतालामा स्पर्श (सेन्सेशन) को समस्या भएकाहरु

पैतालामा स्पर्श समस्या हुनुको अर्थ व्यक्तिले दुखाई, दबाव, तातो वा छोएको महसूस गर्न सक्दैन।

पैतालामा स्पर्शको समस्या भएको , वा पैतालामा कुनै स्पर्श महसुस गर्न नसक्ने व्यक्तिको पैतालामा घाऊ हुने उच्च जोखिम रहन्छ, किनकि जब कुनै वस्तुले उनीहरूको पैतालामा हानि पुर्‍याइरहँदा पनि उनीहरूले त्यो महसुस गर्न सक्दैनन्।

मधुमेह, कुष्ठरोग, मेरुदण्ड वा हृदयघात भएका व्यक्तिहरूले अक्सर आफ्नो पैतालामा छोएको कम महसुस गर्छन्। यसकारण उनीहरू पैतालामा हुने घाऊको जोखिममा हुन्छन्।

धेरै मात्रामा रक्सी पिउने केहि मानिसहरुमा पनि पैतालामा स्पर्शको महसुस नहुने हुन्छ। र पैतालामा हुने घाऊको जोखिममा पर्छन्।

जो व्यक्तिमा  पैतालाको समस्या छ , खाली खुट्टा हिँड्दा चोटपटक को जोखिम हुने र पैतालामा हुने घाव को विकास हुने जोखिम बढ्छ।

जोसेफिना र एक जवान केटा गहिरो पानीमा हिंड्दैछन्। तिनीहरूले आफ्नो काँधमा एउटा लामो लट्ठी बोकेका छन् र त्यसमा ठूलठूला माछाहरू झुन्डिएका छन्।

प्रश्न

जोसेफिना ४५ वर्षकी छिन् र उनलाई मधुमेह छ । उनको पैतालामा पूर्ण रुपमा महसुस नहुने समस्या छ र रक्त प्रवाह पनि न्यून छ ।

जोसेफिना माछा मार्ने गर्छ र समुद्र तटमा र डुङ्गामा धेरै समय बिताउँछिन्। उनी प्रायः खाली खुट्टामा नै हुन्छिन्।

के जोसेफिनालाई खुट्टामा चोट लाग्ने जोखिम छ?



हो, जोसेफिना मध्यम जोखिममा छिन् किनभने उनले पैतालामा पूर्णतया महसुस गर्न सक्दिनन् र जुत्ता लगाएर पैतालालाई सुरक्षित राखेकी छैनन् । समुद्र किनारमा, पानीमा वा डुङ्गाबाट उनको पैतालामा चोट लाग्न सक्छ । न्यून रक्तप्रवाहले गर्दा घाऊ ढिलो निको हुने र संक्रमण हुने जोखिम बढाउँछ।

रक्त प्रवाहमा कमी

जब पैतालामा रक्त प्रवाह कम हुनजान्छ, पैतालाको घाउ निको हुन धेरै समय लाग्छ र संक्रमणको जोखिम बढ्छ ।

मधुमेह, हृदय रोग र / वा मृगौला रोग भएका व्यक्तिहरूमा अक्सर रक्त प्रवाह कम हुन्छ।

धुम्रपान गर्ने व्यक्तिमा पनि रगतको प्रवाह कम भएको हुन सक्छ ।

बायाँ खुट्टा विच्छेदन (ऐम्प्युटेशन) गरेका रविले कुम सम्मको बैसाखीको सहायताले हिँड्न थाले ।

रवि सँग भेट्नुहोस् ।

रवि मधुमेहबाट पीडित वृद्ध व्यक्ति हुन् । उनले आफ्नो घरमा फुटेका सिसाको सानो टुक्रामा पाइला टेक्न पुगे। उनको पैतालामा छोएको कम महसूस हुने भएकोले उनले केही दिनसम्म पैतालामा काटेको थाहा पाएनन् । जब उनलाई यो कुरा थाहा भयो, उनले आफैंले काटिएको घाऊको व्यवस्थापन गर्ने प्रयास गरे।

मधुमेहका कारण रविको पैतालामा रगतको प्रवाह कम भयो । यसको मतलब घाऊ निको भएन र चाँडै नै संक्रमित भयो। संक्रमण फैलियो र रवि निकै बीरामी भए ।

रविको परिवारले उनलाई अस्पताल पुर्‍याए । त्यहाँ उनले संक्रमणलाई थप फैलन नदिन आफ्नो पैताला र खुट्टाको तल्लो भाग काट्नु आवश्यक भएको थाहा पाए। विच्छेदन (ऐम्प्युटेशन) नगरे रविको मृत्यु पनि हुन सक्थ्यो ।

प्रश्न

पैतालाको घाउको रोकथामले यसको कारण हुने विच्छेदन (ऐेम्प्युटेशन) लाई कम गर्न मद्दत गर्दछ।

रविलाई पैतालाको चोटबाट बचाउन सक्ने केही कुराहरू के-के हुन्?

  • रविलाई आफ्नो पैतालाको हेरचाह साथै हरेक दिन घाऊको जाँच कसरी गर्ने भन्ने बारेमा शिक्षा ।
  • आफ्नो पैतालाको सुरक्षाको लागि घरभित्र र बाहिर उपयुक्त जुत्ता लगाउने वारे शिक्षा।

विच्छेदन (ऐम्प्युटेशन) कम गर्ने अर्को तरिका  भनेको पैतालाको घाऊको शीघ्र पहिचान र उपचार हो।

रविलाई विच्छेदन (ऐम्प्युटेशन) हुनबाट जोगिन कुन कुराले मद्दत गर्न सक्थ्यो होला?

  • पैतालामा चोट लाग्ने बित्तिकै रवि आफ्नो स्थानीय स्वास्थ्य क्लिनिकमा जान सक्थे
  • प्रशिक्षित स्वास्थ्यकर्मीहरू द्वारा उनको खुट्टाको घाऊको बारम्बार, नियमित उपचार र निगरानी गरी
  • नियमित मधुमेहको समीक्षा र व्यवस्थापन गरि।

असामान्य पैतालाको आकार,पैतालाको औंला वा पैतालाको विच्छेदन

जब हामी उभिन्छौं, हाम्रो शरीरको वजन हाम्रो पैतालाको माध्यमबाट समान रूपममा जमीनमा फैलिन्छ ।

हिँड्दा, हरेक पाइलामा, पैतालाले भुइँमा एक व्यक्तिको कुल शरीरको १ १/२ (डेढ) गुणा वजन बोक्छ। यो वजन समान रूपमा फैलिनु महत्त्वपूर्ण हुन्छ।

पैतालाको आकारमा आउने परिवर्तनले पैतालाको भागहरूमा धेरै दबाब निम्त्याउन सक्छ। यसले गर्दा पैतालामा घाऊ लाग्‍न सक्छ ।

असामान्य आकारका औंला वा पैताला भएका व्यक्ति, वा पैतालाको औंला वा पैताला विच्छेदन (ऐम्प्युटेशन) भएका व्यक्तिहरूमा , वजन वहन गर्दा पैतालामा दबाबका कारण चोट लाग्ने जोखिम हुन्छ।

रुबी क्लिनिकको बेडमा पैताला तनकाएर बसेकि छिन् । एक जना सेवा प्रदायकले  उनको पैताला को जाँच गर्दैछिन् ।

रूबी सँग भेट्नु होस्

रुबी ५५ वर्षकी हुन् र उनलाई मधुमेह छ । पैतालाको संक्रमित घाऊका कारण उनको पैतालाको औंला काटिएको छ ।

जब रुबी हिँड्छिन् तब उनको पूरा पैतालामा समान रूपमा वितरण भएको वजन अब उनको पैतालाको बाँकी भागमार्फत वितरण भएको छ।

पैतालाको बाँकी भागमा दबाब बढेकाले उनलाई अर्को पैतालामा घाउ हुने खतरा छ ।

रुबी आफ्नो स्वास्थ्य र मधुमेहको व्यवस्थापन भइरहेको छ कि छैन भनेर जाँच्‍न नियमित रूपमा मधुमेह क्लिनिकमा जान्छिन्। पैतालामा अर्को घाऊ हुने जोखिम भएकोले उनी डायबिटिक फुट क्लिनिकमा पनि जान्छिन्। अर्को पैतालाको घाउ बाट बच्‍नकालागि रुबीलाई एउटा विशेष जुत्ता प्रदान गरिएको छ जसले उनको पैतालाको बाँकी भागमा दबाब कम गर्न मद्दत गर्दछ। यसलाई अफ लोडिङ डिभाइस भनिन्छ । उनी आफ्नो पैतालामा दबाब कम गर्न कुहिनो सम्मको बैसाखी लिएर पनि हिँड्छिन्।

तपाईंले पाठ एक पूरा गर्नुभयो!

अर्को पाठमा तपाईंले विभिन्न प्रकारका गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरूको बारेमा सिक्नुहुनेछ।