यस विषयमा तपाईं गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरू को जाँच (स्क्रिनिङ्ग) सम्बन्धी पहिलो भाग कसरी पूरा गर्ने भनेर सिक्नुहुनेछ।

यदि तपाइँहरुले पहिले नै यसको प्रतिलिपिहरू डाउनलोड र मुद्रण गर्नु भएको छैन भने, अब गर्नुहोस्:
- TAP गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरूको जाँच (स्क्रिनिङ्ग) फाराम
- TAP गतिशीलता सम्बन्धी सहायक सामाग्री पैताला जाँच सम्बन्धी मार्गनिर्देशन (फुट स्क्रिन गाइड)
यदि तपाईं फाराम डाउनलोड गर्न असमर्थ भएमा, चिन्ता नगर्नुहोस्। जब तपाईं मोड्युलमा जानुहुन्छ फारममा रहेका प्रत्येक प्रश्नहरू स्पष्ट रूपमा देखाइएको छ ।
TAP गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरूको जाँच (स्क्रिनिङ्ग) फाराम
गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरूको जाँच (स्क्रिनिङ्ग) फाराम एक सरल उपकरण हो जुन स्क्रिनिंगको समयमा मार्गदर्शकको रूपमा प्रयोग गर्न सकिन्छ।
फारममा गतिशीलतामा कठिनाईहरू भएका व्यक्तिलाई सोध्ने प्रश्नहरू समावेश गरिएका छन् जसले तपाईंलाई निम्न कुराहरु थाहा पाउन मद्दत गर्दछ:
- यदि व्यक्तिलाई जाँच (स्क्रिनिङ्ग) फारममा समावेश सहायक सामाग्रीहरुबाट लाभ हुनसक्छ भने
- यदि स्वास्थ्यकर्मी, पुनर्स्थापना सेवा, प्रोस्थेटिक तथा अर्थोटिक सेवा वा अन्य सहायताको लागि प्रेषण आवश्यक छ भने।
जब तपाईंले फारममा यो चित्र देख्नुहुन्छ, यसको मतलब व्यक्तिलाई प्रेषणको आवश्यकता हुन सक्छ।
यो जाँच (स्क्रिनिङ्ग) गतिशीलता सम्बन्धी सामाग्रीहरुमा केन्द्रित छ । तथापि, गतिशीलता सम्बन्धी सामाग्री प्रयोग गर्ने व्यक्तिले अन्य प्रकारका सहायक सामाग्रीहरूबाट पनि लाभ उठाउन सक्छन्।
फारमको अन्त्यमा, नोटहरू लेख्न र व्यक्तिको लागि योजना बनाउन ठाउँ राखिएको छ।
आउनुहोस् अब गतिशीलता सम्बन्धी जाँच (स्क्रिनिङ्ग)को प्रत्येक खण्डमा जाऔं।
व्यक्तिको बारेमा जानकारी
व्यक्तिको सम्पर्क विवरण, लिङ्ग र उमेर सहित सामान्य जानकारी सङ्कलन गरेर शुरु गर्नुहोस् ।
गतिशीलता र स्वास्थ्य जोखिम सम्बन्धी सरल जाँच
गतिशीलता सम्बन्धी सहायक सामाग्री प्रदान गर्नु अघि, कुनै पनि गतिशीलता वा स्वास्थ्य जोखिमहरूको लागि जाँच गर्न महत्त्वपूर्ण हुन्छ जसको लागि थप अनुसन्धान र / वा व्यवस्थापनको आवश्यकता हुनसक्छ।

व्यक्तिको गतिशीलता वा स्वास्थ्य सम्बन्धी जोखिम छ कि छैन भनेर पत्ता लगाउन जाँच (स्क्रिनिङ) फारमको यो खण्ड प्रयोग गर्नुहोस्।
अचानक गतिशीलतामा क्षति हुनु
व्यक्तिलाई सोध्नुहोस्:
के विगत तीन महिनामा तपाईंको गतिशीलता धेरै घटेको छ?
अचानक गतिशीलतामा क्षति देखिएमा, व्यक्तिको स्वास्थ्य अवस्था परिक्षण र उपचार गर्न आवश्यक छ भन्ने संकेत हुनसक्छ।
थप सल्लाहको लागि स्वास्थ्य र / वा पुनर्स्थापनाकर्मीको मा प्रेषण गर्नुहोस्।
व्यक्तिलाई अझै पनि गतिशीलता सम्बन्धी सहायक सामाग्रीबाट लाभ पुग्नसक्छ, त्यसैले जाँच (स्क्रिन) पूरा गर्नुहोस्।
प्रतिविम्ब
के तपाईं आफैले चिनेको कोही अचानक अस्वस्थ भएको वा आफ्नो गतिशीलता गुमाएको व्यक्तिबारे सोच्न सक्नुहुन्छ ?
के उनीहरुको कुनै स्वास्थ्य अवस्था (बिमारी) थियो ?
बालबालिकाको गतिशीलता
आमाबाबु वा साना बच्चाहरूको हेरचाह गर्नेहरूलाई सोध्नुहोस्:
के बच्चा दुई वर्षभन्दा बढी उमेरको छ र अझै हिँड्डुल गर्न थालेको छैन?
दुई वर्षको उमेरमा धेरै बच्चाहरू आफै हिँड्न सक्षम हुन्छन्।
यदि कुनै बच्चा दुई वर्ष नाघेको छ र अझै हिंडिरहेको छैन भने, स्वास्थ्यकर्मी वा पुनर्स्थापना सेवाको लागि प्रेषणको बारे छलफल गर्नुहोस्।
शीघ्र रेफरलले बच्चाको क्षमता विकास गर्ने उत्तम अवसर दिन्छ।

लड्ने जोखिम
व्यक्तिलाई सोध्नुहोस्:
के तपाईंलाई लड्ने चिन्ता हुन्छ, वा तपाईं बारम्बार लड्नुहुन्छ?
यदि व्यक्तिमा सन्तुलनको समस्या छ भने, उनीहरूलाई लड्ने चिन्ता हुन सक्छ।
विशेष गरी वृद्ध व्यक्तिहरूका लागि लड्नु खतरा हुन्छ। आफैलाई चोट पुर्याउने सम्भावना बढी हुन्छ र निको हुन धेरै समय लाग्छ।।
देख्न वा सुन्न गाह्रो हुने, सोच्न र सम्झन गाह्रो हुने, कमजोर हुने र सन्तुलनमा कठिनाई हुने जस्ता समस्याले गर्दा लड्ने खतरा बढ्न सक्छ ।
यदि कुनै वृद्ध व्यक्ति विगत १२ महिनामा एक पटकभन्दा बढी लडेको छ भने उनीहरू फेरि लड्ने खतरा हुन्छ ।
गतिशीलता सम्बन्धी वा अन्य कुनै सहायक सामाग्रीले उनीहरूलाई लड्नबाट बच्न सहयोग गर्छ की भनेर उनीहरूसँग छलफल गर्नुहोस् ।
तपाईं उनीहरूलाई लड्न सक्ने जोखिम बारे पूर्ण परिक्षणको लागि पुनर्स्थापना सेवामा पनि रेफर गर्न सक्नुहुन्छ।

सोफियालाई भेट्नुहोस्
सोफिया ६८ वर्षकी भइन् र हालै उनी आफ्नो घरमा केही पटक लडिन् । परिक्षण पछि, हिँड्डुलमा सहयोग होस् भनेर सोफिया लाई रोलेटर दिइएको थियो । उनी स्थानीय पसलमा हिँडेर जान रमाएकी छिन् । तथापि सोफिया राति शौचालय जाने क्रममा फेरि लडेकि थिइन् ।
गतिविधि
सोफियाको लागि तलका कुन कार्यहरू उपयोगी हुनेछन्?
सही
पुनर्स्थापना सेवाले सोफियालाई उनको शक्ति, सन्तुलन वा समन्वय सुधारमा मद्दत गर्न अभ्यास प्रदान गर्न सक्छ। यस सेवाले सोफियालाई उनको वातावरणलाई सकेसम्म सुरक्षित बनाउन को लागी सल्लाह पनि दिन सक्छ ताकि धेरै लड्नबाट बचाउन सकियोस् ।
सही
समात्ने बारले सोफियालाई ओछ्यानबाट सन्तुलित भएर उठ्न मद्दत गर्न सक्छ।
सही
उनलाई अन्य सहायक उत्पादनहरूको आवश्यकता हुन सक्छ - उदाहरणका लागि; देख्न वा सुन्न कठिनाइहरू सन्तुलन कम गर्दछ र झर्ने जोखिम बढाउँछ, एक व्यक्तिगत अलार्मले सोफिया खस्यो र उठ्न सकेन भने सतर्क मद्दत गर्न सक्छ।
दबावबाट हुने घाऊ (प्रेशर वुण्ड)
दबावबाट हुने घाऊ (प्रेसर वुण्ड) भनेको छाला टुक्रिनु हो । यो सामान्यतया हड्डी भएको क्षेत्र जस्तै ढाड, कम्मर वा कट्टिका हड्डीहरू भन्दा माथि हुन्छ।
छोएको अनुभूति (सेनसेशन) नहुने वा शरिर चलाउन र सार्न कठिनाई भएका व्यक्तिहरूको लागि दबावबाट हुने घाऊ (प्रेशर वुण्ड) एक आम समस्या हो ।
यदि कसैलाई पहिले नै चोट लागेको छ भने उसलाई अर्को चोटलाग्ने खतरा हुन्छ।
दबावबाट हुने घाऊ (प्रेशर वुण्ड)का तस्विरहरू हेर्नुहोस् जसले घाऊ कसरी पहिला चिन्हको रूपमा शुरु हुन्छ र बिस्तारै ठूलो, गहिरो र सम्भवतः संक्रमित हुनजान्छ भनेर देखाउँछ।
कालो रङको छालामा घाउको पहिलो चरण देख्न गाह्रो हुन सक्छ। वरपरको भन्दा छाला तातो र/वा सुन्निएको महसुस हुन्छ कि हुन्दैन जाँच गर्नुहोस्।
गोरो हल्का रङको छालामा रातो दाग देखिन्छ । गाढा रङको छालामा निलो वा बैजनी रङको दाग हुन सक्छ ।
घाउहरू बिग्रन नदिन तत्काल कदम चाल्नु आवश्यक हुन्छ।




निको नहुने दबावको कारण भएको घाऊ (प्रेसर वुण्ड) स्वास्थ्यका लागि गम्भीर जोखिम हो । दबावको कारण हुने घाऊ (प्रेसर वुण्ड) हरू बढ्नबाट रोक्न शीघ्र व्यवस्थापन महत्त्वपूर्ण हुन्छ।
व्यक्तिलाई सोध्नुहोस्:
के तपाईंलाई कुनै दबावबाट हुने घाऊ (प्रेसर वुण्ड) भएको छ?
यदि कुनै व्यक्तिलाई प्रेसर वुण्ड छ भने उनीहरूलाई घाऊमा पर्ने कुनै पनि दबावबाट बच्न सल्लाह दिनुहोस्।
घाऊ व्यवस्थापनको लागि स्वास्थ्यकर्मीकोमा प्रेषण गर्नुहोस्।
प्रश्न
एक वृद्ध व्यक्ति कमजोर र अस्वस्थ छ। उनी ओछ्यानमा सुतेका छन्, र उनलाई पोजीशन बदल्न गाह्रो छ। उनले तपाईंलाई आफ्नो कम्मरमा एक दबावबाट घाऊ भएको बताए ।
तपाईं के कदम चाल्न सक्नुहुन्छ?
सबै सही छन्
यी चारवटै कदम चाल्नुपर्ने कदम हुन् ।
पैतालामा घाऊको जोखिम
पैतालाको जाँच (स्क्रीन) आवश्यक छ कि छैन भन्ने निर्णय गर्न गतिशीलता सम्बन्धी स्क्रिनिंग फारमको यो खण्ड प्रयोग गर्नुहोस्।
व्यक्तिलाई सोध्नुहोस्:
के विगतमा तपाईंको पैतालामा घाऊ लागेको छ वा विच्छेदन (ऐम्प्युटेशन) भएको छ?
कुनै पनि व्यक्ति विगतमा पैतालाको घाऊ भएको वा जसको विच्छेदन गरेको छ, विशेष गरी यदि यो निको हुन लामो समय लागेमा, अर्को पैतालामा घाउ हुने जोखिम हुन्छ।
विगतमा पैताला को घाऊ लागेको वा विच्छेदन भएको व्यक्तिका लागि सधैं पैतालाको जाँच (स्क्रिन) पूरा गर्नुहोस्।
व्यक्तिलाई सोध्नुहोस्:
के तपाईंलाई :
- मधुमेह
- कुष्ठरोग,
- मुटु र/वा मृगौलाको रोग
- तपाईंको पैतालामा घाऊ, चोट वा सूजन छ।
मधुमेह, कुष्ठरोग, मुटु र मृगौलासम्बन्धी रोग भएका व्यक्तिहरूको पैतालामा घाऊ हुने जोखिम हुन्छ।
पैतालामा घाऊ, चोट वा सूजन भएकाो अवस्थामा कुनै पनि व्यक्तिको खुट्टाको जाँच (स्क्रिनिङ्ग) सधैं पूरा गर्नुहोस् ।
व्यक्तिलाई सोध्नुहोस्:
- के तपाईं धुम्रपान गर्नुहुन्छ?
- के तपाईं रक्सी पिउनुहुन्छ?
- के तपाईं प्रायः खाली खुट्टा हिँड्नुहुन्छ?
धुम्रपान र अत्यधिक मात्रामा रक्सी पिउँदा मानिसको खुट्टामा चोट लाग्ने खतरा बढ्नुका साथै खुट्टाको घाऊ निको हुन पनि बढि समय लाग्नसक्छ ।
खाली खुट्टा हिँड्दा पैतालामा घाऊ हुने खतरा बढ्छ किनभने पैताला कम सुरक्षित हुन्छ ।
धुम्रपान गर्ने, मदिरा पिउने र/वा प्रायः खाली खुट्टा हिँड्ने व्यक्तिका लागि सधैं पैतालाको जाँच पूरा गर्नुहोस्।
प्रश्न

जेन्सेन ६० वर्षका छन् । उहाँ उभिन र हिँड्न सक्नुहुन्छ, तर कहिलेकाहीं अस्थिर महसुस गर्नुहुन्छ। उहाँ आफु लडिन्छ कि भनेर चिन्तामा गर्नुहुन्छ ।
जेन्सेनलाई मधुमेह छ । एक वर्षअघि ढुङ्गाले लागेर आफ्नो पैताला काटेको र घाऊ निको हुन धेरै समय लागेको बताउनुहुन्छ।
के तपाईंले जेन्सेनको पैताला को जाँच (फुट स्क्रिन) गर्नुहुन्छ?
हो, पैताला जाँच (फुट स्क्रिन) गर्नुस् । मधुमेहको लागि जाँच गर्न जेन्सेन नियमित रूपमा स्वास्थ्य सेवामा पनि जाँच को लागि गएको निर्क्यौल गर्नुहोस् ।
यदि छैन भने, प्रेषण गर्नुहोस्।
तपाईंले कसरी पैताला जाँच (स्क्रिन) कसरि गर्ने भन्ने बारे अर्को विषयमा सिक्नु हुनेछ ।