मुख्य सामग्रीमा जानुहोस्
स्वहेरचाह

स्वहेरचाह (सेल्फ केयर) भनेको के हो?

पाठ: ४ मध्ये १
विषय : ३ मध्ये १
०% पूरा

स्वहेरचाह (सेल्फ केयर) भनेको स्वयं आफ्नै हेरचाह गर्नु हो । यो TAP मोड्युल स्वहेरचाह (सेल्फ केयर) गतिविधिहरूमा केन्द्रित छ जुन एक व्यक्तिले हरेक दिन आफ्नो आधारभूत व्यक्तिगत आवश्यकताहरूको हेरचाह गर्ने गर्दछ।

स्वहेरचाह (सेल्फ केयर) गतिविधिहरूको केही सामान्य उदाहरणहरू हुन्:

  • आफै नुहाउने

लामो कपाल भएको व्यक्तिले नुहाउँदै गरेको । उहाँ आफ्नो टाउको नुहाउन हात माथि गरिरेका छन्।

  • शौचालय जाने

ह्वीलचेयर प्रयोग गर्ने एक जना मानिस एउटा छेउमा ग्राब बार भएको र्‍याम्पमा ह्वीलचेयर प्रयोग गर्दैछ। र्‍याम्पको माथि पहुँचयोग्य शौचालयको लागि खुला ढोका छ।

  • लुगा लगाउने

एउटी महिलाले आफ्नो शर्टको माथिल्लो भागको टाँक लगाउन दुवै हात प्रयोग गर्दैछिन्।

  • खाने र पिउने

एउटी केटीले दुवै हातले स्याउ समातेर खांदैछिन्।

अधिकांश स्वहेरचाह (सेल्फ केयर) गतिविधिहरू स्वतन्त्र रूपमा पूरा गर्न, मानिसहरूले गतिशीलता (mobility), सन्तुलन (balance), शक्ति (strength) र समन्वय (coordination) जस्ता शारीरिक कौशलहरू प्रयोग गर्छन्।

एक व्यक्तिको स्वहेरचाह सम्बन्धी कार्यहरूको योजना बनाउन र यसलाई सम्झन सक्षम हुन सोच्न सक्ने कौशल (thinking skill) को पनि आवश्यकता हुन्छ ।

कसैको स्वहेरचाह (सेल्फ केयर) मा उनीहरु संग काम गर्दा, यो गतिविधिमा उनीहरुले पूरा गर्न आवश्यक विभिन्न चरणहरु सम्बन्धी कौशल बुझ्न उपयोगी छ।

आउनुहोस् स्वहेरचाह (सेल्फ केयर) गतिविधिहरूमा संलग्न चरण र सीपहरू दुई उदाहरणमा हेरौं।

गतिविधि

१. आफ्नो शरीर धुनु

हाल्फ पाईन्ट लगाएका एक जना मानिस बेन्चमा बसि आफ्नो टाउकोमाथि जगबाट पानी खन्याउँदैछन्। पानी भएको एउटा ठूलो बाटा उनको छेउमा राखेको छ।

तपाईंले शरीर नुहाउँदा कुन चरणहरु पूरा गर्नुपर्दछ?

यसलाई १ देखि ६ सँख्यामा सही रुपमा क्रमबद्ध गर्नुहोस्।

तपाईंको शरीर धुनमा संलग्न चरणहरू:

  1. नुहाउने ठाउँसम्म पुग्ने
  2. लुगा फुकाल्ने
  3. नुहाउने ठाउँमा उभिने, बस्ने वा स्क्वाट (squat) मा बस्ने, नुहाउन शुरु गर्ने, वा बाल्टी तिर झुक्ने
  4. साबुन समात्ने र शरीरका अंगहरू धुने
  5. शरिर पुछ्ने वा सुख्खा गर्ने
  6. कपडा लगाउने

यी चरणहरू पूरा गर्न कस्ता सीप वा कौशलहरू प्रयोग गरिन्छ?






माथिका सबै सीपहरू केही वा सबै चरणहरूको लागि प्रयोग गरिन्छ।

२. लुगा लगाउनु

बेन्चमा बसिरहेका एक जना मानिस आफ्नो जुत्ता लगाउन अघिल्तिर झुकेका छन्।

पहिरन मा संलग्न चरणहरू:

  1. लुगा लगाउन गोप्य स्थानमा जाने
  2. लुगाहरू छानेर निकाल्ने
  3. जिपर र बटनहरू जस्ता फास्टनरहरू सहितका लुगाहरू लगाउने
  4. फुकालेका लुगाहरू ठाऊ‍ँमा राख्ने

यी चरणहरू पूरा गर्न कस्ता सीप वा कौशलहरू प्रयोग गरिन्छ?






माथिका सबै सीपहरू केही वा सबै चरणहरूको लागि प्रयोग गरिन्छ।

खाने र पिउने दुई अन्य स्वहेरचाह (सेल्फ केयर) गतिविधिहरू हुन् जसमा शारीरिक र सोच्‍ने कौशलहरुको प्रयोग गर्नुपर्दछ।

गतिशीलता, सन्तुलन र समन्वयको शारीरिक कौशल विशेष गरी सुरक्षित रूपमा खान र पिउन सक्षम हुन महत्त्वपूर्ण छ।

शारीरिक र सोच्‍ने कौशलले मानिसहरूलाई निम्न कृयाकलाप गर्न सहयोग गर्छ :

  • आफुहरूले के खाने भनेर योजना बनाउन र नियमित समयमा खान सम्झिन
  • आफु र अरूले खाने ठाउँमा सम्म पुग्न
  • सीधा बस्न
  • खानालाई खान सक्ने आकारमा टुक्रा गर्न
  • आफ्नो मुखमा खाना ल्याउन (खाने भाँडाकुँडासहित वा ती बिना)
  • चपाउन र निल्न।

एक जना मानिसले खाना काट्न चक्कु र काँटाको प्रयोग गर्दै।

एउटा सानो केटोले आफ्नो मुखमा खाना राख्न चपस्टिक प्रयोग गर्दैछ। खानाको थाल उनको अगाडिको टेबुलमा राखिएको छ ।

शौचालय जानु अर्को स्वहेरचाह (सेल्फ केयर) गतिविधि हो जसमा शारीरिक कौशल र सोच्‍ने कौशल प्रयोग हुने गर्दछ।

मानिसहरूलाई आवश्यक हुने:

  • शौचालय सम्म जान र प्रयोग गर्न शारीरिक कौशल
  • शौचालयमा कहिले जाने र त्यहाँ पुगेपछि के गर्ने भनेर थाहा पाउने र / वा सम्झने सोच्‍ने कौशल (thinking skill)।

एक व्यक्ति; महिला, पुरुष र सुलभ प्रतीकहरू राखिएको ढोका खोल्न ढोका अगाडी उभिएको छ।

दुर्घटना (चुहिनु) बाट बच्‍न मानिसहरूले दिसापिसाबको नियन्त्रण (bladder and bowel control) पनि गर्दछ।

दिसापिसाब नियन्त्रण (bladder and bowel control) को बारेमा थप जान्नको लागि पढ्नुहोस्।

0%
स्वहेरचाह (सेल्फ केयर) भनेको के हो?
पाठ: ४ मध्ये १
विषय : ३ मध्ये १