मूल्याङ्कन
मूल्यााङ्कन शौच वा स्नान गर्ने कुर्सी प्रदान गर्नको लागि एक महत्वपूर्ण पहिलो कदम हो।
यदि तपाईसँग छैन भने, मूल्याङ्कन फारम डाउनलोड गर्नुहोस् र प्रतिलिपि प्रिन्ट गर्नुहोस्।
यदि तपाईं फारम डाउनलोड गर्न असमर्थ हुनुहुन्छ भने, चिन्ता नगर्नुहोस्। फारममा भएको प्रत्येक प्रश्नहरू तपाईं यस पाठमार्फत जाँदा देखाइएको छ।
यो सम्झनुहोस् TAP फारम एक उदाहरण मूल्याङ्कन फारम हो, यो मोड्युलको सहायताको लागि विकसित गरिएको हो।
यदि तपाईंको सेवा केन्द्रले फरक फारम प्रयोग गर्दछ भने, तपाईंको सुपरभाइजरसँग छलफल गर्नुहोस्।
शौच र स्नान गर्ने कुर्सीको मूल्याङ्कन फारमले तपाईंलाई र व्यक्तिलाई प्रश्नहरू मार्फत मार्गदर्शन गरि मद्दत पुर्याउनेछ:
- शौचालय जान वा आफै नुहाउन गाह्रो हुनुको कारण बुझ्न, र यदि शौच गर्ने कुर्सी वा स्नान गर्ने कुर्सीद्वारा मद्दत मिल्छ कि भनेर बुझ्न
- कहाँ र कसरी व्यक्तिले आफ्नो शौच वा स्नान गर्ने कुर्सी प्रयोग गर्नेछ भनेर योजना बनाउन
- त्यस व्यक्तिको लागि शौच वा स्नान गर्ने कुर्सीको महत्त्वपूर्ण विशेषताहरु चयन गर्न।
फारमको अन्त्यमा तपाईं कार्य योजना रेकर्ड गर्न सक्नुहुनेछ। यसमा अन्य सहायक सामाग्रीहरुको लागि मूल्याङ्कन र / वा अन्य सेवाहरूमा प्रेषण गर्न पनि समावेश हुनसक्छ।
जब तपाईंले फारममा यो चित्र देख्नुहुन्छ, यसको मतलब व्यक्तिलाई प्रेषणको आवश्यकता हुन सक्छ।
यदि व्यक्तिसँग पहिले नै शौच वा स्नान गर्ने कुर्सी छ भने, उनीहरूको शौच वा स्नान गर्ने कुर्सीले उनीहरूको आवश्यकताहरू पूरा गरिरहेको छ कि छैन भनेर जाँच गर्न मूल्याङ्कन प्रक्रिया प्रयोग गर्नुहोस्।
उनीहरुको शौच वा स्नान गर्ने कुर्सी समायोजन, मर्मत वा बदल्न आवश्यक हुनसक्छ ।
मूल्याङ्कन गर्न, व्यक्तिसँग बस्नको लागि एक शान्त, निजी स्थान फेला पार्नुहोस्।
तपाईंले केही प्रश्नहरू सोध्ने कुराको जानकारि व्यक्तिलाई दिनुहोस् । उनीहरूको जवाफले तपाईंलाई उनीहरूसित मिलेर योजना बनाउने कार्यमा मद्दत मिल्नेछ।
उपयुक्त भएमा परिवारका सदस्य वा हेरचाहकर्ताहरूलाई संलग्न गर्नुहोस्।
व्यक्तिको बारेमा जानकारी
TAP मूल्यांकनको पहिलो भागमा व्यक्तिको नाम, लिंग, उमेर, टेलिफोन र ठेगाना सहित व्यक्तिको बारेमा सम्पर्क जानकारी सङ्कलन गर्नेछ।
उनीहरूको सम्पर्क विवरण, लिंग, उमेर र वजन सहित व्यक्तिको बारेमा सामान्य जानकारी सङ्कलन गरेर शुरु गर्नुहोस्।
वजन
तपाईंले व्यक्तिको वजन पनि रेकर्ड गर्न आवश्यक हुन्छ। यदि उनीहरूलाई आफ्नो वजन थाहा छैन र यदि तपाईंसँग जोख्ने पनि छैन भने अनुमान गर्नसकिन्छ।
प्रश्न
व्यक्तिको वजन रेकर्ड गर्न किन महत्त्वपूर्ण छ?
व्यक्तिको वजन महत्त्वपूर्ण छ किनभने शौच र स्नान कुर्सीहरूमा यसले सुरक्षित रुपम बहन गर्नसक्ने अधिकतम वजन सीमा हुन्छ ।
मूल्याङ्कन अन्तरवार्ता
मूल्याङ्कन अन्तरवार्ताको पहिलो भागले व्यक्तिलाई शौचालय जान वा आफै नुहाउन किन गाह्रो हुन्छ भनेर अन्वेषण गर्दछ।
कारणहरू बुझ्दा शौच वा स्नान गर्ने कुर्सीले मद्दत गर्न सक्छकि वा अरु कुनै समाधान आवश्यक छ भनेर निर्णय गर्न तपाईंको साथै प्रयोगकर्ता दुवैलाई मद्दत गर्दछ।
सोध्नुहोस्: तपाईंलाई शौचालय जान वा आफै नुहाउन किन गाह्रो हुन्छ?
आउनुहोस्, पहिले हामी केहि वातावरणीय कारणहरू हेरौं।
वातावरणीय अवरोधहरू र
मानिसहरूलाई कठिनाई हुनसक्छ किनभने:
- उनीहरूको शौचालय वा स्नान गर्ने क्षेत्रको दूरी धेरै टाढा भएमा
- शौचालय वा स्नान गर्ने क्षेत्र जाने बाटो पहुँचयोग्य छैन भने
- शौचालय वा स्नान गर्ने क्षेत्र भित्र जाने बाटो पहुँचयोग्य छैन भने।
प्रश्न
वातावरणीय अवरोध छ भने कस्ता कदमहरूले मद्दत गर्न सकिन्छ?
जवाफ हेर्नुभन्दा पहिले आफ्नो जवाफको बारेमा सोच्नुहोस्।
- शौचालय वा स्नान गर्ने ठाउँलाई नजिकै बनाउनुहोस् वा अवरोधहरू हटाउनुहोस्। उदाहरणका लागि, एक र्याम्प थप्नुहोस् वा ढोका चौडा पार्नुहोस्।
- गोपनियता कायम भएको ठाउँमा शौच वा स्नान गर्ने कुर्सी राख्दा (शौचालय वा स्नान गर्ने क्षेत्रमा होइन) व्यक्तिको लागि यसको प्रयोग गर्न सजिलो हुन्छ।
नबिर्सनुहोस्, वातावरणीय अवरोधहरू हटाउनुका साथै शौच वा स्नान गर्ने कुर्सी पनि उपयोगी हुन सक्छ।
अब आउनुहोस्, व्यक्तिको शारीरिक क्षमतालाई हेरौं ।
शारीरिक क्षमता
शारीरिक क्षमताका कारण मानिसहरूलाई समस्या हुन सक्छ।
शौच वा स्नान गर्ने कुर्सी सम्भवतः मानिसहरूको लागि उपयोगी हुनेछ जसलाई:
- शौचालय वा स्नान गर्ने ठाउँमा पुग्न शारीरिक रूपमा गाह्रो महसुस हुन्छ ।
- स्क्वाट / वा बस्न र उठ्न कठिनाई हुन्छ
- नाजुक छ वा गत वर्षमा एक पटकभन्दा बढी लडेका छन्, वा लड्ला कि भनेर डर छ
- उभिन सकिँदैन वा उभिन गाह्रो हुन्छ
- स्नान गर्ने क्रममा थकित वा चक्कर आउँछ।
स्थानान्तरण र स्वहेरचाह सुरक्षित र सजिलो बनाउन, समात्ने बार (grab bar) हरू अक्सर शौच गर्ने र स्नान गर्ने कुर्सीको साथ संयोजनमा प्रयोग गरिन्छ।
समात्ने बार (grab module) हरूको बारेमा थप जान्नको लागि TAP समात्ने बार (grab bar) मोड्युलमा हेर्नुहोला।
क्यालीलाई भेट्नुहोस्
क्यालीलाई घुँडाको बाथ (arthritis) छ र हिँड्दा अक्सर उनको कम्मर र घुँडामा दुखाइ हुन्छ।
क्यालीले आफ्नो ऊर्जा बचत गर्न नुहाउँदा स्नान स्टूलको प्रयोग गर्छिन्। नुहाउन उभिँदा भन्दा पनि उनी बस्दा सुरक्षित महसुस गर्छिन् ।
उनी बस्न मिल्ने शौचालय माथि शौच गर्ने कुर्सी प्रयोग गर्छिन् । शौच गर्ने कुर्सी बस्न मिल्ने शौचालय भन्दा अग्लो छ र यसमा हात अड्याउने भाग (आर्मरेस्ट) छ। यसले गर्दा उनलाई बस्न र उठ्न सजिलो र उनको दुखाई कम गर्दछ।
यदि व्यक्तिसँग अन्य शारीरिक कठिनाइहरू छन् जसले शौचालय जान वा स्नान गर्न गाह्रो बनाएको छ भने शौच वा स्नान कुर्सी समाधान नहुन सक्छ ।
आउनुहोस्, अब यी अन्य केही शारीरिक कठिनाइहरूलाई हेरौं।
लुगा फुकाल्न र लुगा लगाउन गाह्रो हुने
लुगा फुकाल्न वा लुगा लगाउन गाह्रो हुने व्यक्तिलाई शौचालय जान गाह्रो हुन सक्छ किनभने तिनीहरूले चाँडै लुगा फुकाल्न सक्दैनन् ।
आफै नुहाउन पनि गाह्रो हुनसक्छ र लामो समय लाग्न सक्छ।
उनीहरूले यसबाट लाभ उठाउन सक्छन्:
- लुगा लगाउने सहयोगी सामाग्री (dressing aids)
- लुगाहरू जुन फुकाल्न र लगाउन सजिलो छ
- लुगा लगाउने विभिन्न तरिकाहरू सिक्न मद्दत गर्नुहोस्
- अर्को व्यक्तिको सहयोग लिने ।
डेभिडलाई भेट्नुहोस्
डेभिड एक वृद्ध व्यक्ति हुन् जो आफ्नी पत्नी लेइटेंगीसँग बस्छन्। डेभिड कमजोर छन्, र गतिशीलता सीमित छ।
लेइटेंगीले उसलाई आफ्नो स्वहेरचाहमा मद्दत गर्छिन्, तर डेभिडले आफ्नो लागि सकेसम्म आफै धेरै गर्न मन पराउँछन्। सहायक सामाग्रीहरूले उनलाई थप आत्मनिर्भर हुन मद्दत गरेको छ।
उनले आफ्नो स्नान गर्ने ठाउँमा स्नान गर्ने स्टूल प्रयोग गर्छन्, र एक शौच गर्ने कुर्सी बस्न मिल्ने शौचालयमा राखिएको छ।
लुगा लगाउन र फुकाल्न सहायताको लागि, उनी लुगा लगाउने सहयोगी सामाग्री (dressing aids) साथ आफ्नो जुत्ता र मोजा लगाउन र उतार्न लामो ह्यान्डल भको जुत्ता लगाउने सहयोगी सामाग्री (long handled shoe horn) को प्रयोग गर्छन्।
ड्रेसिंग एड्सको केही उदाहरणहरूको लागि TAP स्वहेरचाह सम्बन्धी सहायक सामाग्रीहरू मोड्युल हेर्नुहोस् ।
मलाशय र / वा मूत्राशय खाली गर्न कठिनाई (असंयमता - incontinence)
यदि कुनै व्यक्तिलाई आफ्नो मलाशय वा मूत्राशय खाली गर्न कठिनाई छ भने, उनीहरूले (हालै) सम्बन्धित स्वास्थ्यकर्मीसँग भेटेका छन् कि भनेर बुझ्नुहोस्। यदि छैन भने
प्रेषण गर्नुहोस्।स्वास्थ्यकर्मीले असंयमताको कारणको मूल्याङ्कन गर्नेछ र व्यक्तिसँग मिलेर उनको असंयमताको उपचार वा व्यवस्थापन गर्नेछ।
असंयमतामाले मात्र शौच गर्ने कुर्सी को आवश्यकता हुने होईन।
तथापि, असंयमता भएका केही व्यक्तिहरूलाई शौच गर्ने कुर्सीको आवश्यकता हुनसक्छ। यो उनीहरूको अन्य शारीरिक क्षमताहरू र मलाशय तथा मूत्राशयको व्यवस्थापन कसरी गर्छन् भन्नेमा निर्भर गर्दछ।
उनीहरूलाई गाह्रो भइरहेको छ भने शौच वा स्नान गर्ने कुर्सीले उनीहरूलाई मद्दत हुन्छ कि हुन्दैन छलफल गर्नुहोस्।
प्रश्न
पिटरले स्वेच्छापूर्वक आफ्नो मलाशय वा मूत्राशयलाई नियन्त्रण गर्न सक्दैनन्।
आफ्नो स्वास्थ्यकर्मीको सहयोगमा, उनले आफ्नो मूत्राशय कसरी व्यवस्थापन गर्ने भनेर सिकेका छन्। उनी दिनभरि आफ्नो मूत्राशय खाली गर्न पिसाव निकाल्ने पाइप (catheter) को प्रयोग गर्छन्। यो उनी ह्वीलचेयरमा नै बसेर गर्छन् ।
जब उनले आफ्नो मलाशय खाली गर्नुपर्ने हुन्छ, पिटर बस्न मिल्ने शौचालयमा जान्छन्। उनको शौचालयको छेउमा एउटा हातले सामात्ने (ग्राब) बार छ जुन उनले स्थानान्तरण गर्दा सहायताको लागि प्रयोग गर्छन्।
के पिटरलाई शौच गर्ने कुर्सी चाहिन्छ?
चाहिँदैन, पिटरलाई शौच गर्ने कुर्सीको खाँचो पर्दैन। उनले अहिले आफ्नो मलाशय र मूत्राशयको व्यवस्थापन गरिरहेका छन् ।
पिटरलाई शौचालयमा जान वा आरामले बस्न गाह्रो भयो भने शौच गर्ने कुर्सी उपयोगी हुन सक्छ।
चेतावनी! यदि कसैले आफ्नो मूत्राशय वा आन्द्रा खाली गर्न प्रयास गर्दा वा खाली हुँदा दुखाई को गनासो गर्छन् भने, उनले स्वास्थ्यकर्मीलाई देखाउनु जरुरी हुन्छ। दुखाईले स्वास्थ्यमा समस्या निम्त्याउन सक्छ ।
तुरुन्तै प्रेषण गर्नुहोस्।
सहायता बिना सिधा बस्न सक्दैन
कुनै बच्चा वा वयस्क जो सहायता बिना सीधा बस्न सक्दैन भने कुनै मानक शौच वा स्नान गर्ने कुर्सी (standard toilet and shower chair) प्रयोग गर्न सक्दैनन्।
उनीहरूले परिमार्जित शौच र / वा स्नान गर्ने कुर्सी प्रयोग गर्न सक्छन्।
साकुरालाई भेट्नुहोस्
साकुरा ११ वर्षकी छिन् र आफ्ना आमाबाबुसँग बस्छिन्। उनलाई बाल मस्तिष्क पक्षघात (सेरेब्रल पाल्सी) भएको छ । आरामले बस्न सहायताको लागि उनी पोस्चरल सपोर्ट भएको ह्वीलचेयरको प्रयोग गर्छिन् र उनलाई कुराकानी गर्न पनि गाह्रो हुन्छ।
साकुराका आमाबाबुले पुनर्स्थापना सेवाका कर्मचारीहरूलाई बताए कि साकुरा ठुली हुँदै गईरहेको कारण उनीहरूलाई साकुराको स्वहेरचाह व्यवस्थापन गर्न गाह्रो भइरहेको छ ।
साकुरा शौचालयमा बस्न सक्दिनन्, त्यसैले उनी धुन मिल्ने अवशोषक कपडा लगाउँछिन्। उनी ओछ्यानमा स्पन्ज बाथ लिन्छिन।
पुनर्स्थापना सेवाले साकुरा र उनको परिवारलाई गद्दा र अतिरिक्त पोस्चरल सपोर्ट (postural support) भएको शौच र स्नान दुबै गर्न मिल्ने संयुक्त कुर्सी परीक्षण गर्न मद्दत गर्यो।
तुरुन्तै कुर्सीमा बसेर पारिवारिक घरमा परिवार नुहाउने ठाउँमा बस्न पाएकोमा साकुरा रमाएकिछिन् । आमाको सहयोगमा उनी अहिले हरेक दिन नुहाउने गर्छिन् ।
अन्य कारणहरू
कुनै व्यक्तिसँग शौचालय जान र / वा आफै नुहाउन गाह्रो बनाउने कारण शारीरिक वा वातावरणीय बाहेक अन्य पनि हुन सक्छ।
कारणको आधारमा, शौच वा स्नान गर्ने कुर्सी उपयोगी हुन सक्छ, वा उपयोगी नहुन पनि सक्छ।
उदाहरणका लागि, बच्चाहरू वा वयस्कहरू जसले सोच्न र / वा सम्झन गाह्रो महसुस गर्नेहरुलाई दैनिक स्वहेरचाहको व्यबस्थापन गर्न गाह्रो हुन सक्छ। स्नान वा शौच गर्ने कुर्सीले शौचालय मा जाँदा र / वा नुहाउँदा बस्नको लागि सुरक्षित स्थान प्रदान गरेर मद्दत पुर्याउनसक्छ।
शौचालय जान वा आफै नुहाउन गाह्रो हुनुको कारण पत्ता लगाएपछि, शौच वा स्नान गर्ने कुर्सी उपयोगी हुन सक्छ कि भनेर छलफल गर्नुहोस्। यदि शौच वा स्नान गर्ने कुर्सी; उपयोगी हुन सक्छ भन्ने कुरामा तपाईं दुवै सहमत हुनुहुन्छ भने मूल्यांकन जारी राख्नुहोस्।
शौच वा स्नान गर्ने कुर्सी कसरी र कहाँ प्रयोग गरिनेछ
सोध्नुहोस्: तपाईं आफ्नो शौच वा स्नान गर्ने कुर्सी कसरी र कहाँ प्रयोग गर्नुहुन्छ?
यदि शौच गर्ने कुर्सी शौचालयमा प्रयोग गर्नुछ भने, जाँच गर्नुहोस्:
- के शौचालय क्षेत्र भित्र (पहुँच योग्य) जान र आउन गर्न सजिलो छ?
- शौचा गर्ने कुर्सी जडान गर्न शौचालय क्षेत्र मा ठाउँ छ?
- शौच गर्ने कुर्सी को खुट्टा बराबर र भुइँमा समतल बस्न सक्छ?
- के अन्य मानिसहरूले शौचालय प्रयोग गर्छन्? यदि हो भने, अरूले शौचालय प्रयोग गर्दा शौच गर्ने कुर्सीलाई बाहिर सार्ने ठाउँ छ कि छैन?
यदि शौच गर्ने कुर्सी अर्को स्थानमा प्रयोग गर्नुछ भने, सोच्नुहोस्:
- उपयुक्त, निजी स्थान
- व्यक्ति (र जसले सहयोग गर्दछ) ले आफ्नो हात कहाँ धुन्छ
- कसले बाल्टिन खाली र सफा गर्नेछ।
स्नान गर्ने कुर्सीको लागि, व्यक्तिले कहाँ लुगा लगाउने र फुकाल्ने गर्छ भनेर पनि सोच्नुहोस्।
यदि यो नुहाउने क्षेत्रबाट टाढा (उदाहरणका लागि बेडरूममा) गर्न सजिलो छ भने उनीहरूले स्नान गर्ने कुर्सी नुहाउने क्षेत्रबाट बाहिर सार्न आवश्यक हुनसक्छ। कुर्सीमा पाङ्ग्रा र फुटरेस्ट आवश्यक हुनेछ।
साकुराको शौच वा स्नान गर्ने कुर्सीमा पाङ्ग्रा छ।
साकुरा सजिलै सिधा बस्न नसक्ने भएकोले उनकी आमाले उनलाई लुगा लगाएर ओछ्यानमा लुगा फुकाल्न लगाउँछिन्। त्यसपछि उनका आमाबाबुले उनलाई नुहाउने कुर्सीमा उचाल्छन् र त्यसपछि नुहाउनको लागि नुहाउने ठाउँमा लग्छन्।
शौच वा स्नान गर्ने कुर्सी दुवैको लागि व्यक्ति कसरी उनीहरूको शौच वा स्नान गर्ने कुर्सीमा बस्छन् र ओर्लिन्छन् भनेर पनि सोच्नुहोस् ।
गतिशीलतामा कठिनाई भएका व्यक्तिहरूको लागि यो सुरक्षित रूपमा कसरी गर्ने भनेर सिक्न सल्लाह र अभ्यासको आवश्यकता हुन सक्छ।
शौच वा स्नान गर्ने कुर्सीमा बस्ने र आोर्लिने बारे थप जानकारीको लागि पाठ ३ हेर्नुहोस्।
दबावको कारण घाऊ हुने जोखिमको लागि जाँच गर्नुहोस्
दबाबको कारण घाऊ हुने भनेको छाला फुट्नु हो । यो धेरै जसो हड्डिको क्षेत्र माथि हुन्छ।
अधिकांश शौच वा स्नान गर्ने कुर्सीहरूमा कडा सतहहरू हुन्छन्। यसकारण यो पानीको लागि अधिक प्रतिरोधी (वाटरप्रुफ) र सफा गर्न सजिलो बनाउँदछ।
तथापि, यदि कुनै व्यक्तिलाई प्रेसर घावको खतरा छ भने, गद्देदार सतहहरू भएको कुर्सी चयन गर्नुहोस्। यसले दबाबको कागण हुने घाऊको जोखिम कम गर्न मद्दत गर्दछ।
शौच वा स्नान गर्ने कुर्सीबाट दबावको कारण घाऊ हुने जोखिममा रहेका व्यक्तिहरूमा :
- पुठ्ठा, तिघ्रा, ढाड वा कुर्सीको सम्पर्कमा आउने कुनै पनि अन्य क्षेत्रमा छोएको महसुस (सेन्सेशन) कम भएको
- विगतमा दबावको कारण घाऊ भएको
- पातलो वा नाजुक
- शौच वा स्नान गर्ने कुर्सीमा हुँदा सजिलै आफ्नो वजन आफै सार्न नसक्नेहरु पर्दछ।
मूल्याङ्कनको क्रममा, जहिले पनि व्यक्तिलाई दबावको कारण हुने घाऊ लागेको छ कि भनेर सोध्नुहोस् । यदि छ भने
व्यक्तिलाई स्वास्थ्यकर्मीको प्रेषण गर्नुहोस्।यदि शौच वा स्नान गर्ने कुर्सीमा बस्दा घाऊ कुर्सीको सम्पर्कमा छ भने, घाउ पूर्ण रूपमा निको नभएसम्म कुर्सी प्रयोग गर्नबाट बच्नुपर्छ।
दबाव बाट हुने घाऊहरूको बारेमा अधिक जानकारीको लागि TAP गतिशीलता सम्बन्धी सहायक सामाग्रीहरु मोड्युल।