शौच वा स्नान गर्ने कुर्सीको पुनः जाँच (फलोअप)

विषय प्रगति:

पुनः जाँच

यदि मानिसहरूलाई उनीहरूको शौच वा स्नान गर्ने कुर्सीमा समस्या छ भनेउनीहरूले कुनै पनि समयमा सेवामा सम्पर्क गर्न सक्दछन् भन्ने कुराको जानकारि हुनु महत्त्वपूर्ण छ।

केही सेवाहरूले उत्पादनमा सेवा सम्बन्धी सम्पर्क विवरणको साथ स्टिकर राख्छन्।

सामान्यतया शौच वा स्नान गर्ने कुर्सी प्रयोग गर्ने व्यक्तिसँग अन्य सहायक सामाग्रीहरु हुन्छन्। यदि तपाईं अर्कोको लागि पुनः जाँच (फलोअप) मा जाँदै हुनुहुन्छ भने सहायक सामाग्री, स्नान वा शौच गर्ने  कुर्सी पनि जाँच गराउनुहोस्।

एक वृद्ध महिला स्नन गर्ने कुर्सी, एक वाकर र कागजको पानामा लेख्दै गरेको मानिस नजिकै बसेको छ।

पुनः जाँच (फलोअप) ले तपाईंलाई निम्‍न कुरा पत्ता लगाउन मद्दत गर्नेछ:

  • शौच वा स्नान गर्ने कुर्सीले अझै पनि व्यक्तिको आवश्यकताहरू पूरा गरिरहेको छ कि छैन
  • शौच वा स्नान गर्ने कुर्सीमा कुनै पनि मर्मत वा प्रतिस्थापन आवश्यक छ कि छैन ।

शौच वा स्नान गर्ने कुर्सीले अझै पनि उनीहरूको आवश्यकताहरू पूरा गरिरहेको छ कि छैन भनेर बुझ्न मद्दत हुने निम्न प्रश्नहरू व्यक्तिलाई सोध्नुहोस्:

  • के तपाईं आफ्नो शौच वा स्नान गर्ने कुर्सी प्रयोग गर्दै हुनुहुन्छ?
  • के तपाईंलाई आफ्नो शौच वा स्नान गर्ने कुर्सी प्रयोग गर्न कुनै समस्या छ?
  • के तपाइँसँग तपाईंको शौच वा स्नान गर्ने कुर्सीको बारेमा कुनै प्रश्नहरू छन्?

यदि व्यक्ति आफ्नो शौच वा स्नान कुर्सी प्रयोग गर्दैनन्, वा यसलाई प्रयोग गर्न समस्या छ भने, किन भनेर पत्ता लगाउनुहोस्। त्यसपछि तपाईं उनीसँगै समाधान फेला पार्न सक्नुहुन्छ।

यदि कुनै कार्य आवश्यक छ भने व्यक्तिसँग निर्णय गर्न तपाईंले सङ्कलन गर्नुभएको जानकारी प्रयोग गर्नुहोस्। सामान्य कार्यहरू तल उल्लिखित छन्।

कुर्सी मर्मत वा संभार गर्नुहोस्

खुकुलो पेच वा ब्रेकहरू सरल उपकरणहरूको साथ कस्न सकिन्छ।

डेभिड र लेइटेन्जी बेन्चमा सँगै बसिरहेका छन्।

दाऊदलाई सम्झनुहुन्छ?

दाऊद एक कमजोर वृद्ध व्यक्ति हो जो आफ्नी पत्नी लेइटेंगीसँग बस्छ। उनी शौच वा स्नान गर्ने कुर्सी प्रयोग गर्छन् ।

पुनः जाँच (फलोअप)को क्रममा डेभिडले बताए अनुसार स्‍नान गर्ने कुर्सी प्रयोग गर्दा डगमगाएको महसुस हुन्छ। तपाईंले कुर्सीको जाँच गर्दा यसको समायोज्य खुट्टा खुकुलो भएको फेला पार्नु भयो । तपाईं यसलाई कस्‍नु हुन्छ र यो फेरि खुकुलो भयो भने कसरि मर्मत गर्ने भनेर दाऊद र उनकी पत्नी लेइटेन्जीलाई देखाउनुस्। कुर्सी अहिले सुरक्षित र स्थिर छ।

पार्टपुर्जाहरु प्रतिस्थापन गर्दा

यदि शौच गर्ने कुर्सीको हटाउन मिल्ने बाल्टीन बिग्रेको वा फुटेको छ भने, यो पूरै कुर्सी नै नबदलिकन बाल्टीन मात्र फेर्न सकिन्छ।

कुन स्पेयर पार्ट्स स्टकमा राख्नुपर्छ भनेर सोच्नुहोस्।

प्रश्न

साधारणतया आवश्यक पर्ने स्पेयर पार्टस्हरू बनाउन तपाईंलाई कसले मद्दत गर्न सक्छ?

  • जब तपाईं पहिलो पटक नयाँ उत्पादन खरीद गर्नुहुन्छ सामान्यतया कुन स्पेयर पार्ट्स आवश्यक पर्दछ भन्ने कुरा निर्माताहरूलाई थाहा हुन्छ ।
  • तपाईंको सेवाद्वारा गरिएको मर्मतको रेकर्ड राख्नुहोस्। समय बित्दै जाँदा यो जानकारीले कुन भागहरू अक्सर प्रतिस्थापन गर्न आवश्यक छ भनेर पहिचान गर्न मद्दत गर्दछ।

कुर्सी प्रतिस्थापन गर्दा

यदि खिया वा चर्केका फेला परेमा कुर्सी बदल्नु पर्छ।

कुर्सीको फ्रेम वा सिटमा खिया वा चर्केको खतरा हुनसक्छ।

थप प्रशिक्षण (प्रयोग गर्न सिकाउने)

व्यक्ति र उनीहरूको हेरचाहकर्तालाई उनीहरूको कुर्सी कसरी प्रयोग गर्ने, वा यसलाई भित्र र बाहिर कसरी स्थानान्तरण गर्ने भन्ने बारेमा थप प्रशिक्षणको आवश्यकता हुनसक्छ।

आइडा, एक महिला, आफ्नो साथीको छेउमा हिंड्न को लागी लौरो प्रयोग गर्दैछिन्।

आइदालाई सम्झनुहुन्छ?

आइडा दिनको समयमा शौचालयमा राखिएको शौच गर्ने कुर्सी प्रयोग गर्छिन् र उनकी छोरीले उनलाई त्यहाँ पुग्न मद्दत गर्छिन्।

रातको समयमा आइदाको ओछ्यानको छेउमा शौच गर्ने कुर्सी हुन्छ।

पुनः जाँच (फलोअप) को क्रममा तपाईंले आइडालाई 'के तपाईंलाई शौच वा स्‍नान गर्ने कुर्सी प्रयोग गर्न कुनै समस्या छ?' भनेर सोध्दा। आइडा भन्छिन्, 'कहिलेकाहीं म समयमै शौचालय पुग्‍न सक्ने गरी छिटो हिँड्न सक्दिन। यसले केही लज्जाजनक दुर्घटनाहरू निम्त्याएको छ।'

नियमित अन्तरालमा (दिनको समयमा) शौचालय जाने दिनचर्या बसाल्न सके यसले मदत गर्न सक्छ भनेर तपाईंले व्याख्या गर्न सक्नुहुन्छ।

प्रत्येक २ घण्टाबाट शुरु गर्दै आइदा र उनकी छोरी यो प्रयास गर्न सहमत छन् । यदि यसबाट पनि कुनै परिवर्तन आउँदैन भने, एडाले कुनै अन्तर्निहित स्वास्थ्य समस्या छैन भनेर सुनिश्चित गर्न स्वास्थ्यकर्मीलाई भेट्नुपर्छ भनेर पनि सहमत छन् ।

पुनर्मूल्याङ्कन

यदि उनीहरूको आवश्यकता परिवर्तन भएको छ भने फरक प्रकारको शौच गर्ने कुर्सी, स्नान गर्ने कुर्सी वा अन्य नयाँ सहायक सामाग्रीको लागि मूल्यांकनको आवश्यकता हुनसक्छ ।

प्रेषण

एक स्वास्थ्यकर्मीकोमा प्रेषण गर्नुहोस् :

  • यदि तपाईं व्यक्तिको स्वास्थ्यको बारेमा चिन्तित हुनुहुन्छ भने
  • उनीहरूको गतिशीलता वा शौचालयको आवश्यकताहालसालै धेरै परिवर्तन भएको छ।

यदि तपाईंले प्रदान गर्न नसक्ने सहायक उत्पादनहरूबाट व्यक्तिले लाभ उठाउन सक्छ भने अर्को सेवालाई सन्दर्भ गर्नुहोस्।

यदि व्यक्तिलाई उनीहरूको स्वहेरचाह आवश्यकताहरू व्यवस्थापनमा मद्दत गर्न पुनर्स्थापनाबाट लाभ उठाउन सक्छ भने पुनर्स्थापना सेवाहरूमा प्रेषण गर्नुहोस् ।

प्रश्न

क्याली र उनकी छोरी क्लिपबोर्ड र कलम समातेकी अर्की महिलाको सामुन्ने कुर्सीमा बसेका छन् ।

क्याली लाई सम्झनुहुन्छ?

पुनः जाँच (फलोअप) मा जाने क्रममा, क्यालीले तपाईंलाई बताए कि उनको स्वास्थ्य खराब भएको छ र उनी अहिले स्‍नान गर्ने सानो मेच प्रयोग गरेर सुरक्षित महसुस गर्दैनन्। उनलाई सहारा बिना सीधा बस्न गाह्रो लाग्छ र उनी मेचबाट खस्छ कि भनेर चिन्तित छिन्।

क्याली र उनकी छोरीसित तपाईं कस्ता कार्यहरूबारे छलफल गर्नुहुनेछ?

  • क्यालीको स्वास्थ्य खराब भएको कारण, उसले हालै स्वास्थ्यकर्मीलाई देखाएको छ कि छैन भनेर तपाईंले सोध्नु पर्छ । यदि छैन भने, उसलाई प्रेषण गर्नुहोस्।
  • क्यालीको आवश्यकताहरू परिवर्तन भएका छन् त्यसैले उनले आफ्नो शौच र स्नान गर्ने कुर्सीको लागि नयाँ मूल्याङ्कन गर्नुपर्छ ।
  • मूल्याङ्कनको क्रममा, कालीलाई गाह्रो लाग्ने अन्य गतिविधिहरू छन् की भनेर पत्ता लगाउनुहोस्। उनले अन्य सहायक सामाग्रीहरूबाट पनि लाभ उठाउन सक्छन्।

तपाईंले पाठ पाँच पूरा गर्नुभयो!

यदि तपाईंसँग कुनै प्रश्न वा टिप्पणीहरू छन् भने, तिनीहरूलाई छलफल मञ्चमा लेख्नुहोस्।

छलफल मञ्च