मुख्य सामग्रीमा जानुहोस्
गतिशीलता

सिकाउनुहोस्

पाठ: 3 को 4
विषय : 5 को 5
0% पूरा

यस विषयमा तपाईले निम्न थप जानकारी पाउनुहुनेछ:

  • पैतालाको हेरचाह कसरी गर्ने
  • उपयुक्त जुत्ता
  • पैतालाको अतिरिक्त हेरचाह गर्न र उपयुक्त जुत्ताको आवश्यक्ता भएका मानिसहरूलाई सिकाउने प्रमुख कुराहरू।

पैताला जाँच सम्बन्धी मार्गनिर्देशिका (फुट स्क्रिन गाइड)ले यो जानकारीको सारांश दिन्छ ।

पैतालाको लागि हेरचाह

पैतालाको घाऊको जोखिममा रहेका सबै मानिसहरूलाई उनीहरूको पैतालाको हेरचाह कसरी गर्ने भनेर सिकाउनुहोस् ।

पैताला मा घाऊ लाग्ने जोखिम भएका मानिसहरूलाई दैनिक पैतालाको हेरचाहले पैतालामा घाउ हुनबाट बच्न मद्दत गर्ने कुरा बताउनुहोस् ।

सिकाउनु पर्ने मुख्य कुराहरू:

  • प्रत्येक दिन पैतालामा रातो, छाला को क्षति, काटिएको वा सूजनभए नभएको जाँच गर्नुहोस् । गर्नु पर्नेः
    • प्रत्येक पैतालाको माथि, तल र औंलाहरूको बीचमा नजिकबाट हेर्नुहोस्। आवश्यक परेको खण्डमा सहायता लिने वा ऐनाको प्रयोग गर्नुहोस् ।
    • यदि कुनै समस्या छ भने तुरुन्तै स्वास्थ्यकर्मीको मा जानुहोस्।
  • प्रत्येक दिन औंलाका बीच भाग सहित पैताला धुनुहोस् र सुकाउनुहोस् ।
  • खाली खुट्टा नहिँड्नुहोस् र उपयुक्त जुत्ता लगाउनुहोस् वा (यदि सिफारिस् गरिएको छ भने उपचारात्मक जुत्ता वा अफलोडिंग उपकरण )
  • मधुमेह भएमा, नियमित रूपमा मधुमेह सम्बन्धी स्वास्थ्य हेरचाह सेवा लिनुहोस् ।
  • धुम्रपान र मदिराले पैतालामा हुने घाऊको जोखिम बढाउँछ । पैतालाको हेरचाहको लागि धुम्रपान नगर्नुहोस् र मदिरा कम गर्नुहोस्।

एक जना मानिस कुर्सीमा बसेर, एउटा खुट्टा मोडेर अर्को माथि राख्दै आफ्नो खुट्टाको तल्लो भागलाई नजिकबाट नियाल्दै छन्।

उपयुक्त जुत्ता

उपयुक्त जुत्ताले पैतालामा चोट लाग्नबाट सुरक्षा प्रदान गर्छ । यसले लड्न सक्ने जोखिम कम गर्न पनि मद्दत गर्न सक्छ।

जुत्ता को सबै भन्दा राम्रो प्रकार भनेको औंलाको भागहरु बन्द भएको हो, किनभने यसले सबै भन्दा बढी सुरक्षा प्रदान गर्दछ। यद्यपि तातो मौसममा मानिसहरू चप्पल लगाउन रुचाउँछन्।

उपयुक्त जुत्ता को विशेषताहरु:

  • कम ऊंचाईको हिल (समतल जूता)
  • समायोज्य पट्टी (स्ट्रप) वा तुनाहरू जसले जूत्ता राम्रोसँग फिट गर्न मद्दत गर्दछ।
  • कुर्कुच्चालाई आड हुने। यो कुर्कुच्चाको भागमा बन्द भएको वा एक पट्टी (स्ट्राप) भएको।
  • खुट्टाको औंलाको भाग चौडा भएको। खुट्टाको औंलाको भाग चुच्चो हुनु हुँदैन।
  • नचिप्लिने तलुवा, जस्तै रबरको ।
  • माथिल्लो भाग हावा छिर्ने र राम्रो सामग्रीले बनेको। छाला, टिकाऊ कपडा वा जाली कपडा राम्रो उदाहरण हुन्।
  • समग्रमा दरिलो आड भएको। एक उपयुक्त जूता केवल औंला पछाडीका भागहरूमा मोडिनु पर्छ। बीचैमा मोड्नु वा भाँच्चिनु हुँदैन ।

समायोज्य पट्टी (स्ट्राप), औंलाको भाग, कुर्कुच्चाको आड र कम ऊंचाई भएको हिल, नामाङ्कन गरिएको एक चप्पल।

समायोज्य तुना, कुर्कुच्चाको आड, कम ऊंचाई को हिल, बाहिरि तलुवा र औंलाको भागहरुको नामाङ्कन गरिएको एक स्पोर्टस् जुत्ता।

खुट्टाको औंलाको पछाडीको भाग माथि भाँच्चिएको स्पोर्ट्स जुत्ता।  'औंला पछाडीको भागमा मात्र भाँच्चिने' लेखेकोछ।

जुत्ताको विशेषताहरू कसरी जाँच गर्ने भनेर हेर्न यो छोटो भिडियो हेर्नुहोस्।

गतिविधि

तल चित्रमा देखाईएका जुत्ताहरू मध्ये तपाईंलाई कुन जुत्ता उपयुक्त लाग्छ?

हिल नभएको समतल केवल औंलाका माथिल्लो भागहरु छोपिएको र चुच्चो भएको एक जोडी जूत्ता । पातलो आधार र कम हिल भएको।



यो जुत्ता उपयुक्त छैन ।

जुत्ताले कुर्कुच्चाको वरिपरि बलियो आड दिँदैन।

राम्रो फिटिङ्गको लागि समायोजित गर्ने कुनै पट्टी (स्ट्राप) वा तुनाहरू छैनन्, जसले लड्ने र घाउको जोखिम बढाउँछ।

खुट्टाको औंलाको वरिपरि कम ठाउँ छ, जसले गर्दा जुत्ता घर्सन हुने र घाउहरू विकास हुन सक्छन्।

जुत्ता को तलुवाले जमीनबाट पैतालालाई सुरक्षा प्रदान गर्दैन ।

पातलो तलुवा र पैतालाको अगाडिको भागमा बुढी औंला र दोस्रो औंलाको बीचमा पट्टा भएको समतल चप्पल।



यी जुत्ता उपयुक्त छैन।

जुत्ताको पछाडिको भागले कुर्कुच्चालाई आड दिँदैन।

राम्रो फिटिङ्गको लागि समायोजित गर्ने कुनै पट्टी (स्ट्राप) वा तुनाहरू छैनन्, जसले लड्ने र घाउको जोखिम बढाउँछ।

खुट्टालाई भर दिने आकारको बाक्लो तलुवा भएको एक समतल चप्पल। समायोज्य पट्टाहरू अगाडि, गोलिगाँठो र पैतालाको पछाडि वरिपरि बाँध्न सकिन्छ ।  खुट्टाको औंलाको भाग खुला र चौडा भएको।



यी जुत्ताहरू उपयुक्त छन्।

यसमा कम ऊंचाईको हिल छ र तलुवा आरामदायक, नरम सामग्रीबाट बनेको छ जसले पैताला जमीनबाट सुरक्षित राख्दछ।

कुर्कुच्चाको चारै तर्फ राम्रो आड रहेको छ।

पट्टा समायोज्य छ र औंला वरिपरिका भागहरुमा ठाउँ रहेकोछ।

खुट्टालाई भर दिने आकारको बाक्लो तलुवा भएको एक समतल चप्पल। समायोज्य पट्टाहरू अगाडि, गोलिगाँठो र पैतालाको पछाडि वरिपरि बाँध्न सकिन्छ ।  खुट्टाको औंलाको भाग खुला र चौडा भएको।



यी जुत्ताहरू उपयुक्त छन्।

यसमा कम ऊंचाईको हिल छ र तलुवा आरामदायक, नरम सामग्रीबाट बनेको छ जसले पैताला जमीनबाट सुरक्षित राख्दछ।

कुर्कुच्चाको चारै तर्फ राम्रो आड रहेको छ।

पट्टा समायोज्य छ र औंला वरिपरिका भागहरुमा ठाउँ रहेकोछ।

छलफल

उदाहरणीय जुत्ताको विशेषताहरूको बारेमा सोच्नुहोस्। के तपाईंलाई तपाईंको जुत्ता 'उपयुक्त जुत्ता' हो भन्ने लाग्छ?

तपाईंको समुदायका अन्य व्यक्तिहरू र उनीहरूले लगाउने जुत्ताहरूको बारेमा सोच्नुहोस्। के ति उपयुक्त जुत्ताहरू हुन्?

सही विशेषताहरूको साथै, उपयुक्त जुत्ता राम्रो फिट हुन पनि आवश्यक छ।

व्यक्तिको जुत्ता को फिट जाँच गर्नु एक राम्रो विचार हो। तपाईं पनि उनीहरूले आफ्नो लागि जुत्ता चयन गर्दा के कुराहरु हेर्नु पर्छ भनेर सिकाउन सक्नुहुन्छ ।

व्यक्तिलाई उभिन भन्नुहोस् र जाँच गर्नुहोस्:

  • औंलाको स्थान:
    • खुट्टाको सबैभन्दा लामो औंलाको टुप्पो र जुत्ताको अगाडिको भागको बीचमा एउटा औंला चौडाइको ठाऊँ खालि हुनुपर्ने।
    • खुट्टाका औंलाहरू स्वतन्त्र रूपमा माथि र तल चल्न सक्ने हुनुपर्ने ।
  • चौडाइ: जुत्ता खुट्टाको चौडा भागमा राम्रोसँग फिट हुनुपर्दछ ।
  • हिल: जुत्ताको हिलको भाग व्यक्तिको कुर्कुच्चो वरिपरि राम्ररी फिट हुनुपर्दछ।
  • आरामदायि : कुनै भागमा नकस्सिएको, घर्षण नभएको वा नघोचेको यकिन गर्न जाँच गर्नुहोस्।

व्यक्तिलाई हिंड्न भन्रनुहोस् र जाँच गर्नुहोस्:

  • कुर्कुच्चा जुत्ताबाट भित्र र बाहिर नगरेको होस् ।
  • जुत्ता आरामदायि होस् ।

त्यसपछि घर्षण वा दबाब को चिन्ह को लागि जाँच गर्नुहोस्।

माथिबाट देखाइएको जुत्ताभित्र खुट्टाको चित्र। जुत्ता मार्फत औंलाहरू र जुत्ताको अगाडीको भागको बीचको ठाउँ देख्न सकिन्छ।

यदि कुनै व्यक्तिलाई महसूसमा कमी आएको छ भने, जुत्ता घर्षण वा दबाब सिर्जना भइरहेको छ कि छैन भन्ने महसूस गर्न सक्दैनन्।

व्यक्ति केही मिनेटको लागि आफ्नो जुत्ता मा हिंडेपछि, जुत्ता (र मोजा यदि लगाएको छ भने) खोल्न भन्नुहोस् र प्रत्येक खुट्टा रातो वा घर्षण वा दबाव को अन्य संकेतको लागि जाँच गर्नुहोस्।

जुत्ता फिट भएको जाँच कसरि गर्ने भनेर यो छोटो भिडियो हेर्नुहोस् ।

तपाईंले पाठ ३ पूरा गर्नुभएको छ !