सहायक सामाग्री प्रावधानमा विभिन्न भूमिकाहरु

विषय प्रगति:

बजार नजिकै एउटा बस पार्किङ गरिएको छ । एक जना पुरुषले दुई जना महिलाका लागि ढोका खोलिदिन्छन् । एक जना महिलाले लाैरो प्रयोग गरिरहेकी छिन् । ढोकाअगाडि एउटा सानो खुड्किलाे छ ।

मानिसहरूलाई आवश्यक सहायक सामाग्रीहरू सम्म पहुँच पुर्‍याउन धेरै व्यक्तिहरुको सहयोगी भूमिका रहन्छ। उनीहरु:

  • सहायक सामाग्री आवश्यक व्यक्ति र उनीहरूको परिवार
  • जसले सहायक सामाग्रीहरूबाट लाभ उठाउन सक्ने व्यक्तिको पहिचान गर्छन्, र उनीहरूलाई सहायक सामाग्री सेवा को लागी प्रेषण गर्छन्
  • तालिम प्राप्त पेशाकर्मीहरू जसले उनीहरूलाई उपयुक्त सहायक सहायक सामाग्रीहरू प्रदान गर्न आवश्यक व्यक्तिसँग काम गर्छन्
  • समुदायका सदस्यहरू जसले सहायक सामाग्री प्रयोग गर्ने व्यक्तिहरूलाई सहयोग गर्न भूमिका खेल्छन्।
  • उदाहरणका लागि, नेताहरू र निर्णयकर्ताहरु जसले सहायक सामाग्रीहरू सार्वजनिक प्रणालीमार्फत उपलब्ध गराउन सक्दछन्, वा सहायक सामाग्रीहरू प्रयोग गर्ने व्यक्तिहरूका लागि सार्वजनिक स्थान र यातायात पहुँचयोग्य छन् भनेर सुनिश्चित गर्नसक्छन् ।

एक सहयोगी कर्मचारीले माइकल र उनका आमाबाबुसँग परिक्षणको लागि अन्तरवार्ता लिँदैछ। उनीहरू सबै समूहमा कुर्सीमा बसेका छन्।

माइकल र तिनका साथी बलौटे बाटोमा सँगै स्कूल जाँदै छन्। माइकल ठीक अगाडि छ, र उनको अगाडि को बाटो  महसूस गर्न  मुनि गोलो बल भएको  सेतो छडी प्रयोग गर्दै छ ।

माइकललाई भेट्नुहोस्।

माइकल जन्मजात दृष्टिबिहिन थिए। जब उनले विध्यालय शुरु गरे, उनका आमाबाबुले अपाङ्गता भएका व्यक्तिहरूलाई सहयोग गर्ने सामुदायिक संगठनको बारेमा सुने। उनीहरूले संस्थालाई सम्पर्क गरे र सहयोगको लागि अनुरोध गरे।

एक जना सहयोगी कर्मचारी माइकल र उनको परिवारलाई भेट्न घरमा आए। यस भेटको दौरान माइकल र उनको परिवारले उनी एक्लै हिँड्डुल गर्न सक्षम हुन चाहेको कुरा बताए। सहयोगी कर्मचारीले माइकललाई सेतो छडीबाट फाइदा हुन सक्ने सुझाव दिए। माइकललाई संगठनको केन्द्रमा परिक्षणको लागी समय उपलब्ध गराइएको थियो।

माइकललाई सेतो छडी प्रदान गरिएको थियो, जुन उनी स्कूल आउनजानको लागि प्रयोग गर्छन्, साथै आफ्नो कक्षा कोठा र खेल मैदानको वरिपरि सुरक्षित रूपमा हिँड्डुल गर्न पनि प्रयोग गर्छन्।

सहयोगी कर्मचारीले माइकलको कक्षाका अन्य केटाकेटीहरूलाई समेत सेतो छडीको प्रयोगले माइकललाई कक्षाकोठा र खेलमैदानको वरिपरि सुरक्षित रूपमा हिँड्डुल गर्न कसरी मद्दत गर्छ भन्ने बारे बताए। अब सबैले स्कूल वरिपरि कोरिडोर र बाटोहरूमा अवरोधहरु नहोस् भन्ने  कुराको ध्यान राख्छन् !

प्रश्न

  • माइकललाई सेतो छडी प्रयोग गर्न मद्दत गर्ने व्यक्तिहरू को थिए?
  • प्रत्येक व्यक्तिले कस्तो भूमिका निर्वाह गरे?
  • माइकलका आमाबाबुले संगठनलाई सम्पर्क गरे र भ्रमणको दौरान माइकललाई सहयोग गरे
  • माइकललाई भेट्न आएका सामुदायिक संगठनका सहयोगी कर्मचारीले उनको परिक्षणको प्रबन्ध मिलाए
  • माइकल, जसले आफै हिँड्डुल गर्न सक्षम हुन चाहन्छु भनेर स्पष्ट पारे ।
  • माइकलका शिक्षकहरू र सहपाठीहरू जसले स्कूलमा सेतो छडी प्रयोग गर्नलाई सहयोग गरिरहेका छन्, र कोरिडोर र बाटोहरूमा अवरोधहरू कम गर्न सहयोग गरिरहेका छन्।

म्याथियास र उनकी पत्नी स्वास्थ्य क्लिनिकमा बसेर नर्ससँग कुरा गरिरहेका छन्।

माथियासलाई सम्झनुहुन्छ?
म्याथियासलाई मधुमेह छ र स्थानीय स्वास्थ्य क्लिनिकमा नर्ससँग नियमित भेटघाट गर्छन्।

एक पटक भेटघाटको दौरान, नर्सले माथियास हिंड्दा अस्थिर भएको महसूस गरिन्। माथियासले आफूलाई हिँड्डुल गर्न गाह्रो भइरहेको र चाँडै थकित हुने गरेको बताए।

नर्सले म्याथियासलाई क्लिनिकमा एक सामुदायिक कार्यकर्ताकहाँ पठाइन्। समुदायका कार्यकर्ताले गतिशिलता सम्बन्धि स्क्रिनिङ्ग पूरा गरे र म्याथियासले आफ्नो खुट्टाको सुरक्षाको लागि उपयुक्त जूत्ता र हिंड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्रीबाट लाभ हुने पहिचान गरे। हिंड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्रीको परिक्षण पछि, सामुदायिक कार्यकर्ताले माथियासलाई एउटा रोलेटर प्रदान गरे ।

माथियास आफ्नो चर्चमा हिंड्डुलको लागि प्रयोग गर्ने सहयोगी सामाग्री प्रयोग गर्ने दोस्रो व्यक्ति थिए। चर्च कमिटीले सबैका लागि पहुँच सहज बनाउन को लागी एक र्‍याम्प स्थापना गर्ने निर्णय गर्यो।

क्लिनिकमा पुनः जाँच (फलोअप) को दौरान, सामुदायिक कार्यकर्ताले म्याथियासलाई कसरी स्वहेरचाह (जस्तै शौचालय जाने र / वा आफै नुहाउने) गर्दैछन् भनेर सोधे। माथियासले पिसाब चुहिने समस्या भएकाले बाहिर जान छाडेको बताए । नर्ससँगको परिक्षण पछि माथियासलाई समुदायमा जाँदा प्रयोग गर्नका लागि अवशोषक (सोस्ने क्षमता भ‍एको) उत्पादनहरू प्रदान गरिएको थियो। माथियास अब बाहिर जान निर्धक्क छन्।

प्रश्न

  • माथियासलाई सहायक सामाग्रीहरूमा पहुँच पुर्याउन र प्रयोग गर्न मद्दत गर्ने व्यक्तिहरू को थिए?
  • प्रत्येक व्यक्तिले कस्तो भूमिका निर्वाह गरे?
  • सहायक सामाग्रीहरूबाट माथियासलाई लाभ हुनेछ भनेर मुल्याङ्कन गर्ने नर्स। उनले माथियासलाई गतिशिलता सम्बन्धि स्क्रिनिङको लागि एक सामुदायिक कार्यकर्तालाई प्रेषण गरे, र पछि उनको पिसाब चुहिने समस्याको परिक्षण गर्न मद्दत गरे।
  • सामुदायिक कार्यकर्ता जसले उनलाई हिंड्डुलको लागि प्रयोग गर्ने सहायक सामाग्रीको लागि परिक्षण गरे, र त्यसपछि माथियासलाई उनको स्वहेरचाह सम्बन्धि आवश्यकताहरूको बारेमा सोधे।
  • माथियास जसले आफूलाई हिँड्डुल गर्न गाह्रो भइरहेको र आफ्नो पिसाब चुहिने समस्याको कारण बाहिर जान नचाहेको बताए।
  • उनको चर्च समुदाय, जसले उनलाई चर्चमा सफलतापूर्वक हिँड्डुलको लागि प्रयोग गर्ने सहायक सामाग्रीको प्रयोग गर्न सक्ने वातावरण सुनिश्चित गरिन् ।

हामीले देख्याैँ, यहाँ व्यक्तिहरुलाई आवश्यक सहायक सामाग्रीहरूको पहुँचमा पुर्‍याउन धेरै मानिसहरूको सहयोगी भूमिका रहेको हुन्छ।

तपाईंले पाठ दुई पूरा गर्नुभयो!

यदि तपाईंसँग कुनै प्रश्न वा टिप्पणीहरू छन् भने, तिनीहरूलाई छलफल मञ्चमा लेख्नुहोस्

छलफल मञ्च